Sansar News- Online for Global Nepali

ज्वाला बलिरहने नाभिस्थान मन्दिर पुन: निर्माण

संसार न्यूज़
६ दिन पहिले
ज्वाला बलिरहने नाभिस्थान मन्दिर पुन: निर्माण

२६ जेठ, दुल्लु । दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाभिस्थान मन्दिरको पुनः निर्माण थालिएको छ ।

पुरातत्व विभागबाट रु ४० लाख विनियोजन भएपछि मन्दिर पुनःनिर्माण हुन लागेको हो । निषेधाज्ञाका समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण थालनी गरेको छ । मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ ।

लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्वको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला पुनः बनाउन लागेको देख्दा निकै खुशी लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए । मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिए ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण सम्पन्न गरिने पनि उनले बताए । डिपिआर मन्दिर व्यवस्थापन समितिले गरेको र सोहीअनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए ।

उनका अनुसार पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढुङ्गामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ । इस्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ । दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधामअन्तर्गत श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ । सो मन्दिरमा अनवरत रुपमा सदियौँदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ ।
रासस

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…