back

ब्याडमै काउली फुलेपछि किसानमा चिन्ता

वि.सं.२०७८ जेठ २७ बिहीवार

237 

shares
NTC AD
Global IME AD

२७ जेठ, टिस्टुङ । बेमौसमी तरकारी उत्पादनमा प्रसिद्ध मकवानपुरको थाहा नगरपालिकामा किसानहरुले व्यावसायिक खेतीका लागि काउलीको ब्याड राखेकोमा ब्याडमै फुलेको छ ।

ब्याडमा नफुलेका काउली रोपिएको केही दिनमै फुलेका छन् । यसले कृषकहरुमा चिन्ता थपिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ की मीना पाख्रिनले अन्दाजी २ रोपनी जग्गा भाडामा लिएर काउली खेती गरेकी थिइन्। रोपेको दुई सातामै काउली फुल्यो । तर निकै सानो फुलेर बिक्रीका लागि योग्य नभएपछि उनले काउली फालेर उक्त जग्गामा मकै रोपिन् ।

पाख्रिनजस्तै थाहा नगरपालिका– १ का सुदिप थोकर र वडा नम्बर २ का श्रीकृष्ण श्रेष्ठको पनि उस्तै हालत भयो । एक महिनाअघि असिनाले आलु खेती सखाप पारेर आक्रान्त बनेका कृषकहरु व्याडबाट रोप्न तयार भएको काउली ब्याडमै फुलेपछि थप चिन्तित बनेका छन् ।

अहिले थाहा नगरका झण्डै सय बढी किसानहरुले खेतबारीमा लगाएको काउली समय नपुग्दै फुलेको छ । फुलेको काउलीको वजन १०० ग्रामसम्म पनि नभएको पीडित कृषक श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। अघिल्ला वर्षहरुमा राम्रोसँग फुल्दा एउटै बोटबाट दुई किलोग्रामसम्म फुल्ने गरेको उनका भनाइ रहेको छ ।

थाहा नगरपालिकामा जापानीज कम्पनीको ह्वाइट टप र सुपर ह्वाइट टप जातको काउली व्याडमै फुलेका हुन् । यी जातका काउलीलाई पानी धेरै चाहिने भएकोले अहिले सुख्खा समयमा रोपिएकोले समय नपुग्दै फुलेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारी बताउँछन् । खडेरी, छिप्पिएको बेर्ना वा नाइट्रोजनको कमीले समय नपुग्दै फुल्न सक्ने उनका भनाइ छ ।

नगर कृषि शाखा प्रमुख तिवारीले पहिलो चरणमा लगाइएका काउली समय नपुग्दै फुलेको कृषकहरुबाट गुनासो आएको बताए। ह्वाइट टप र सुपर ह्वाइट टप जातका काउली वर्षा याममा लगाउन उपयुक्त हुने कृषि प्रमुख तिवारीले बताए ।

बीउको गुणस्तरीयतामै समस्याका कारण ब्याडमै वा समय नपुग्दै काउली फुलेको हुन सक्ने आँकलन भइरहेको बेला उनले बीउमा भने समस्या नदेखिएको बताए ।
रासस

वि.सं.२०७८ जेठ २७ बिहीवार १५:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि...

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई...

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा...

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई...