Sansar News- Online for Global Nepali

टुक्का कविता

पौडेल विमुन्स, पोखरा, कास्की
१ हप्ता पहिले
टुक्का कविता

१.
उत्साहमा नराम्रो जालो बुनेर आए
संसारमा जितेका विश्वास फेल खाए ।
२.
ताँने विशाल ठेला थालेँ घिसार्न डोको
के हुन्छ पेट हाम्रो राखिन्छ नित्य भोको ।
३.
हाम्रा छिमेकमा नै बस्छन् कुपुत्र दोषी
बच्चा कुटेर लड्दै भाग्दै छ पार कोशी ।
४.
खोजेर पाइँदैन नासिन्छ जिन्दगानी
मिल्नेछ मेदिनीमै सुक्दै गएर पानी ।
५.
भेटिन्छ प्रेम खोजे साटिन्छ मित्रतामा
आत्मा नभन्नु फेर्ने यो हुन्छ तुल्य जामा ।
६.
छोडेर देश मेरो यो दूर देश आएँ
कोदो मकै मिलेनन् झिङ्गा भुटेर खाएँ ।
७.
छन् स्वच्छ वायु, पानी छैनन् विषाणु खेती
मेरो धरा छ प्यारो मिट्दैन प्रेम मेटी ।
८.
आऊ स्वदेश फर्कौँ सत्प्रेम मिल्छ धेरै
९.
नासिएछन् शुद्धता खेदिए संभावना
जिन्दगी डुब्दै गयो मर्न थाले चाहना ।
१०.
आज बच्चा मर्ममा थुन्छ पीडा के गरी
दुष्टलाई दुःख के पोख्छ आगो बेसरी ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…