Sansar News- Online for Global Nepali

अधिबेशनको मिति तय गर्दै एनआरएनए साइप्रसको विशेष बैठक सम्पन्न

संसार न्यूज़
५ दिन पहिले
अधिबेशनको मिति तय गर्दै एनआरएनए साइप्रसको विशेष बैठक सम्पन्न

२७ जेठ, साइप्रस । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले एक विशेष बैठक आयोजना गरी २०२१–२०२३ कार्यकालको अधिवेशनको मिति घोषणा गरेको छ ।

संघका उपाध्यक्ष अन्तेश रावतको अध्यक्षता, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, संरक्षक, सल्लाहकारहरु तथा आइसिसी सदस्यहरु सहितको जुन ६ मा मा बसेको बैठकले महत्वपूर्ण विषयहरूमा छलफल तथा निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलाई जुलाई महिनाभित्र अधिबेशन गरिसक्नुपर्ने निर्देशनात्मक परिपत्रलाई पालन गर्दै साइप्रसले पनि २०२१–२०२३ कार्यकालको नेतृत्व चयनका लागि आगामी जुलाई १८ मा अधिबेशन गर्ने निर्णय गरेको छ ।

संघले २१ मे देखि २१ जुन,२०२१ सम्म सदस्यताको आबेदन भर्ने मिति यसअघि नै तय गरिसकेको थियो । उक्त म्याद पुनः ६ दिन थप गर्दै २७ जुन, २०२१ सम्मका लागि पुर्याइएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साइप्रसका सम्पुर्ण आवेदनहरु मिति २७, २८, २९,३० जुन, २०२१ सम्ममा प्रकाशन गरिने बताइएको छ ।

त्यसैगरी उम्मेदवारी आवेदन मिति, २ जुलाइदेखि १० जुलाई, २०२१ सम्ममा आउदो कार्यसमितिका लागि आबेदन दर्ता खुल्ला गरिने बताइएको छ । उम्मेदवार दर्ता गरेपछि दाबी बिरोध, मिति १३, १४, १५, जुलाईसम्म गरिनेछ ।

जुलाई १८ मा हुने उक्त अधिबेशन साइप्रसको निकोसियामा हुने जानकारी गराउँदै आगामी कार्यकालका लागि निम्न पदहरु पारित गरिएको छ । जसमा अध्यक्ष –१ उपाध्यक्षहरु –२ जना (१ जना महिला) सचिव १, कोषाध्यक्ष १, युवा प्रतिनिधि १, महिला प्रतिनिधि १ र सदस्य –७ जना रहने गरि निर्णय पारित गराइएको पनि संघका महासचिव कृप थापाले संसारन्युजनलाई जानकारी दिएका छन् ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…