Sansar News- Online for Global Nepali

नौ जना नारीलाई अनेसास नवरत्न पुरस्कार, हेर्नुहोस् को-को भए त सम्मानित ?

संसार न्यूज़
२ महिना पहिले
नौ जना नारीलाई अनेसास नवरत्न पुरस्कार, हेर्नुहोस् को-को भए त सम्मानित ?

३१ जेठ, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल ’नीशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्ने भएको छ ।

समितिकी संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा उक्त निर्णय गरेको हो ।

साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित चयन समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका थिए ।

आगामी अगष्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरि दुईसय पचास अमेरिकी डलरसहित पुरस्कृत गरिने संयोजक अधिकारीले जानकारी दिएकी छन् ।

 

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…