Sansar News- Online for Global Nepali

कविता: सत्ता र शासक

निरू गौतम, मोरङ्ग
१ हप्ता पहिले
कविता: सत्ता र शासक

कति स्वादिलो
फल सत्ता
जति घिचे पनि
नअघाउने
शाषक नामको
ब्वाँसो
फर्की फर्की
आउने,
गुदी हुदै
बिउ, बोक्रो
चपाउने
खङ्ग्रङ्ग परेको
बोट पनि पो
दार्न खोज्ने
कति खञ्चुवा
शाषक !

अनिकालले
सुकेको आन्द्रो,
टिबीले निखारेको
जिउमा,
सत्ता नामको
फलले गुलाव
फुलाइदियो
आहा …!!!
कस्तो सुगन्ध
वास्ना लुट्न
तँछाड मछाड
छ ।
फल पाकेर
कुहिएला या
चराले जुठो
लगाउला
मनमा त्रास छ
कठै
कुनबेला
कसरी
फड्को मार्ने
एउटाको थैलो
फुट्न लाग्यो
अर्कोको
रित्तिन …!!
त्यसैले त
मुसो र बिरालोको
खेल छ
कति
सफल शाषक …!!!

सत्ताको सुगन्ध
र स्वादको
मज्जा लिनेहरु,
पाँच तारेमा
नसामा लठ्ठिनेहरू,
देशको अस्मिता
बेच्नेहरू,
जनता सङ्क्रमण
झेलीरहँदा
कुर्सीको
खेल खेल्नेहरू
सत्ताका
हिमायती,
देशका
महारथी,
शाषक…!!!!

 

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…