Sansar News- Online for Global Nepali

प्रदेश २ का प्रमुखले मुख्यमन्त्रीलाई पत्र नै लेखेर सोधे – किन मन्त्रिमण्डल समावेशी नबनाएको ?

संसार न्यूज़
२ महिना पहिले
प्रदेश २ का प्रमुखले मुख्यमन्त्रीलाई पत्र नै लेखेर सोधे – किन मन्त्रिमण्डल समावेशी नबनाएको ?

जेठ ३०, काठमाडौं । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई पत्र नै लेखेर मन्त्रीमण्डल समावेशी बनाउन भनेका छन् । शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट मन्त्रीमा नियुक्ती गराएकै बखत उनले पत्र नै लेखेर यस्तो भनेका हुन् ।

प्रदेश २ सरकारमा गैरमधेसी (पहाडे समुदाय)लाई समावेश नगरिएको तथा महिलालाई प्राथमिकता नदिइएको भन्दै अहिराजले संविधानको मर्मअनुसार सरकारमा पहाडे समुदाय, महिला तथा दलितलाई उचित स्थान दिन भनेका छन् ।

मुख्यमन्त्रीलाई लेखेको पत्रमा संविधानको व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्त अवलम्बन नगरेको औंल्याइएको छ । पत्रमा भनिएको छ, ‘प्रदेश भित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व पनि हो ।’

अहिराजले प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारमा प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।

‘यस पुण्य भूमिमा मुलतस् मधेशी मुलका नागरिकहरूको बसोबास रहेको भएतापनि गैरमधेशी पहाडी मुलका नागरिकहरूको पनि उल्लेख्य बसोबास रहेको छ,’ झाले पत्रमा लेखेका छन्,‘मुस्लिम समुदाय, सदियौँदेखि सीमान्तीकरण र वञ्चितिकरणको शिकार बन्दै आएका दलित समुदाय तथा आधा आकाश ढाक्ने मिहला रहेको यस प्रदेशको मन्त्रिपरिषद्मा उल्लेखित जाति समुदायर र वर्गको अनुहार प्रतिविम्वित हुनुपर्छ भन्ने कुरामा कुनै द्विविधा हुन सक्दैन ।’

प्रदेशका मुख्यमन्त्रीसहित ७ मन्त्रीमा सबै पुरुष छन् । शुक्रबार गरिएको मन्त्रिपरिषद पुर्नठनमा पनि कांग्रेसबाट मन्त्री बनाएका तीनै जना पुरुष छन् ।

यस्तो छ प्रदेश प्रमुख अहिराजले लेखेको पत्र

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…