Sansar News- Online for Global Nepali

कोरोना संक्रमणबाट रुपन्देहीमा थप तीनजनाको मृत्यु

संसार न्यूज़
५ दिन पहिले
कोरोना संक्रमणबाट रुपन्देहीमा थप तीनजनाको मृत्यु

२७ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप तीनजनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार कोरोना संक्रमण भइ कोरोना बिशेष अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बुटवल ६ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बेलुका ७ः४८ मा आइसीयुमा मृत्यु भएको छ । जेठ १९ गते संक्रमण पुष्टि भएका उनी जेठ २० गते अस्पतालमा भर्ना भएका थिए ।

त्यसैगरी बुटवल १७ का ५० वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार मृत्यु भएको छ । जेठ २ गते संक्रमति भइ ५ गते अस्पताल भर्ना भएका उनको आइसीयुमा उपचार गराउने क्रममा बुधबार बेलुका ८ः१० मा मृत्यु भएको हो ।

त्यस्तै देवदह ५ की ३८ वर्षीया महिलाको पनि उपचार गराउने क्रममा बिहीबार दिउँसो १२ः४५ मा मृत्यु भएको छ ।

जेठ २४ गते संक्रमित भई सोहि दिन अस्पतालमा भर्ना भएकी उनको पनि आयसीयुमा उपचार गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…