Sansar News- Online for Global Nepali

जनसंख्या बृद्धि र पर्याबरण बिनाश : बिश्वको भयावह पक्ष

लोकनारायण सुवेदी
१ हप्ता पहिले
जनसंख्या बृद्धि र पर्याबरण बिनाश : बिश्वको भयावह पक्ष

बिश्वमा अहिलेसम्म के मानिदै आइएको छ भने बिश्वमा मानिसको जनसंख्या सन् १३५० मा आएको भयंकर ठूलो महामारी ‘कालो मृत्यु’ अर्थात ‘प्लेग’को महामारी पछियता लगातार बढ्दै नै आएको छ ।

जनसंख्या बृद्धि सन् १३५० पछि शुरु भएको देखिन्छ । त्यसको कारण सुध्रिदो स्वास्थ्य र बढी खाद्यान्न उत्पादनलाई मानिन्छ । यद्यपि बिश्वमा जनसंख्याको बृद्धि दर बर्ष सन् १९८० पछि घट्न थाल्यो तर पनि जनसंख्याको पूर्णाङ्क संख्या फेरि पनि बृद्धि नै हुँदै रह्यो ।

आजभन्दा झण्डर् २ बर्ष अघिको एउटा अनुसन्धान प्रतिबेदनले के बताएको थियो भने ५ जुलाई २०१९ का दिन ७६३।४ करोड मानिस यो पृथ्वीमा थिए ।आजका दिन यो संख्या ७ अर्ब ८७ करोड ४ लाख ६९ हजारभन्दा बढी हुन पुगेको छ । अनि के पनि मानिएको छ भने यो धरतीले ४ अर्ब मानिसलाई मात्र राम्रो जीवन यापन दिन पर्याप्त छ भने यसले १६ अर्बभन्दा बढी मानिसको बोझ बोक्न सक्ने यसको स्थिति छैन ।

यो पृथ्वीको अन्तिम सीमा हो । के पनि मानिदै आएको छ भने आगामी सन २०४०/५० सम्ममा बिश्वको जनसंख्या ८ देखि १० अर्बसम्म पुग्नेछ । किन कि अहिले प्रति बर्ष ७.४ करोड मानिसको जनसंख्या यो पृथ्वीबा बढ्ने गरेको छ । बिश्वका ७ वटा देश यस्ता छन् जसका कारणले बिश्वको आधा जनसंख्याको भाग उनीहरु मात्र हुन्छ ।

यो हाम्रो पृथ्बीमा कति जनसंख्या हुनु पर्ने हो भन्ने चर्चा धेरै पहिलेदेखि नै चल्दै आएको हो । प्राचीन लेखक तेतुल्लियनले दोश्रो शताबदीमा के भनेका थिए भने जनसंख्या पृथ्बीको क्षमता अनुसार नै हुनु पर्दछ ।अहिले भन्दा ७५० बर्ष पहिला अर्थात औद्योगिक क्रान्तिभन्दा पनि पहिला जतिबेला बिश्वको जनसंख्या धेरै मन्द गतिले मात्र बढ्ने गर्दथ्यो तर यता १९औ शताब्दी आइपुग्दा नआइपुग्दै यो जनसंख्या बढेर अर्बौंमा पुग्न गयो ।

१९औं शताब्दीको त्यसै औद्योगिक क्रान्तिपछि जनसंख्यामा पनि बृद्धि भयो र भने त्यसको संगसँगै प्राकृतिक श्रोत साधनहरुको पनि शोषणा पनि बढ्दै गयो । यस शताब्दीको अन्त्यसम्ममा मानिसको जनसंख्या एक अर्ब थियो । त्यो २० औं शताब्दी लाग्दा नलाग्दै १.६ अर्ब पुग्न गयो । यो २० औं शताब्दीको अन्त्यसम्ममा पुग्दा यो ह्वात्तै बढेर ६ अर्बमा आइपुग्यो ।

हुन पनि बिद्वान अर्थशास्त्र थोमस माल्थसले भनेका थिए कि पृथ्बीमा यो मानब जाति संसाधनहरुको तुलनामा कयौं गुणाले बढ्न जानेछ । यो पृथ्बीले कति जनसंख्याको भार बहन गर्न सक्तछ भन्ने बहस शताब्दीऔं देखि चल्दै आएको भए पनि सन् १९९४ देखि यसको बिश्लेषण पनि आरम्भ भयो ।

त्यतिबेला इण्टर एकेडेमिक प्यानलले आफ्नो प्रतिबेदनमा भनेको थियो कि जनसंख्याको कारण पर्याबरण, जलवायु परिबर्तन, प्रदुषण जस्ता मुद्दाहरु खडा हुन पुग्नेछन् ।

संयुक्त राष्ट्र संघको जनसंख्या बिश्लेषणको २००४ को प्रतिबेदनका अनुसार आगामी सन् २०५० सम्ममा बिश्वको जनसंख्या स्थीर हुन पुग्नेछ । तर सन्२०१४ को साइन्स म्यागाजिनले भने यस कुराको खण्डन गर्दै बताएको थियो यो जनसंख्या बृद्धि आउदो शताब्दीसम्म जारी रहिहने छ ।

चार बर्ष अघि सन् २०१७ मा नै ५० जना नोबेल पुरस्कार बिजेताहरुले सामुहिक रुपले एउटा अपिलमा भनेका थिए अधिकतम मानब जनसंख्या तथा पर्याबरणीय क्षति बिश्वका आजका दुइटा ठूलो खतरा बन्न गएका छन् । गएको बर्ष २०१९ मा १५२६४ जना बैज्ञानिकहरुले के मानेका थिए भने बढ्दो जनसंख्या नै बिग्रदो समाजिक, आर्थिक तथा पारिस्थितिकीय कारण हो ।

तथापि जनसंख्याको यो मुद्दा बिश्वका बहसको ठूलो मुद्दा हुने गर्दैन । किनभने यस मुद्दासँग बिभिन्न कुराहरु जोडिएका छन् । जनसंख्याको आर्थिक, सामाजिक तथा राजनीतिक पक्ष जति जति बेला चर्चामा आउँदछ त्यो बिभिन्न किसिमका बिबादमा अड्किने गर्दछ ।

तर हामी कोही पनि जनसंख्याको चर्चामा कतै पञ्छिने या तर्किने गर्न सक्तैनौ । किनभने स्थिति लगातार बिस्फोटक बन्दै आएको छ । बिशेष गरेर जब बिश्वमा प्रत्येक तेश्रो ब्यक्तिलाई आज भरपेट खाना प्राप्त गर्न सक्ने स्थिति छैन, बिश्वको जनसंख्याको आधाजसो आबादीको शीर ओतिने छत छैन, बिश्वको जनसंख्याको केवल ३०।४० प्रतिशत मानिसहरुसम्म मात्र पुग्न सकेको छ ।

यी सबै कारणले गर्दा गाउँघरबाट शहरतिर जनसंख्या पलायत तीब्र बनेको छ । यस्तो स्थितिमा बुझ्न सकिन्छ कि यदि एक हेक्टरको खेतीबाट २२ टन मात्रै धान उत्पादन गर्न सकिन्छ र त्यसबाट १००० मानिसको मात्र पेट भरिन्छ भने यसबाट अगाडिको स्थिति के कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ कि स्थिति कति भयावह छ । यो मानब जनसंख्याका साथै हामीले यो पृथ्बीका अरु प्राणीहरुको बारेमा पनि सोच्नु पर्ने हुन्छ । एउटा प्रतिबेदनका अनुसार १.४ लाख प्रजातिहरु आज यो धरतीबाट बिलुप्त हुने संघारमा पुगिसकेका छन् ।

ती मध्ये ८०१ बन्य जीवजन्तु पनि सामेल छन् । ‘वल्र्डवाइड फण्ड फर नेचर’ले दिएको एउटा प्रतिबेदन अनुसार बिश्वको मानब जनसंख्या यदि यसै गतिमा बढ्दै जाने हो भने आजको यो हाम्रो पृथ्बीभन्दा डेढ गुणा ठूलो अर्को पृथ्बीको आवश्यकता छ ।

अर्कोतिर बढ्दो जनसंख्याका कारण सुरक्षित पिउने पानीको उपलब्धतामा पनि सोझो असर परेको छ । बढ्दो वायु प्रदुषण, माटो तथा ध्वनी प्रदुषण आदि पनि सोझै बढदो जनसंख्याकै कारण उत्पन्न समस्याहरु हुन् । बितेको सन१९७० देखियता २०१५ को बीचमा ऊर्जाको उपभोगमा कयौं गुणा बृद्धि भएको छ ।

सन १९७० मा यदि ऊर्जाको उपभोगलाई शून्य मान्ने हो भने सन् २०१० मा यो १५० गुणाले बढी हुन्छ र २०२५ सम्म गइपुग्दा यो २५० गुणा बढी हुनपुग्ने छ र यसका लागि हदभन्दा बढी प्रकृतिको शोषण हुनजानेछ ।

हामीलाई थाहा भएकै कुरा हो कि बिश्वमा बाल शिशु मृत्यु दर बढ्दो गरीबीका कारण उत्पन्न भएको हो । अनिकाल, कुपोषण र अरु नयाँ नयाँ बिमारीहरुको सिधा कारण बढ्दो जनसंख्यासँग जोडिन पुग्दछ ।

अनि कठिनाई के छ र हुन्छ भने बिश्वमा कुपोषित र अल्पपोषित मानिसहरुको संख्या पनि निरन्तर बढिरहेको छ । अहिले त स्थिति कहाँसम्म पुगेको उल्लेख गरिन्छ भने बृटेन जस्तो सक्षम मानिएको देशलाई पनि आफ्नो देशका मानिसलाई बचाउन खाद्यान्न आयात गर्नु पर्ने स्थिति बनेको छ।

 

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…