Sansar News- Nepal's Fast Khabar Online News Portal

ग्रेटर रश्मोरद्धारा साइकल यात्रीद्धयलाई सम्मान

संसार न्यूज़
३ वर्ष पहिले
ग्रेटर रश्मोरद्धारा साइकल यात्रीद्धयलाई सम्मान

sammanyatri2

समाज शान्ति, देश शान्ति, विश्व शान्ति, “पुरै पृथ्वी एउटै घर, सबै मान्छे एउटै मानव” दिगो शान्ति र सच्चा मानवता, सबले बुझौं संसारकै आवस्यकता भन्ने नारा लिएर हिडेका बिश्व साइकलयात्रीद्धय यूकेमा सम्मानित भएका छन् ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटीले अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा ११ अगस्तका दिन एक कार्यक्रमको आयोजन गरी यात्रीद्धयलाई सम्मन गरेको हो । नेपाली पोषाक, राष्ट्रिय झण्डा र शान्तिका झण्डाका साथ सगरमाथा नेपालमा छ, भगवान बुद्ध नेपालमा जन्मेका हुन भन्दै विश्व समुदायमा नेपाल चिनाउन बिश्व हिड्ने क्रममा ११ बर्ष ८ महिनामा १३० देश भ्रमण गर्दै बेलायत आइपुगेका लोकबन्धु कार्की र जनार्दन खनाललाई सम्मान गरिएको हो ।
साइकलयात्रीद्धय बेलायतमा यात्रा गर्ने क्रममा रश्मोर ईलाकामा आई पुगेको उनीहरुलाई केयामबर्ल, फान्ब्रो, अल्डरसट एरियाका नेपाली तथा विदेशी नागरिकहरुले ठाऊँ–ठाउँमा स्वागत गर्दै बधाइका साथै यात्रा सफलताको शुभकामना दिदैं केही आर्थिक सहयोग पनी गरिएको थियो ।
कार्यक्रममा रशमोर नेपाली कम्युनिटीका पदाधिकारीहरू लगायतका अन्य ब्यक्तीहरूको सहभागितामा उनीहरूलाई स्वागत तथा रात्रीभोजको कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा केही रकम संस्था र ऊपस्थीत व्यक्तिहरूबाट संकलन गरीएको आर्थिक सहयोग समेत हस्तान्तरण गरिएकोे थियो ।

रश्मोरका अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षता, महासचिव रन्जीता मल्लको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथिमा एनआरएनए आइसीसी सदस्य शुष्मा राई र एनआरएनएका आइसीसी सदस्य साथै ग्रेटर रश्मोर नेपाली कम्युनिटीका सल्लाकार थर्क सेन रहेका थिए । साथै हल र खानपिनको बन्दोबस्त ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाकार समाजसेबी भेटधाट रेष्टुरेण्टका प्रोपाइटर सेर सुनारले गरेका थिए ।

photo2
कार्यक्रममा अध्यक्ष थापाले साइकलयात्रीद्धय बिश्वभरीको यस यात्राले हाम्रो नेपाललाई बिश्व शान्तिको प्रतीकको रुपमा देख्नु पाईयोस भन्दै संक्रणमणकालको राजनीति खिचातानी छिटो भन्दा छिटो अन्त्यहोसभन्दै यात्रा सफल रहोस भन्ने शुभकामना दिए । साथै रशमोर बासीहरूले आफ्नो व्यस्तताको बावजूद पनी समय निकालेर बाटो–बाटोमा हौसला तथा आर्थिक सहयोग गर्न सबैमा आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।phooto

त्यस्तै साईकलयात्रीद्धय कार्की र खनालले रश्मोरका नेपालीहरूले जस्तै अन्य ठाउका नेपालीहरूबाट पनी यस्तै माया र हौसला पाएमा पक्कै पनी गन्तव्य सजिलै पुराहुने बताउँदै आर्थिक सहयोग गर्नेहरुप्रति खुशीव्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष जिव बेल्वासेले सबैभन्दा ठूलो धनराशी सहयोग गरेका थिए ।

रश्मोरले “हिमाल–पहाड–तराई कोहि छैनौ पराई,” “पुर्व मेचि पश्चिम महाकाली–बिचका हामी सबै एकै नेपाली” भन्ने नाराका साथ यात्रीद्धयलाई सहयोग गर्नका निम्ति बेलायतको नं ०७४०५८०२३०० मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…