Sansar News- Online for Global Nepali

शिक्षक नेताद्वारा नेता योगेश भट्टराईलाई ६ प्रश्न

संसार न्यूज़
६ दिन पहिले
शिक्षक नेताद्वारा नेता योगेश भट्टराईलाई ६ प्रश्न

२६ जेठ, काडमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले नेकपा (एमाले)का युवा नेता योगेश भट्टराईलाई ६ प्रश्न गरेका छन् ।

नेकपा एमालेभित्र ६ प्रश्न र ६ उत्तरको प्रसङ्ग चलिरहेका बेला शिक्षक नेता अधिकारीले योगेश भट्टराईको भूमिका र चाहनाका बारेमा ६ जिज्ञासा राखेका हुन् ।

पार्टीभित्रको अन्तरविरोधलाई लिएर नेता भट्टराईको स्पष्ट अडान नदेखिएको आम टिप्पणीका बीच अधिकारीले युवा नेताहरुको अकर्मण्यता र ढुलमुले प्रवृत्तिले गणतन्त्र गुम्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

‘प्रतिगमन अझै झागिदै छ । तपाईंहरु जस्ता युबा नेताहरू प्रतिगमनको टीका लगाउने कि अग्रगमनको नेतृत्व गरेर समग्र देशको नेतृत्व गर्ने, राष्ट्र अस्थिरता तर्फ हिडदै छ यसलाई लिकमा ल्याउने कि एमाले एकताको बासुरी बजाइ रहने ?’ नेता अधिकारीले नेता भट्टराईलाई प्रतिगमनका विरुद्धको कित्तामा स्पष्ट भएर अघि बढ्न आग्रह गरेका छन् ।

एमालेको मुल नेतृत्व नै प्रजातन्त्र मास्न उद्दत भइरहेको कुरालाई नजरअन्दाज गरेर ‘एमाले सग्लो रहँदा प्रजातन्त्र बलियो हुन्छ’ भनेर गीत गाइरहनु र राष्ट्र धु्रुविकरणमा गैसकेको बेला पछि फर्कने कुरा गरिरहनु हुन्छ भने ‘तपाईंहरु प्रति आशंका किन नगर्ने अब ?’ उनले भनेका छन् ।

शिक्षक नेता शंकर अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् :
“एमाले पार्टी भित्रका शिर्ष नेतृत्व तहका बिगत देखी नेकपा नबन्दा सम्मका आन्तरिक अन्तरबिरोध त हामीलाई थाहा हुने कुरा भएन नै । बर्तमान अबस्थामा अर्को पार्टी भित्रका आन्तरिक अन्तरविरोधको सवाल उठला तर एउटा पार्टी मात्र नभएर सिङ्गो राष्ट्र, राष्टियता, संविधानसंगै जक्डिसकेको देखिन्छ ।
नेकपा निर्माण पछिका सतहमा देखिएको सवाल
१) दुबै ब्यक्ति उस्तै हुनै सक्दैनन्, सापेक्षिक रूपमा सहि वा गलत हुन्छ नै ।
२) माधवकुमार नेपालको नेतृत्वमा प्रतिगमन विरुद्धको आन्दोलनमा मन्त्री पद समेत त्याग गरेर मोर्चामा नेतृत्व गर्न आउनुभएको थियो, तपाईंका मतहरु अझै पनि गुन्जित भैरहेका छन नै । के तपाई अन्जानमा पछि लाग्नु भो ? कि प्रतिगमन परास्त भएको हो त ?
३) भर्खरै पनि तपाईं केपीले प्रतिगमन भाग २ भनेर विज्ञप्ति निकालीरहनु भएको थियो सायद मसी सुकेको छैन होला, लगत्तै पनि बहुराष्ट्रिय राज्यका सवालमा राजेन्द्र महतोको अभिव्यक्ति प्रति राज्यको धारणा मागी रहनुभएको थियो के यी सब ठिकठाक भयो त ?
४) तपाई आफै भन्दै हुनुहुन्छ माधवकुमार प्रचण्ड, देउवा र उपेन्द्र तिरको गठबन्धनमा र ओलि राजेन्द्र, महन्त गठबन्धनमा अहिलेको परिस्थितिमा कुन गठबन्धन अग्रगामी होला ? हिजो केपि, प्रचण्ड र माधवकुमार, झलनाथ एउटै मोर्चामा थिएनन र ? किन छुटे सायद तपाईंलाई राम्रै थाहा छ कि ?
५) तपाईं आफैं भनिरहनु भएको छ कि केपिले पार्टी भित्र एकाधिकार लाद्ने, तपाईंको निर्बाचित सचिव पद र स्थायी समिति नै खाए । पार्टीको बिधान संसोधित गरिएको छ त्यो अबैधानिक छ ?
६) तपाईं युबा नेतृत्व हुनुहुन्छ, एमाले पार्टी सग्लो रहँदा ठूलो पार्टीको प्रमुख, भोलि यो देशको प्रधानमन्त्री पनि बन्नु सक्नुहोला, त्यो इच्छा, आकांक्षा होला त्यो शुभकामना पनि दिन चाहान्छु । तर आज राष्ट्र, देश, संविधान सबै कोल्याप्स हुने अवस्था छ । तपाईंहरुले लडेर ल्यायको गणतन्त्र धरापमा छ, तपाईंहरु जस्ता युबा नेताहरुको अकर्मण्यता, ढुलमुले प्रवृत्तिले गणतन्त्र गुम्नेवाला छ ।
प्रतिगमन अझै झागिदै छ । तपाईंहरु जस्ता युबा नेताहरू प्रतिगमनको टीका लगाउने कि अग्रगमनको नेतृत्व गरेर समग्र देशको नेतृत्व गर्ने, राष्ट्र अस्थिरता तर्फ हिडदै छ यसलाई लिकमा ल्याउने कि एमाले एकताको बासुरी बजाइ रहने ?
तपाईंहरुको यो रमिते प्रवृत्तिले प्रतिगमन बलवान भैरहेको छ । के अलिकति पनि राष्ट्रको चिन्ता छैन ? परम्परागत सोच देख्छु मत । एमाले सग्लो रहँदा प्रजातन्त्र बलियो हुन्छ भनेर गीत गाईरहेका छ्न केही मान्यवर तर एमालेको मुल नेतृत्व नै प्रजातन्त्र मास्न उद्दत छ । यसलाई नजर अन्दाज गर्न सक्नु हुन्छ ? कम्युनिष्ट प्रवृत्ति भन्नुहुन्छ ? राष्ट्र धु्रुविकरणमा गैसक्यो तपाईंहरु पछि फर्कने कुरा त गर्दै हुनुहुन्न ? तपाईंहरु प्रति आशंका किन नगर्ने अब ?”

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…