Sansar News- Online for Global Nepali

माछा मार्न गएका व्यक्ति चार दिनदेखि बेपत्ता, परिवारजन चिन्तित

संसार न्यूज़
५ दिन पहिले
माछा मार्न गएका व्यक्ति चार दिनदेखि बेपत्ता, परिवारजन चिन्तित

२७ जेठ, तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।

वर्षायाम भएकाले नदीले बगायो कि भनेर खोजी गर्दै जाँदा नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेट्टिएकाले बगाएको आशंका गरिएको उनले बताए ।

मुग्लिनबाट करिब पाँच किलोमिटर दूरीसम्म खोजी गरिए पनि फेला पार्न नसकिएको र मातहतका प्रहरी कार्यालयमा पनि यस विषयमा जानकारी गराइएको उनले बताए ।
रासस

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…