Sansar News- Online for Global Nepali

यी हुन् कोभिड संक्रमितको उपचारमा निःशुल्क सेवामा पर्ने र नपर्ने विषयहरु

संसार न्यूज़
५ दिन पहिले
यी हुन् कोभिड संक्रमितको उपचारमा निःशुल्क सेवामा पर्ने र नपर्ने विषयहरु

२७ जेठ, काठमाडौँ । कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत छन् । ती मध्ये सरकारले निजी क्षेत्रका ४५ अस्पतालहरुसँग सम्झौता गरी कोभिड–१९ का बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

बिहिबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले कोभिड १९ संक्रमितको निःशुल्क उपचार गर्न सम्झौता भएका निजी अस्पतालले निःशुल्क उपचार सेवामा समावेश गर्नुपर्ने र निःशुल्क उपचारमा समावेश नहुने विषयहरु भनि गरेका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धीत अस्पतालहरुलाई जानकारी गराएको छ ।

सम्झौता गरेका अस्पतालहरुले सामान्य रगत परीक्षण(जस्तै : सिटम, युरिया, क्रियटिनिन, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी) को निःशुल्क उपचार दिनुपर्दछ । त्यस्तै छातिको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधीहरु, बिरामीका शैया शुल्क, खाजा खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउण्ड, सेवा र अक्सिजन निःशुल्क उपचारमा समावेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

आईसीयु बाहेकका बिरामीमा पीसीआर, रेम्डेसिभिर, प्लाज्मा थेरापी, सिटी स्क्यान, हायर एन्टीबायोटिक्सहरु कोभिड १९ को निःशुल्क उपचारमा समावेश नहुने प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

सम्झौता भएका निजी क्षेत्रका अस्पतालहरुलाई संक्रमितका आफन्तले चाहेको अवस्थामा बाहेक निःशुल्क सेवा प्रवाह गर्न र सेवाग्राहीहरुको विवरण मन्त्रालयको सूचना प्रणाली(आइ.एम.क्यु)मा अनिवार्य प्रविष्ट गर्न भनिएको छ ।

सेवाग्राहीको विवरणहरु फरक परेमा वा कुनै पनि सेवाग्राहीलाई समस्या परेको पाइएमा सरकारले शोधभर्ना नगर्ने सूचनामा उल्लेख छ । त्यस्तो अस्पताललाई कोभिड १९ को सेवा प्रवाह गर्ने सूचिबाट हटाइने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारवाही हुन सक्ने जनाइएको छ ।

 

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…