back

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

वि.सं.२०७८ जेठ २८ शुक्रवार

138 

shares
NTC AD
Global IME AD

२८ जेठ, धनुषा । धनुषामा पौडी हेल्ने क्रममा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ ।

धनुषाको मुखिया पट्टी मुसहरनिया गाउँपालिका -६ लक्ष्मपुरका ती बालिकाहरु गाईवस्तु चराउन जाने क्रममा पानी भरिएको गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गाईवस्तु लिएर गएका उनीहरु दिउँसो साढे १२ बजेतिर पोखरीमा डुबेका थिए । उनीहरुसँगै गएका अन्य दुई बालिका त्यहाँबाट घर फर्किएर घटनाका बारेमा बताएपछि परिवार प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको छन् ।

उनीहरु पौडी खेल्ने क्रममा वा अन्य कुनै कारणले घटना घट्यो भन्नेमा आफूहरु अनुसन्धानमै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रले संसारन्युजलाई जानकारी दिए ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १४:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

रामबहादुर थापा, गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ...

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

काठमाडौं । गठबन्धनभित्रै लामो रस्साकस्स्सीपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद नेकपा...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री...