back

त्रिविका रोकिएका सबै परीक्षा साउन ५ गतेदेखि हुने

वि.सं.२०७८ असार १० बिहीवार

126 

shares
NTC AD
Global IME AD

असार १०, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए ।

स्नातक दोस्रो वर्षको परीक्षाहरू साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले जनाए । उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए ।

‘स्नातक प्रथम वर्षदेखि स्नातकोत्तर तहसम्मका चार लाख विद्यार्थीको परीक्षा साउन ५ गतेदेखि सुरु हुन्छ,’ नियन्त्रक जोशीले भनेका छन्, ‘स्नातकोत्तर तहको भने भदौ पहिलो साता सुरु गर्ने तय भएको छ, विद्यार्थीलाई केन्द्र छनौटको अवसर दिइने छ।

बिहीबार बोर्डले कार्यतालिका प्रकाशित गर्छ। शुक्रबारदेखि आइतबारसम्मका विद्यार्थीलाई केन्द्र छनौटको लागि सूचना प्रकाशित गरिन्छ।’ नियन्त्रक जोशीका अनुसार विगतमा बढीमा दुई सय ४० केन्द्र मात्र तोकिने गरिन्थ्यो भने यसपटक देशभरिमा तीन सय परीक्षा केन्द्रबाट चार लाख विद्यार्थीले परीक्षा दिने तय भएको छ।

वि.सं.२०७८ असार १० बिहीवार १२:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...