Sansar News- Online for Global Nepali

एनआरएन कान्साईमा दिलिप शर्मा, ऐतिहासिक स्मारिका बिमोचन

संसार न्यूज़
२ महिना पहिले
एनआरएन कान्साईमा दिलिप शर्मा, ऐतिहासिक स्मारिका बिमोचन

२९ जेठ, जापान । गैरआवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति कान्साईको शुक्रबार भएको ८ औँ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न ८ औ अधिबेशनबाट दिलिप शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

शुरुमा संयोजक र उप–संयोजक पदमा निर्वाचन हुने भनि निर्वाचन कमिटि कान्साईद्धारा प्रकाशित अन्तिम नामावलीमा उल्लेख गरिए पनि अधिबेशनको अन्तिम घडीमा आएर संयोजकका प्रत्यासी नर बहादुर थापा उपसंयोजकमा बस्न तयार भएपछि संयोजकमा दिलिप शर्मा सर्वसम्मत भएका हुन् भने उपसंयोजकका तीन प्रत्यासीले सहमति गर्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

सो सँगै कान्साई क्षेत्रिय कार्यसमिति पनि सर्वसम्मत चयन हुन सफल भएको हो । सर्वसम्मत निर्वाचित कमिटिका संयोजक निवर्तमान कार्यसमितिको उपसंयोजकको भुमिकामा थिए ।

 

May be an image of 1 person, standing and indoor

शुक्रबार सम्पन्न अधिबेशनबाट कार्यसमितिको संयोजकमा दिलिप शर्मा निर्विरोध भएका छन भने उपसंयोजकमा दिल्ली प्रसाद सापकोटा (बिष्णु) नर बहादुर थापा, महिला उपसंयोजकमा बिन्दु ढकाल, सचिबमा तेज प्रकाश गुरुङ्ग, सहसचिबमा लक्षमण गैरे र बिकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा डेनिश पुन निर्वाचित भएका छन भने सहकोषाध्यक्षमा तिलक के.सी र सदस्यहरुमा शंकर भुषाल, सुरज जि.सी, टि.आर गौडेल, अशोक गुरुङ्ग, महिला सदस्यमा सिमला के.सी र सदस्य बिद्यार्थीमा संजय कार्की निर्बिंरोध निर्वाचित भएका छन् ।

No description available.

सफल अधिबेसनसँगै एनआरएन कान्साईले आफ्नो स्थापनाकाल देखि हाल सम्मका बिषयबस्तु हरुको साथ ज्ञानबर्दक लेख र जानकारीहरु समेट्दै एक ऐतिहाशिक स्मारिकाको प्रकाशन तथा बिमोचन समेत सम्पन्न भएको छ ।

May be an image of one or more people, people standing and indoor

May be an image of 2 people, people standing and indoor

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…