Sansar News- Online for Global Nepali

युवकको हत्या आरोपित पाँच पक्राउ

संसार न्यूज़
५ दिन पहिले
युवकको हत्या आरोपित पाँच पक्राउ

२७ जेठ, रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ ।

वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी शरीरका विभिन्न भागमा रगतले लतपतिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

उनीहरुबाट हत्यामा प्रयोग भएको धारिलो हतियार फलामको दाउ एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, हत्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्रमाण बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।

पुरानो रिसिइबीका कारण बदला लिने सोचले योजनाबद्धरूपमा यादवको हत्या गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार पक्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
रासस

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…