Sansar News- Online for Global Nepali

कम्युनिष्ट आन्दोलन र आधुनिक संशोधनवाद

हस्तबहादुर केसी
१ हप्ता पहिले
कम्युनिष्ट आन्दोलन र आधुनिक संशोधनवाद

मार्क्सवादको भेष धारण गरि अत्यन्तै सुक्ष्म रुपमा मार्क्सवादको झुटो रुप प्रस्तुत गर्नु, भौतिकवाद विरोधी सिद्धान्तहरुलाई सुक्ष्म रुपमा प्रस्तुत गर्नु, यो नै सामान्यतः राजनीतिक अर्थशास्त्र, कार्यनीतिका प्रश्नहरुमा र दर्शनमा आधुनिक संशोधनवादको लाक्षणिक विशेषता हो – लेनिन ।

मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । मार्क्सवादको जन्म पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो । कार्लमार्क्स (सन् १८४८ – १८८३ ) र फ्रेडरिक एङ्गेल्स (सन् १८२० –१८९५) द्वारा सन १८४८ फेबु्रअरी २१ का दिन लण्डनबाट जारी गरिएको कम्युनिस्ट घोषणापत्र मार्फत् मार्क्सवादको प्रतिपादन भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता हुन् । मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो भने पद्धति द्वन्द्ववाद हो ।

मार्क्सवादको गुणात्मक विकास लेनिनवाद – माओवादमा भए झै संशोधनवादले पनि शास्त्रीय संशोधनवाद – आधुनिक संशोधनवाद हुँदै दक्षिणपन्थी नवसंशोधनवादमा विकास गर्न पुगेको छ । यसरी आज दक्षिणपन्थी नवसंशोधनवाद सर्वहारा क्रान्तिका लागि मुख्य बाधक बन्न पुगेको छ । खु्रश्चेभी आधुनिक संशोधनवादको दार्शनिक आधार बहुलवाद हो । संसदीय व्यवस्थालाई आफ्नो कार्यनीति बनाउँदै आएका नामधारी कम्युनिस्टहरु खु्रश्चेभका चेला भएको पुष्टि भइसकेको छ ।

यस आलेखमा मार्क्सवादको जन्मसँगै जन्मिएको र विकास भएको संशोधनवाद र त्यसले मार्क्सवाद अर्थात् विश्व कम्युनिस्ट आन्दोलनमा परेको प्रभावका बारेमा उल्लेख गर्ने प्रयत्न गरिनेछ । मार्क्सवादका तीनवटै अंग – दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादको तोडफोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो । संशोधनवादको सामाजिक श्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहदै आएको छ । साम्राज्यवादको जन्म इङ्गल्याण्डबाट भएको हो । संशोधनवादको चरणमा प्रवेश गरेपछि संशोधनवादको जन्म भएको हो । संशोधनवादमा अराजकतावाद र मुख्यतः अवसरवाद समिश्रित भएको पाइन्छ ।

मार्क्स र एङ्गेल्सले आफ्नो जीवनकालमा कम्युनिस्ट आन्दोलनमा घुसेका तमाम पुँजीवादी र निम्न पुँजीवादी विचारधाराका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियो । उहाँहरुले सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रिय (फस्ट इन्टरनेशनल)को स्थापना गर्नु भएको थियो । मार्क्स–एङ्गेल्सले पहिलो अन्तर्राष्ट्रियका नेताहरु फ्रान्सका पु्रधो (१८०९–१८६५), रुसका बाकुनिन (१८१४–१८७६) र जर्मनीका लासाल (१८२५–१८६४) तथा ड्युहरिंग (१८३३–१९२१)सहित तिनका पक्षधरहरुका विचारहरुका विरुद्ध भीषण वैचारिक संघर्ष चलाउनु भएको थियो । र, सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रियको विघटन गरेर मार्क्सवादको रक्षा गर्ने काम गर्नु भएको थियो ।

सन् १८८३ मा मार्क्सको निधन भयो । सन् १८८९ मा एङ्गेल्सले आफ्नै नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको स्थापना गर्नु भएको थियो । सन् १८९५ मा एङ्गेल्सको पनि निधन भयो । त्यसपश्चात् दोस्रो अन्तर्राष्ट्रियका नेता एडवर्ड बर्नस्टाइनले सन् १८९६ मा मार्क्सवादमाथि संशोधन पेस गरेर मार्क्सवाद पुरानो भएको दावी गरे । बर्नस्टाइनले पहिलो पटक संशोधनवादको स्थापना गरे । बर्नस्टाइनलाई शास्त्रीय संशोधनवादका पिता भनिन्छ ।

लेनिनले आफ्नो प्रसिद्ध ‘मार्क्सवाद र संशोधनवाद’ नामक पुस्तकमा लेख्नुभएको छ, ‘भूतपूर्व कट्टर मार्क्सवादी बर्नस्टाइनले अधिकतम कोलाहलपूर्वक मार्क्सवादको संशोधन गरे, मार्क्सबारे पुनर्विचार गरे । संशोधनवादको अधिकतम अविकल अभिव्यक्तिका साथै खुला रुपमा यो प्रवृत्तिलाई आफ्नो नाम प्रदान गरे – लेनिन, संकलित रचना दस खण्डमा खण्ड – ३, पृष्ठ ३८२, प्रगति प्रकाशन मास्को १९८१ ।

सन् १९१४ मा दोस्रो अन्तर्राष्ट्रियको पनि विघटन गरियो । र, सन् १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको स्थापना गरियो । सन् १९२४ मा लेनिनको निधन भयो । त्यस पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व प्रदान गर्ने र सोभियत समाजवादको विकास गर्ने जिम्मेवारी स्टालिनको काँधमा आयो ।

सन् १९४३ मा तेस्रो अन्तर्राष्ट्रियको पनि विघटन गरियो । र, सन् १९४७ मा स्टालिनले ‘कोमिफर्म’ नामक अन्तर्राष्ट्रियको गठन गर्नु भएको थियो । तर, त्यो व्यवहारमा आउन सकेन ।

सन् १९५३ मा कमरेड स्टालिनको पनि निधन भयो । कमरेड स्टालिनको मृत्युले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले गम्भीर प्रकारको क्षति व्यहोर्नु पर्यो । स्टालिनको दुःखद निधन पश्चात् निकिता खु्रश्चेभ सोभियत सत्ता र पार्टी सत्ताको नेतृत्व गर्न पुगे ।

सन् १९५६ को फेब्रुअरीमा अखिल संघीय सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) को २० औ महाधिवेशन सम्पन्न हुदै गर्दा तत्कालीन राज्य प्रमुख र पार्टी महासचिव निकिता खु्रश्चेभद्वारा २४ – २५ तारिखको मध्यरातमा स्टालिनका विरुध्दमा गोप्य रिपोर्ट पेस गरियो ।

सन १९५६ मा सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्सेभिक) को बीसौ महाधिवेशन सम्पन्न भयो । त्यसै महाधिवेशनबाट खु्रश्चेभद्वारा आधुनिक संशोधनवादको जन्म भयो ।

त्यस महाधिवेशनमा खु्रश्चेभले उठाएका दुईवटा प्रश्नहरु मुख्य प्रथम– स्टालिनका विरुद्ध आक्रमण । दोस्रो– ‘शान्तिपूर्ण संक्रमण’ को प्रश्न ।

उक्त महाधिवेशनमा प्रस्तुत आफ्नो गोप्य रिपोर्टमा खु्रश्चेभले स्टालिनलाई ‘खुनी, अपराधी, डाँकू, जुवाडे, रुसी इतिहासको सबैभन्दा ठूलो तानाशाह, बेकुफ, बदमास’ आदि बताएर घोर विरोध तथा भत्र्सना गरेका थिए ।

आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः खु्रश्चेभबाट भयो । त्यसैले खु्रश्चेभलाई आधुनिक संशोधनवादका पिता भनिन्छ । उनले सम्पूर्ण जनताको पार्टी, जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्बन गर्दै तथा वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरेका थिए । खु्रश्चेभको उक्त प्रतिक्रान्तिकारी कदमले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गम्भीर मतभेद र फूटको विजारोपण गरेको थियो ।

सन् १९१७ अक्टोबर २५ (नोभेम्बर ७) का दिन रुसमा लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । महान् अक्टोबर क्रान्ति एक युगान्तकारी परिघटना थियो । त्यसले विश्व सर्वहारावर्ग र आम विश्वभरका श्रमजीवी जनसमुदायमा उत्साह पैदा गरेको थियोे ।

तर खु्रश्चेभले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिमाथि प्रतिक्रान्तिको विजारोपन गरे । उनले रुसमा पुँजीवादको पुनःस्थापना गरे । यो खु्रश्चेभको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गध्दारी थियो । किनकि त्यही महाधिवेशनमा उनले ‘शान्तिपूर्ण सहअस्तित्व’लाई परराष्ट्र नीतिको आम लाइनको रुपमा प्रस्तुत गरे ।

आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः खु्रश्चेभबाट भयो । त्यसैले खु्रश्चेभलाई आधुनिक संशोधनवादका पिता भनिन्छ । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्बन गर्दै तथा वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरे ।

खु्रश्चेभको उक्त प्रतिक्रान्तिकारी कदमले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गंभीर मतभेद र फूटको विजारोपण गर्यो । त्यसैको परिणामस्वरूप पछि गएर रुस र चीनका पार्टीका बीचमा गंभीर मतभेद शुरु भयो र अन्तमा विश्व कम्युनिस्ट आन्दोलन नै दुई फ्याकमा बाँडिन पुग्यो । त्यसै बेला रुसको बीसौं महाधिवेशन पश्चात् चिनियाँ कम्युनिस्ट पार्टीले ४ अप्रिल १९५६ मा ‘सर्वहारा अधिनायकवादको ऐतिहासिक अनुभवबारे’ र त्यसै वर्षको डिसेम्बरमा ‘सर्वहारा अधिनायकत्वको ऐतिहासिक अनुभवबारे थप कुरा’ भन्ने दुईवटा दस्तावेजहरु प्रकाशित गर्यो ।

ती दुबै दस्तावेजहरुमा स्टालिनका विरुद्ध लगाइएका ‘गैर कम्युनिस्ट’ आरोपहरुको खण्डन गरिएको थियो र स्टालिनको जीवनको विस्तृत विश्लेषण गरिएको थियोे र अक्टोबर क्रान्तिको बाटोको महत्त्व र सर्वहारा अधिनायकवादको आवश्यकता बितेको युगको कुरा थिएन । त्यही प्रक्रियामा ती दस्तावेजहरुका साथ मार्क्सवाद–लेनिनवादका क्रान्तिकारी सिद्धान्तहरुको रक्षाका लागि बीसौं महाधिवेशनका गलत र संशशोधनवादी सिद्धान्तका विरुद्ध भीषण वैचारिक संघर्ष शुरु भयो ।

त्यसकै सिलसिलामा सन १९५७ मा मास्कोमा कम्युनिस्ट र मजदुर पार्टीहरुको बैठक बस्यो । त्यो बैठकमा चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व स्वयम् कमरेड माओले गर्नु भएको थियो ।

सन् १९६० को नोभेम्बरमा मास्कोमा ८१ देशका कम्युनिस्ट पार्टीहरुको बैठक भयो । त्यो बैठकको उद्देश्य सोभियत पार्टीको बीसौं पार्टी महाधिवेशनबाट विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेका मतभेदहरुलाई सफा गर्नु र एकता मजबुत पार्नु थियो । तर खु्रश्चेभले शुरुमै चिनको कम्युनिस्ट पार्टीमाथि पर्चामार्फत हमला गरेकोले बैठक तनावपूर्ण बन्न गयो । त्यसका बाबजुद पनि बहुमत पार्टीहरु एकताका पक्षमा जोडदार आग्रह गरेका कारण फूट भने भएन । र , सोभियत पार्टीद्वारा प्रस्तुत कैयौं संशोधनवादी नीतिहरु अस्वीकृत भए ।

सन् १९६० को मास्को बैठकमा दुई लाइन, एकातिर क्रान्तिकारी मार्क्सवादी – लेनिनवादी र अर्कोतिर संशोधनवादी लाइनबीचको संघर्ष नै मुख्य विषय रहयो । त्यो बैठक रुसको संशोधनवादी लाइन मुख्य रुपले (तर पूर्णरूपले होइन)÷ पराजित भयो र मार्क्सवादी – लेनिनवादी लाइनको ठूलो विजय भयो ।

२२ औँ पार्टी महाधिवेशनपछि सोभियत कम्युनिस्ट पार्टीको फूटपरस्त नीति झनै नांगियो । रुसले अन्य देशलाई दिदै आएको सहयोग फिर्ता लिन शुरु गर्यो । त्यही क्रममा चीनसितको मित्रता, सहयोग र पारस्परिक सहायताको सन्धिलाई एकतर्फीरुपले उलंघन गर्दै गयो । चीनमा काम गरिरहेका १३६० सोभियत विशेषज्ञहरुलाई फिर्ता बोलायो । सोभियत संघले प्राविधिक र वैज्ञानिक विषयका सैकडौ सहायक संझौताहरुलाई एकतर्फीरुपले रद्दीको टोकरीमा फ्याँकिदियो । यहाँसम्म कि सोभियत संघले चीनको सिमामा उत्तेजनापूर्ण कार्वाही शुरु गर्यो र सिङ्गक्याङ्मा ठूलो मात्रामा तोडफोडको कारबाही चलायो ।

आधुनिक संशोधनवादी निकिता खु्रश्चेभको नेतृत्वमा सोभियत संघको कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यस प्रकारको फुटपरस्त र विघटनकारी कार्वाहीले गर्दा विश्व कम्युनिस्ट एकतामा नराम्ररी धक्का पुग्यो । त्यस पछि त्यो दुई शत्रुतापूर्ण क्याम्पमा बाँडिन पुग्यो ।

त्यस पछि मार्क्सवाद – लेनिनवादको महान् गौरवपूर्ण परम्पराका विरुद्ध सोभियत पार्टीको नेतृत्वमा देखा परेका आधुनिक संशोधनवादका विरुद्ध निर्मम र संझौताहिन वैचारिक संघर्ष अनिवार्य हुन गयो । सन् १९६० मा कमरेड माओले खु्रश्चेभी आधुनिक संशोधनवादका विरुद्ध भीषण वैचारिक संघर्ष चलाउनु भयो ।

सन् १९७१ मा खु्रश्चेभको मृत्यु भयो । तर रुसको पार्टीको संशोधनवादी चरित्रमा कुनै परिवर्तन आएन । निकिता खु्रश्चेभदेखि मिखाइल गोर्वाचोवसम्म आइपुगेर सन् १९९० मा पुगेर सोभियत मोडलको समाजवाद पतन हुन पुग्यो र पूर्णरूपमा पुँजीवादको पुनस्र्थापना हुन पुग्यो ।

खु्रश्चेभी आधुनिक संशोधनवादको प्रभाव विश्वका कैयन देशहरूमा पर्न गयो । त्यसको प्रभाव नेपालमा पनि पर्यो । विक्रम सम्बत २०१९ सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ जनवादी क्रान्तिको कार्यक्रमको साटो ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पारित गर्यो र तुलसीलाल अमात्यको नेतृत्वमा केन्द्रीय समिति निर्वाचित गर्यो । त्सस पछि नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन पैदा भयो ।

चीनमा सन् १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीले आठौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्यो । त्यही महाधिवेशनमा ल्यू शाओ चि र दङ श्याओ पिङले पुँजीवादी कार्यदिशा घुसाए र चीनमा खु्रश्चेभी आधुनिक संशोधनवादलाई प्रवेश गराइयो । त्यस प्रकारको पृष्ठभूमिमा कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको रुसी संशोधनवादी अर्थात् खु्रश्चेभी आधुनिक संशोधनवादका विरुद्धका वैचारिक संघर्षमा ऐतिहासिक र अद्वितीय योगदान रहयो ।

संसदीय व्यवस्थालाई कार्यनीति बनाउँदै आएका नेपालका एमाले, माकेलगायतका नामधारी कम्युनिस्ट पार्टीहरु क्रान्तिका बाधक बनिरहेका छन् र कम्युनिस्टहरूको नाममा भ्रम छरिरहेका छन् । नेपालको सत्ताधारी एमाले, माकेलगायतका नामधारी कम्युनिस्ट पार्टी र तिनका नेताहरु खु्रश्चेभका सक्कली चेला हुन् । यिनैले आज महान् नेपाली क्रान्तिका विरुद्ध भ्रमको खेती गरिरहेका छन् ।

खु्रश्चेभदेखि मिखाइल गोर्वाचोवसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फासीवादका रुपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा कमरेड माओले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयं चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनस्र्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरि सन् १९६६ देखि १९७६ सम्म महान् दस वर्षे सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो । सन् १९७६ सेप्टेम्बर ९ का दिन कमरेड माओको निधन भयो । त्यसको ठिक एक महिना पछि चीनमा पनि प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापना भयो ।

चीनको महान् नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आईपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीनवटै क्षेत्रमा मार्क्सवाद – लेनिनवादको विकासको गुणात्मक रुपमा तेस्रो र नयाँ चरणमा माओवादको विकास हुन पुगेको छ । र माओवादलाई आजको मार्क्सवाद – लेनिनवादका रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । किनकि आज मार्क्सवाद – लेनिनवाद – माओवाद नै विश्व सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ ।

मार्क्सवादको गुणात्मक विकास लेनिनवाद – माओवादमा भए झै संशोधनवादले पनि शास्त्रीय संशोधनवाद – आधुनिक संशोधनवाद हुँदै दक्षिणपन्थी नवसंशोधनवादमा विकास गर्न पुगेको छ । यसरी आज दक्षिणपन्थी नवसंशोधनवाद सर्वहारा क्रान्तिका लागि मुख्य बाधक बन्न पुगेको छ । खु्रश्चेभी आधुनिक संशोधनवादको दार्शनिक आधार बहुलवाद हो । संसदीय व्यवस्थालाई आफ्नो कार्यनीति बनाउँदै आएका नामधारी कम्युनिस्टहरु खु्रश्चेभका चेला भएको पुष्टि भइसकेको छ । संसदीय व्यवस्थालाई कार्यनीति बनाउँदै आएका नेपालका एमाले, माकेलगायतका नामधारी कम्युनिस्ट पार्टीहरु क्रान्तिका बाधक बनिरहेका छन् र कम्युनिस्टहरूको नाममा भ्रम छरिरहेका छन् । नेपालको सत्ताधारी एमाले, माकेलगायतका नामधारी कम्युनिस्ट पार्टी र तिनका नेताहरु खु्रश्चेभका सक्कली चेला हुन् । यिनैले आज महान् नेपाली क्रान्तिका विरुद्ध भ्रमको खेती गरिरहेका छन् ।

(लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्) ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…