Sansar News- Online for Global Nepali

कहाँ छन् दीपक मनाङे ?

संसार न्यूज़
५ दिन पहिले
कहाँ छन् दीपक मनाङे ?

जेठ २७, पोखरा । गण्डकी प्रदेशको सत्ता संघर्ष निकै रोचक मोडमा पुगेको छ । यसअघि जस्तै अहिलेको सत्ता संघर्षमा पनि स्वतन्त्र र साना दलका सांसदहरुको मत निर्णायक देखिएको छ ।

निर्णायक देखिन पुगेका साना दलका सांसद र स्वतन्त्र सांसद फेरि यसअघि जस्तै कुन पक्ष तिर जान्छन् र कसरी जान्छन, घटना निकै रोचक छ । यसअघि भएको सत्ता परिवर्तनको खेलमा गण्डकीमा स्वतन्त्र मानिएका सांसद राजीव गुरुङ (दीपक मनाङे)सत्तारुढ पार्टी नेकपा (एमाले) पक्षतिर लागेका थिए भने राष्ट्रिय जनमोर्चाका दुई सांसद कहिले हराउने त कहिले रातारात पक्ष परिवर्तन गर्ने तर्फ लागेका थिए ।

एकाएक मन्त्री पाउन सफल भएका दिपक मनाङ्गे पछिल्लो राजनीतिक खेलमा केन्द्रमा देखिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विश्वासको मत लिने तयारी गर्दै गर्दा उनी सम्पर्कविहिन भएका छन् ।

कहाँ छन् मनाङ्गे ?

बुधबारको प्रदेश मन्त्रिपरिषद बैठकमा नगएका मनाङ्गे एकाएक सम्र्पक विहिन बनेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत भएका उनको मोबाइल स्वीच अफ छ ।

मनाङे बस्ने गरेको पोखरा, बुद्धचोकस्थित घरमा उनी छैनन् । काजीपोखरीमा बहिनीसँग बस्ने गरेको भनिए पनि उक्त घरमा पनि मनाङे नभएको बताइन्छ ।

गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ । विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…