Sansar News- Online for Global Nepali

वर्षातसँगै आएको हावाहुरीबाट लाखौँको क्षति

संसार न्यूज़
५ दिन पहिले
वर्षातसँगै आएको हावाहुरीबाट लाखौँको क्षति

२७ जेठ, डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द्रको भवनमा क्षति पुर्याएको छ । उनका अनुसार हावाहुरीले विद्यालयको पर्खाल, छाना तथा ट्रष्ट उडाएको छ ।

हावाहुरीका कारण विद्यालय र शिशु स्याहार केन्द्रमा कम्तीमा पनि रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । यसैगरी हावाहुरीसँगै आएको असिनापानीका कारण किसानले फलाएका साग, तरकारी तथा मकै बालीमा पनि क्षति भएको स्थानीयवासी रमेशबहादुर बलायरले जानकारी दिए। हावाहुरीले मकै बाली तथा तरकारीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
रासस

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…