Sansar News- Online for Global Nepali

काजकिरिया खर्च नपाएकोमा पीडित परिवारको गुनासो

संसार न्यूज़
५ दिन पहिले
काजकिरिया खर्च नपाएकोमा पीडित परिवारको गुनासो

२७ जेठ, झापा । मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको २३ दिन बितिसक्दा समेत स्थानीयवासी ६५ वर्षीय श्याम राईको परिवारले काजकिरिया खर्च पाएको छैन ।

मेचीनगर नगरपालिका–९ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । नगरपालिकाले जङ्गली हात्तीले मृत्यु भएमा रु २५ हजार काजकिरिया खर्च उपलब्ध गराउने नियम छ ।

घटना लगत्तै नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती र वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्का घरमै पुगेर तत्काल काजकिरिया खर्च उपलब्ध गराउने आश्वासन दिएका मृतकका माइला छोरा किरणले बताए ।

यद्यपि घटना भएको २३ औँ दिन बितिसक्दा समेत मृतकका परिवारले नगरपालिकाबाट कुनै राहत पाएको छैन । “दिन्छु भनेपछि दिनैपिच्छे वडा कार्यालय र नगरपालिकामा धाइरहेका छौँ”, मृतककी जेठी बुहारी सुबिना विश्वकर्माले भनिन्, “अहिलेसम्म पाएका छैनौँ ।”

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएको राई परिवारको मागुरमाडी सामुदायिक वन बिट नं १ को छेउमा २२ वर्षदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा अझसम्म बनेको छैन । मृतक राईका पत्नी जुनबिरा, चार छोरा र एक छोरी छन् ।

मेचीनगरका प्रमुख आचार्यले अझैसम्म मृतकका परिवारले काजकिरिया खर्च नपाएकोमा अनभिज्ञता प्रकट गरे। “उनीहरुले तुरुन्तै पाउनु पर्ने हो, दिनु पनि भनेको हो”, उनले भने, “के भएको रहेछ बुझेर तुरुन्त उपलब्ध गराउँछौँ ।”

स्थानीय नवकिरण टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले काजकिरिया खर्च मृत्यु भएको १३ दिनभित्रै पीडित परिवारले पाउनु पर्नेमा नगरपालिका र वडा कार्यालयबाट ढिलासुस्ती गरिएकोमा गुनासो व्यक्त गरे । काजकिरिया खर्चवापत नगरपालिकाले रु २५ हजार र डिभिजन वन कार्यालय झापाले रु ५० हजार दिने व्यवस्था रहेको छ । यसका लागि मृतकका परिवारले बैंकमा खाता खोलिसकेको छ ।
रासस

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…