back

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित, यामलाल कँडेलकाे याेजना फेरि बन्याे असफल

वि.सं.२०७८ असार १ मंगलवार

213 

shares
NTC AD
Global IME AD

असार १, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

यामलाल कँडेल फेरि असफल भए

यसअघि विपक्षी एमालेले आफ्ना सांसदहरु विपक्षी रोमा बस्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो । साथै एमालेले नीति तथा कार्यक्रमको विपक्षमा मत दिन ह्वीप जारी गरेको थियो ।

तर, एमालेको ह्वीपलाई एमालेकै सांसदहरु मान्न तयार भएनन् । साथै सरकारमा सहभागी मन्त्रीहरु विपक्षीको रोमा बस्न तयार भएनन् । एमालेकै सांसदहरु संसदीय दलको ह्वीप मान्न तयार नभएसँगै संसदीय दलका नेता यामलाल कँडेल संसद सञ्चालन गर्न दिन बाध्य भएका थिए । उनले संवैधानिक बाध्यताका कारण संसद सञ्चालनमा सहयोग गरेको बताएका छन् ।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज नै बजेट प्रस्तुत गरिँदै छ ।

वि.सं.२०७८ असार १ मंगलवार १७:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...