Sansar News- Online for Global Nepali

एनआरएनए जापान क्युस्युको अध्यक्षमा अर्जुन थापा निर्विरोध

संसार न्यूज़
२ महिना पहिले
एनआरएनए जापान क्युस्युको अध्यक्षमा अर्जुन थापा निर्विरोध

२९ जेठ, जापान ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् ।

गत शनिबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको हो ।

संयोजकमा निर्वाचित थापा यसअघि सचिवको जिम्मेवारीमा थिए । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा जापान प्रवेश गरेका हुन् । विद्यालय जीवनदेखि नै सामाजिक काममा रुची राख्ने संयोजक थापा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका संस्थापक अध्यक्ष हुन् भने फुकुओका नेपाल सोसाईटीका सदस्य हुन् ।

यस्तै एनआरएनए क्युस्युको उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा रिपुहरि सापकोटा चयन भएका छन् ।

No description available.

सदस्यहरुमा अमृत भट्ट, प्रदीपकुमार राई, सुवासबहादुर बोहोरा, दिपकबहादुर शाही, महिला सदस्य कृष्णा बस्नेत र विद्यार्थी सदस्य सज्जन सुवेदी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
कोरोना कहरको कारण जूमको माध्यमबाट अत्यधिक सहभागिताको लागि आयोजकले अनुरोध गर्दै भौतिक उपस्थित न्युन गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

एनआरएनए क्युस्युको नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०२३ सम्म रहने छ ।

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…