back

विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न बैद्यलाई कांग्रेसको आग्रह, के भनेका थिए र बैद्यले ?

वि.सं.२०७८ जेठ २९ शनिवार

120 

shares
NTC AD
Global IME AD

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न आफ्ना बागमती प्रदेशसभाका सांसद नरोत्तम बैद्यलाई आग्रह गरेको छ ।

पार्टीले प्रदेश संसदीय दलको नेतृत्व मार्फत् शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयमता र सजगता राख्न सचेत गराएको जनाएको छ ।

‘नेपाली कांग्रेस प्रष्ट छ अभियव्यक्ति स्वतन्त्रतता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिदा पार्टीको नीति र संस्कृतिलाई कुनैपनि तहको नेतृत्व सदस्यले किर्माथ बिर्सनु हुँदैन,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा शनिबार जारी बिज्ञप्तिमा भनिएको छ,‘ शान्तिपुर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनैपनि सदस्यलाई हिंसाबाट प्रेरित गर्दै अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन ।’

के भनेका थिए र बैद्यले प्रदेशसभा बैठकमा ?
सांसद बैद्यले शुक्रबार प्रदेशसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिरहेको आरोप लगाउँदै भनेका थिए ‘खड्क ओलीलाई यसरी नै छोड्ने हो भने, नेपाल खाइदिन्छ । त्यसैले कोही नाथुराम गोड्से आवस्यकता पर्यो हैं देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि !’

सांसद बैद्यले नेपाल मुनुचिया जस्तो बन्न थालेको बताउँदै कोही सिर्कमी तथा कोही डकर्मी बनेर प्रवेश गरेको, कोही ज्वाइँ भएर प्रवेश गरेको र कोही खाली सीसी र पुरानो कागज भन्दै नेपाल प्रवेश गरेको बताए ।
‘विस्तारै विस्तारै उपप्रधानमन्त्री, महन्थ ठाकुरलाई ओलीजीले अब प्रधानमन्त्री बनाइदिने होला,’ बैठकमा उनले भने, ‘विस्तारै विस्तारै यो देश पनि मुनुचिया जस्तै हुँदैछ । बडो दुःख लाग्छ । सरकारको बाहिर बस्दा घोर राष्ट्रवादी र अनि सरकारमा पसेपछि लम्पसावादी । ओलीले आफ्नो सत्ता बचाउनका लागि जुन किसीमको पनि हतकण्डा अपनाइरहेको देखिन्छ ।’

स्मरण रहोस् , नाथुराम गोड्से महात्मा गान्धिका हत्या गर्ने व्यक्ति हुन् । उनलाई ७२ वर्ष अगाडि नै फाँसी दिइएको थियो ।

 

वि.सं.२०७८ जेठ २९ शनिवार ११:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...