Sansar News- Online for Global Nepali

नेपाली जनसम्पर्क समिति र एनआरएनए भारतको पहलमा मिर्गौला रोगले पीडित तिलालाई आर्थिक सहयोग

संसार न्यूज़
५ दिन पहिले
नेपाली जनसम्पर्क समिति र एनआरएनए  भारतको पहलमा मिर्गौला रोगले पीडित तिलालाई आर्थिक सहयोग

सनी शर्मा, चंडीगढ़ । गैरआवासीय नेपाली संघ भारत र नेपाली जनसम्पर्क समितिको पहलमा मिर्गौला पीडित तिला थापालाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

दिल्ली देखि ३०० किलोमीटर चंडीगढ़, नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र अन्तर्गत शाखा बुढ़ेलको अगुवाईमा रोल्पा त्रिवेणी गाउँपालिका वार्ड नं ४ चक्री घर भई हाल चंडीगढ़ सेक्टर ४५ मा बसोबास गर्ने मदन घर्तीकी छोरी २७ वर्षीया छोरी तिला थापाको उपचारका लागि दुई संस्थाको सहयोगमा भारु ३५ हजार ८४० (नेपाली रु ५५ हजार ७४० रुपैयाँ) आर्थिक सहयोग गरिएको छ ।

कोरोना महामारीका कारण तिलाकी आमाको १० दिन अगाडि मृत्यु भएको र बाबुको जागिर पनि छुटेकाले मिर्गौलाको नियमित डाइलासिस लगायत घर भाडा, खाद्यान्न तथा अन्य आधरभुत सेवा सुविधाबाट बन्चित रहेको तथा अवस्था अत्यन्तै दयनिय रहेकोले हेमन्त डाँगीको अगुवाईमा सनी शर्मा, रेशम दिपेश ओलीले आर्थिक तथा भौतिक सहयोग गर्दै आएका थिए ।

May be an image of 2 people and people standing

तिलाको मिर्गौलाको डाइलासिसका लागि प्रतिहप्ता ७५०० खर्च लाग्ने गरेको छ । उनको यस्तो अवस्थामा बुधबार नेपाली जनसम्पर्क समितिको पहलमा (बालकृष्ण पाण्डे रु १५००, बडेल शाखा ४८००, राजु चन्द १५००, टिकाराम ५००, ललित गिरि २१००, मल्ल पुर शाखा १०१०, ललित गिरि २१००, युवराज अर्याल ११००, ललित खत्री मोहाली ११००, कुट्टेलौरा शाखा ५०००, चन्डिगड महिला शाखा ६२३०, लगायत को) बाट संकलन गरिएको २४,८४० भारु (३९ हजार ७४४ रुपैयाँ) समितिका केन्द्रिय अध्यक्ष बालकृष्ण पान्डेले धर्मागत काफ्ले, नारायण प्रसाद भुसाल, जिबलाल भट्टराई, खुम प्रसाद काफ्ले, ढाकाराम सनी शर्मा, रेशम हेमन्त डाँगी, दिपेस ओली लगायत सहयोगीहरुको सहभागितामा हस्तान्तरण गरिएको छ ।

 

त्यस्तै  गैरआवासीय नेपाली संघ भारतले पनि एक महिनाको खाद्यान्न र आर्थिक सहयोग भारु ११ हजार, (नेपाली १७ हजार ६००) यातायात बिभाग प्रमुख श्रीमती सीता अधिकारीले, प्रोजेक्ट मेनेजर पूजा पाण्डे, नरहरी घिमिरे, रामचन्द्र अधिकारीको उपस्थितिमा हस्तान्तरण गरेकी छन् ।

सल्यान जिल्ला कपुरकोट निवासी तिला थापाका श्रीमान ललित थापा विरामी श्रीमती र ८ वर्षीय छोरालाई चन्डिगढमै छोडेर फरार रहेका छन् । उनको खोजिमा माइती नेपाल ईन्डिया नेपाली जनसम्पर्क समिति सबै जुटेकोपनि बताइएको छ ।

 

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…