फूपू,काकीमा र हजुरमा उस्लाई देखेपछि एकअर्कामा नजिकिएर खासखुस सल्बलाउनु भएको मैलें धेरैपटक सुनेको थिएँ । उहाँहरुका केही छोटकरी आवाज मेरो स्मरणमा थियो –
‘पापिष्ट मोरो !’
‘अपराधी काले ! डाँकानै रै,छ !’
‘कहाँबाट ल्यायो होला ! बोकाको अनुहार परेको ठूटे कालेले देवी जस्ती श्रीमती !’
‘यस्को सक्कल देख्यो कि,कित्लीमा उम्लदै गरेको वाफलेझैं भकभक छाति पोल्छ भन्या !’
खुईय्य सुस्केरा दोहोर्याएर,टपरी खिप्दै गरेको सिन्कोले दाँत कोट्याएर बार्दलिबाट पर थुक फालेर हजुरमाले भनेकी थिईन्–
‘यो काले देख्यो कि शान्ति याद आउँछ ।’
ओसेपिला आँखा पुच्दै र, वरपर छरिएका पात समेल्दै फूपुले भनेकी थिईन्–
‘पापी डाँकाले बिचल्ली पार्यो नि ! कठै ! कहाँ होली त्यो शान्ति !’
‘लोग्नेमान्छेलाई त के हुँदोरहेछ र खै ? गणेशे काले ठूटेले देवी जस्ती श्रीमती पाइहाल्यो ! यता हाम्रो भाइले पनि !
फूपूले केही अपशोचपूर्वक बोली सकाएकी थिईन् ।
बुढ्यौलीले दुखेका गोडा पसार्दै बोता टपरी गणना गरेर काकीमाले भनेकी थिईन्–
‘गणेश जस्तो डाँकालाई पाप पनि नलाग्ला कि ! कहाँ होली त्यो शान्ति ? अधर्मीले मार्यो कि !’
दमकी रोगी फूपुले नाकका पोरा फूलाउँदै खकारेर छाति हल्का पारेर फेरि बोलेकी थिईन्–
‘धर्म नभा,को पापिष्टले मारे पनि होला !’
‘यी पुरुष भनाउँदाको अत्याचारको जाँतोमा पिसिने महिला मात्र हो ।’
‘पुरुषका सबै कर्तुत सहनेपनि महिलाले नै हो ।’
फेरि सामाजिक मर्यादा र बन्धन पनि महिलामाथि नै लागू हुन्छ । पुरुष सधै स्वतन्त्र र पवित्र रहन्छ ।’
उहाँहरुका यी कुरा आज मेरो दिमागभरि सनसनी फैलिरहे ।
करिव सत्ताइस वर्षअघिको एक बिहान जुनदिन घरमा बहिनीको न्वारानको लागि आफन्तहरु जुटेका थिए । पुफु,काकीमा र हजुरमाले त्यहाँ गरेको त्यो संवादले आज मेरो मन कोपिरह्यो ।
उहाँहरुका बातसंगै छिमेकी गणेश सम्झिदा मस्तिष्कमा एक प्रकारको झड्का लाग्यो । युद्ध मैदानमा गोली लागेको सिपाहीझैं रन्थनिएँ । गर्धन शरिरबाट छुट्न नसकेर अल्झिए सरह म छटपटाइरहेको थिए । तस्बिरको झलक दोहोरिदा र डायरीमा लेखिएको शब्द याद आउदा म भित्रैदेखि सल्केको थिएँ ।
‘मलाई लाग्यो,डायरीमा भेटिएका तस्बिर नै मेरा काल हुन् !’
नहेरेको भए हुन्थ्यो, त्यसदिन मैले त्यो डायरी !
सिरानी तान्दै गर्दा नयाँ डायरी देखेपछि हेरुँ हेरुँ लाग्यो । त्यही कारणले मैले यति पीडा सहन परेको थियो ।
विगत दुईदिनदेखि म त्यही पीडामा तड्पिरहेको थिएँ । छट्पटीएर एक्लै क्वाँ क्वाँ डाको छोडेर रोइरहेको थिएँ । हरेक शुक्रबार साँझ लजमा जानू अन्य महत्त्वपूर्ण काम नभए शनिबार पनि उतै बिताएर आइतबार कोठामा फर्कनु, विगत तीन वर्षदेखि मेरो रुटिङ्ग नै बनेको थियो । दुई चारदिन विश्राम लिन आज म दिउँसो नै लजमा गएँ ।
आँखाको चश्मालाई टाउकोमा स्थान दिँदै दुई कुर्सी आमने–सामने राखेर अडेसिएको म, भित्रभित्रै पीडाले कोपरिदै र पश्चातापले सल्कदै थिएँ ।
वेटरले म नजिकै आएर बोल्यो –
‘सर !’
मेरो हेरइबाटै उस्ले बुझ्यो र,सरासर गयो ।
धुँवा उड्दै गरेको चुरोट दुई ओठले च्याप्दै आधा पानी र आधा रक्सी गरेर खाली गिलास भरें ।
म उतै फर्किएको रहेंछु ,जताबाट वेटर केही केही सलाद, प्लेटमा बोकेर फुर्तिसाथ म भएतिरै आउँदै थियो । प्लेट टेबलमा राखेर उसले अनुहार उज्यालो पार्यो ।
गाजरको टुक्रा टोक्दै र,चुरोटको एक सर्को धुँवा फाल्दै म बोलें–
‘बस् जाऊ ।’
‘हस्,सर !’
वेटरले पदचापको आवाज दिँदै गयो ।
म दिनभर पिएँ । म घरि पिउँदै र,घरी चुरोटको धुँवा माथिमाथि फाल्दै बेथा मत्थर पार्न थालेको थिए । पिउँदा पिउँदै धेरै पिएँछु ।
मेरो कानमा मधुरो आवाज ठोकियो –
‘सर ! सर !’
‘राति भइसक्यो ।’
‘सबै गइसके सर !’
वेटरले मलाई घच्घचाएरै बोल्यो–
‘कोठामा जाऊँ सर !’
वेटरको बोलिले म आफ्नो शरीर यथास्थितिमै अड्याएर आँखा खोलें ।
ऊ फेरि बोल्यो–
‘सबै सुतिसके, तपाईंको कोठा नं ५ मा मात्र बत्ति बलिरा,छ सर !’
मैले उस्लाई आफूतिर खिच्दै चिच्चाएर भने–
‘के भनिस्’ ???
वेटर अलि हड्वडिदै बोल्यो–
‘गल्ती भएको हो र, सर !’
ऊ बोलिरहदा होटलको साहु पनि आइसकेको थियो ।
मुन्टो टेवलमा अड्याएरै म उनीहरुलाई घुरी रहेको थिएँ । ५ नं कोठा भन्ने बित्तिकै मलाई एक किसिमको झड्का लागेको थियो ।
एकैछिन आपसमा गाइगुई गरेर मेरो कुममा धाप लगाउँदै साहुले भन्यो–
‘सर आराम त गर्नु पर्यो ,खाली कोठा तयार गरुँ ?’
साहुको कुरा नसिद्दिदै वेटरले उछिनेर बोल्यो–‘कोठा नं ७ र ९ बाँकी छन् जानु हुन्छ कि त सर ?’
यति भन्दै गर्दा वेटरले दाह्रा परेको छिद्र दाँत देखायो र कालो वर्णको खप्परे अनुहारमा अचम्मको चमक भरियो ।
मैले साहुतिर नजर लगाएर भने – ‘मलाई खाली कोठाको चावी चाहियो !’
वेटरले फेरि नुनको सोझो गरेर भन्यो–
‘नयाँ माल हो ७ र ९ मध्ये एक कोठामा जानुस् सर ! फोटो देखाऊ ?’
फेरि उसले खप्परे अनुहार चम्कायो । थपथाप गरेर साहुपनि कर गरिरहेको थियो–
‘शिल पनि खुलेको छैन ।’
हामीले पनि राम्रो मान्छे पठाउन खोजेको सर !’
जुरुक्क उठेर मैले टेबलमा एक लात्ती दिएँ । ५ नं बाहेक म कहिल्यै कोठा चेन्ज गरेको तपाईलाई थाह छ ??
साहुले मेरो शरिरलाई अडेस दिएर कुममा धापमार्दै वेटरतिर ईसारा गरेर बोल्यो –
‘सरि सर,सरि !’
‘खाली कोठाको चाबी देऊ सरलाई !’
वेटरको पछिपछि कोठा नं ४ मा पुगे । मलाई उँभिन निकै गाह्रो भएको थियो । ढोकानिर राखिएको सोफामा आफ्नो ज्यान छोडें ।
ऊसले फेन खोल्यो ।
पर्दा लगायो ।
वाथरुममा पानी भर्यो ।
धुप सल्कायो ।
वेड तन्काएर धुलो टक्टकायो र, अनुहारमा पुनःचमक भरेर दाह्रा दाँत देखाउँदै भन्यो–
‘यो उमेरको हजुरझै एक्लै आजसम्म होटलमा
कोही बसेका छैनन् ।’
बोली मधुर गरेर म नजिकै आएर ऊसले फेरि भन्यो–
‘७ र ९ नं रुमका नयाँ नानीहरु हुन् ,हिजो मात्र गाउँबाट आएका,यहीँ बोलाइदिऊँ ?’
दाँत ङिच्च देखाउदै बोली झन मधुर पारेर बोल्यो–
‘सरलाई सुहाउने माल छ ।’
‘बोलाइदिऊँ सर ?’
सारा पीडा केन्द्रित गरेर म चिच्चाएँ –
‘चुप लाग पाजी !’
मेरो बोलिले तर्सियो र उस्ले हड्बडाउँदै भन्यो–
‘यहाँ फोन छ । केही अप्ठ्यारो पर्यो भने कल गर्नुहोला सर !’
टेवलमा राखिएको टेलिफोन देखाउदै कोठाबाट ऊ फटाफट गयो ।
सुनेको थिएँ ९५ प्रतिशत मान्छेहरु मर्ने चाहाना मै बाँचिरहेका हुन्छन् । दुइदिनदेखि मेरो मनमा पनि आत्महत्या गरुँ भन्ने भावना सल्बलाईरहेको थियो ।
बल्लतल्ल सोफाबाट उठें । बेडमा सजाइएको सिरानी एकातिर हुत्याएर म पलङ्गमा उत्तानो परि अबुझ बालकझैं हिक्का छोडेर निकैबेर रोइरहेको थिएँ । जतिपटक हिक्का छुटे,उति आमा संवोधन आइरह्यो । म तीनवर्षे बालकलाई साँझमा मावलीको पिंढीमा छोडेर आमा लापत्ता भएको कथा, म बुझ्ने भएपछि सुनिरहेको थिएँ । आमाको आकृतिनै थाह नभएको म, आमा सम्झेर निकै रोएँ ।
त्यसदिन उनले पनि हेरेकी हुँदिहुन् त्यो डायरी र, त वेडमुनी नभएर सिरान मुनि भेटियो । यतिका समय नदेखेको आज देख्न परेको मैले । मलाई ती फोटोले पोलिरह्यो । जुन दर्दबाट अब आफू पक्कै मर्छु जस्तो लाग्यो । मुटु पनि झन् झन् तिब्र गतिमा चल्न थाल्यो ।
भित्र कतै गहिराइमा केही सल्केको छ जसरी पीडाले पोल्यो । मलाई त्यतिबेला लागि रहेको थियो । आँखाबाट आसुको सट्टामा अब धुँवा निस्कनेछ !
म पीडाले बेसरी रन्थनिएर बन्द कोठामा यताउता दगुरीरहेको थिएँ । लामो समयदेखिको रुवाइ र पीडाले गर्दा रक्सीको नशाले पनि छोड्दै गएको थियो । जति म आफुलाई नशा कम भएको थाह हुँदै जान्छ उति छट्पटी बढिरहेको थियो ।
अनेक सोच्दासोच्दै म आफुले आफैलाई घृणा गर्न थालेको थिएँ । भित्री मनले भनिरहेको थियो–‘धिक्कार छ तेरो मानव चोला !’
मनसंगसंगै मेरो चेतना बोलिरहेको थियो ।
म पापी हुँ ।
म अपराधी हुँ ।
म कुपुत्र हुँ ।
धिक्कार छ मलाई ! धिक्कार हो, मेरो जन्म !
धरधरी रुदै आफ्नै दृष्टिबाट आफै गिरिरहेको बखत मनको एउटा कुनाबाट आवाज आयो –
‘ए मनुज !
तँ आफुलाई यति साह्रो घृणा नगर !’
‘यसरी पश्चातापमा पनि तँ सल्किनु बेकार छ ।’
‘तैले जे गरिस् तेरो आवश्यकताले गरिस् !’
‘तेरा सबै गल्ति अन्जानमा भएका हुन् ।’
‘भूलवस भएका ठूल्ठूला गल्तिपनि माफ हुन्छन् मनुज !’
म भित्रबाटै मलाई सान्त्वना दिँदा म जीवितै रहेछु कि, भन्ने लाग्यो । झ्यालबाट आँखामा अटाए जति सहर नियालें । सहर झलमल सुन्दर देखियो । मनपनि वर्षाद पछिको आकासझैं एकछिन छङ्ग भयो ।
मेरो मन फेरि आफै आफै बोल्न थाल्यो –
‘हो ! मबाट जे गल्ति भयो, भूलमा भएको त हो ! अन्जानमा भएको त हो !’
बालापन, किशोरापन हुँदै यूवा अवस्थाको प्यासले खरिएँछु र,अन्जानमा कसैको विवशता पिउन पुगेंछु । स्त्री जातीको उमेर चिन्न पनि कठिन हुँदो रहेछ । चिन्न सकिन । मेरो गल्ती भएको यत्ति थियो ।
म आफूलाई किन यति धेरै अपराधी ठानुँ ?
मनको एउटा कुनामा सान्त्वनाका धर्साहरु कोरिन थाले । आफैले आफैलाई घृणा गर्दा र कहिले आफैलाई आफ्नै मनले भूलाउँदै गर्दा, रात छर्लङ्ग बित्यो । अध्यारोभरि म छट्पटीदा छट्पटीदै उज्यालोले आफ्नो साम्राज्य फैलाई सक्यो । म ओच्छ्यानमै लम्पसार परेको थिएँ ।
ढोका कसैले नक गर्यो । बल्लतल्ल उठेर खोले ।
पानी र ब्ल्याक टि, बोकेको वेटर मुस्कुराएर बोल्यो –
‘गुड् मर्निङ सर !’
प्रति उत्तरमा मैले बल्लतल्ल मुन्टो हल्लाएँ । त्यतिबेला थाह भयो, हलचल गर्न नमिल्नेगरि मेरो टाउको दुखिरहेको थियो ।
पानी र चिया टेवलमा राखेर वेटरले भन्यो –
‘ब्रेकफास्टमा के ल्याऊँ सर !’
‘जे,छ त्यही’
म छोटकरीमा बोले ।
बल्लतल्ल सोफाबाट उठें । बेडमा सजाइएको सिरानी एकातिर हुत्याएर म पलङ्गमा उत्तानो परि अबुझ बालकझैं हिक्का छोडेर निकैबेर रोइरहेको थिएँ । जतिपटक हिक्का छुटे,उति आमा संवोधन आइरह्यो । म तीनवर्षे बालकलाई साँझमा मावलीको पिंढीमा छोडेर आमा लापत्ता भएको कथा, म बुझ्ने भएपछि सुनिरहेको थिएँ । आमाको आकृतिनै थाह नभएको म, आमा सम्झेर निकै रोएँ ।
होचो कद, कालो बर्णको खप्परे अनुहारधारी वेटरले आफ्नो मुन्टो मतिर फर्काएर कौतुहलपूर्ण नजरले हानेर गयो ।
ढोका धेरै अघिदेखि नक भइरहेको थियो । कता कता मलाई सपनाझैं लागेको थियो । म त्यतिखेर अर्ध निद्रामा रहेछुँ । चर्को स्वरले टेलिफोनको घण्टी बज्यो । म खुट्टा लर्खराउदै गएर फोन उठाएँ ।
सर, ढोका खोल्नु ब्रेकफास्ट आयो ।’
मैले ढोका खोले ।
टेवलमा हेरेर वेटरले चिम्सा आँखा तन्काएर बोल्यो –
‘लौ हेर !’
‘सरले चिया पानी केही लिनु भएको छैन ?’
हातमा किस्ती बोकेको वेटर आश्चर्यचकित भएर मलाई हेरिरहेको थियो ।
म टबेल काधमा हालेर वाथरुम पसें ।
म नुहाएर बाहिर आउदा ऊ सोफामा अडेसिएर बसेको थियो । हतपत उठेर सोध्यो–
‘सर ! तपाईलाई सन्चो भएन ?’
उसको बोलिमा शब्द थोरै, बिनम्रता धेरै थियो ।
उसको आत्मियता महसुस गरेर म आफुलाई ठिकठाक भएको आभाष गराएँ ।
‘पानी पिउनु पर्छ सर, पानी पिउनु भएनछ !’
अभिभावक बनेर सोधखोज गर्दै उस्ले फोनमा बोल्यो –
‘रुम नं ४ मा तातोपानी र ब्ल्याक टि तुरुन्तै ल्याऊ !’
मतिर नजर लगाएर उसले मुन्टो हल्लाउदै भन्यो–
‘यसपटक तातोपानी र चिया, याँ राख्नु ,याँ होइन !’
टेबल र आफ्नो सुकेनास लागेको भुँडी देखाउदै वेटरले चिया यहाँ राख्नु भनेर खित्खितायो ।
अलि ठूलो, ज्यानमा अलिअलि मासु लागेको वेटर, किस्ती बजाउदै ढोका भित्र पस्यो र भन्यो–
‘याँ बसेछ ठग !’
प्याट्ट टाउकोमा हानेर भन्यो–
‘जतागयो उतै भुल्छ ,छिटो हिड् ।’
खप्परेलाई लात्तीले पछाडि फिलामा एक पटक बजायो र भन्यो–
‘हिड् !’
‘सर ! खाना साढे एघार बजे आउँछ ।’
त्यो अलि ठूलो खाले वेटरले कौतुहल पुर्ण नजर फेरि मेरो अनुहारमा धसेर फटाफट गयो ।
दिनको बाह्र बज्न लागेको थियो । वेटर खाना सहित कोठामा प्रवेश गरिसकेको थियो । मभित्र अपराध बोध र पश्चातापले खैलाबैला मच्चाउन छोडेको थिएन ।
टेवलमा खाना मिलाउदै गरेको वेटरलाई मैले भनें–
‘दुइटा वियर र हार्ड ड्रिङ्क ल्याऊ !’
ऊसले लाडिदै बोल्यो –
‘पहिले यो खाना खानुस् ! अनि मात्र ल्याउँछु !’
मैले आधा खाना खाँदासम्म ऊ बसिरह्यो ।
सबै खाना खाने बाचा गरे पछि ,ऊ दाह्रा दाँत देखाउदै र किस्ती बजाउँदै गयो ।
आधा पिउदासम्म पनि मेरो छट्पटी मत्थर भइसकेको थिएन । जतिजति नशा पियो उति छिमेकी गणेश र डायरी भित्रका तस्बिर अनि त्यहाँ लेखिएका शब्दमात्र झल्झली आँखामा दोहोरीइ रहें ।
डायरीको पहिलो पानामा लेखिएको थियो –
‘हे ईश्वर तिमीले मलाई अझै देखेका छैनौ ?’
‘कोही त पठाऊ ! जसले मलाई यो नर्कबाट
निकालोस् !’
यी शब्दहरु आँखामा आउदा मलाई कलेजो टुक्रा टुक्रा परेझैं लागेको थियो ।
छिमेकी गणेश ।
तस्वीरका फोटा ।
डायरीका शब्द ।
यी दोहोरीएर मेरो दिमाग चक्कर लाग्लाझैं भएको थियो । टाउको फुट्ला जस्तो गरि दुखिरहेको थियो । म पीडाहरुले पोलिदै र रक्सीले सित्तलिदै थिएँ ।
एक खिल्ली चुरोट तानेर सकियो उनको तस्बिर आँखाबाट पटक्कै गएन । मनले सोधिरह्यो–
‘ऊनी होटलको कोठामा कसरी पुगिन् ?’
‘त्यो भन्दा अरु बाँच्ने विकल्प ऊनीसँग अरु थिएन ?’
‘त्यो सुन्दर, भद्र, सालिन ब्यक्तित्व जसले आफ्नै ईच्छाले अंगालेको होला कि, त्यो पेशा ?’
परिचितहरुले उनको प्रशंसा गरेको सुन्दा उनी आचरण बिग्रेको आईमाइ थिईनन् ।
‘फूपू काकीमा उनी सम्झेर रुनु भएको झल्झलि याद आयो !’
यो सबैको कारण गणेश नै थियो । डायरीमा राखिएको फोटोबाट पनि प्रष्ट हुन्छ कि, केही वर्ष त बिवाहको नाटक गरेर गणेश उनीसंग बसेको थियो ।
उनको स्वभावमा सरलता, हृदयको कोमलता, ब्यबहारमा समानता, बोलिमा माधुर्यता, तार्किक क्षमता देखेरै उनी वौद्दिक वर्गकी स्त्री हुन् भन्ने मलाई लागेको थियो ।
म उनको संगतमा भएकै तीनवर्ष बढि भइसक्यो । हप्ताको दुइपटक उनको कोठामा मेरो बास थियो । जतिबेलाबाट उनी होटलमा भेटिईन् अरु स्त्रीतिर मेरो नजर लाग्न छोडेको थियो । घरिघरि त उनैसंग बिहे गरुँ कि सोचेको थिएँ । पुरुष अहंकारले म त्यो निर्णय लिन सकेको थिईनं । उनैको कारण थियो मेरो बिवाहमा ढिलाई भएको पनि । उनी कुनै कोणबाट पनि गलत लाग्दैनथिन् ।
एक खिल्ली चुरोट तानेर सकियो उनको तस्बिर आँखाबाट पटक्कै गएन । मनले सोधिरह्यो–
‘ऊनी होटलको कोठामा कसरी पुगिन् ?’
‘त्यो भन्दा अरु बाँच्ने विकल्प ऊनीसँग अरु थिएन ?’
‘त्यो सुन्दर, भद्र, सालिन ब्यक्तित्व जसले आफ्नै ईच्छाले अंगालेको होला कि, त्यो पेशा ?’
परिचितहरुले उनको प्रशंसा गरेको सुन्दा उनी आचरण बिग्रेको आईमाइ थिईनन् ।
म उनलाई न्याए दिलाएरै छोड्ने छु ! मेरो भित्री मन बोलिरह्यो ।
एउटा पारिवारिक महिलालाई यो अवस्थामा पुर्याउने त्यो गणेश पापी हो ।
अपराधी हो ।
डाँका हो ।
त्यो फटाहालाई म ज्यान गएपनि छोड्दिनं ।
जतिजति रक्सीको नशा बढ्दै गयो, मेरो मनले पनि संकल्प गरिरहेको थियो ।
एउटा प्रोजेक्टको काम सकिन आटेको थियो । फाइनल निरीक्षण गर्नुपर्ने भएकोले एक डेढ महिना जति मलाई फुसर्द थिएन । हप्तादिन अगाडि नै काम सकेर म गाउँ गएँ । बा पनि बूढो भइसक्नु भएको थियो । मेरो आगमनले सानीआमा धेरै रुनुभयो । बैनीको बिहेमा पनि म आउन नपाएको, ऊ सुत्केरी बस्न आउदा भेट भयो । बैनीले हर्ष र आँसु बराबर बगाई । बा त्यति बोल्नु भएन, मैले बिबाह गर्न ढिला गरेकोमा उहाँको मन दुखेको थियो । बैनी र सानीआमा संग राति धेरै बेरसम्म आफ्नो ब्यस्त जीवनको सफाइ दिईरहें । भोलिपल्ट सबेरै उठेर म वडा अध्यक्षलाई भेट्न गएँ ।
मैले केही अपशोचका साथ त्यहाँ डायरीमा भेटिएको फोटो र डायरीमा लेखिएको दुईलाईन–देखाए । त्यहाँ उपस्थित सबैले आश्चर्य मानेर पालैपालो हेरेका थिए ।
वडा अध्यक्षसहित स्थानिय बुद्धिजीवी भद्रभलाद्मीहरुको निष्कर्षबाट गणेशले शान्तिलाई बेचेको अनुमान लगाएका थिए ।
आपको बुटाको छायामा उभिएर वडा अध्यक्षसंग मैले विशेष सल्लाह गरिरहेको थिएँ ।
ध्वनि प्रदुषण हुनेगरि तीनबटा बाइक घुँईकिदै हामी नजिकै आएर रोकिए ।
अल्लारे र ठट्यौलीको पारामा चर्कोगरि तीनजना मध्यबाट एउटा झपटे बोल्यो–
‘हेल्लो अध्यक्ष महोदय नमस्ते छ ! नमस्ते !’
एउटा बोल्दा त्यहाँ तीनजनाले हात उठाएका थिए ।
उनीहरुले आ–आफ्ना वाइक स्टार्ट गर्दै गर्दा वडाअध्यक्षले भने –
‘परिचय गरेर जाऊ गणेश बाबु !’
‘सत्य नारायण ढकालजीको जेठी पट्टीको छोरा उहाँ ईन्जिनियर !’
वडाअध्यक्षको बोलिले गणेश ओईलाएको कर्कलो जस्तै ललालुलुत्तै परेर प्यारालाईज भएझैं लुलो हात मेरो अघि बढायो ।
‘म ईन्जिनियर रतन ढकाल’
उसको लुलो हात गर्धनसम्म झड्का पुग्नेगरि हेण्डसेक गरेर मैले परिचयको एक झड्का दिएँ ।
अनुहार कालो निलोपारेर ऊ गयो ।
डायरी भित्रको फोटो र उसको अनुहार मैले मनमनै तुलना गरिरहेको थिएँ ।
त्यस राती पनि सानीमा र बैनीसंग निकैबेर गफ भयो । बा,ले अन्तिम ईच्छा प्रकट गरेर भन्नुभयो –‘अब म भन्दिनं ,मात्र एक पटक भनेको छु ,अब छिटो बिहे गर ।’
‘राति भयो सुत, भोलि बिहानै सहर जानेहोला !’
बा,ले गफको बिट मार्नु भयो । सहर पुगेर गर्नुपर्ने कामको कल्पनामा म पनि सुतें । भोलिपल्ट सबेरै घरबाट बिदा भएर म हिँडे ।
मुडवास हुनेगरी नपिएको डेढमहिना नाघिसकेको थियो । होलिको विदा छल्न म बिहानै लजमा गएँ ।
दुईवटा कुर्सी आमने सामने पारेर फेन मुन्तिर म आफुलाई लमतन्न छोडेको थिएँ ।
वेटर नजिकै आएर बोल्यो–
‘सर !’
कुर्सीमा लर्किएको अवस्थामै मैलें आँखा खोले– चिनेर ऊ खुसीले प्रफुल्ल भयो ।
होचो कद ,कालो वर्णको खप्परे अनुहारको वेटर सुस्त सुस्त सुसेल्दै ओठ नचाउदै भन्यो–
‘सलाम साब् !’
म यथा अवस्थामै आँखीभौं घुमाएर उस्को सलाम फर्काईदिएँ । टेबल पुछ्दै, ऊ खित्खिताइरह्यो ।
‘किन रिसाउनु भयो हामीसंग ? धेरै पछि आउनु भयो त ! सक्नु हुन्न साब्, ले चटक्क बिर्सन !’
परको कुर्सी नजिकै ल्याएर साउती गरेर भन्यो–‘के टक्राऊँ सर ?’
उसको कान बटारेर मैले भने –
‘खाली कोठाको चाबी ल्याऊ !’
त्यो खपटे चन्चलेले चिम्सा आँखा मेरो शिरदेखि पाउसम्म धसेर एकोहोरिएर हेरिरह्यो ।
उसको मौनता तोडेर मैले भने–
‘जाऊ मलाई थकाइ लाग्या छ ,कोठा तयार गर ।’
कोठामा केही बेर आराम गरेपछि, मैले शान्ति म्याडमलाई फोन गरें ।
दुई पटकको रिङ्गटोनमै उताबाट आवाज आयो–
‘ नमस्कार ! कता हो र !
बेपत्ता ?’
फोन पनि नउठाउने ? आज किन त फोन गर्नुभयो साहेव ?’
‘आराम त हुनुहुन्छ नि !’
‘हुन त, के अधिकारले सोधुँ म …
मैले उनको सबै कुरा चुपचाप सुनेपछि भने–
‘तपाईंको नागरिकता छ ?’
उताबाट मधुर बोली आयो–
‘किन सोध्नु भयो ?’
म फेरि बोले– ‘नानीहरुको पनि छैन होला !’
ठूलो स्वास तानेर उनी बोलिन् –
‘जीवनमा पहिलो चोटि कोही मेरो ब्यक्तिगत जीवन खोतल्दै छ, किन ?’
‘जुन कुरा मलाई अति खट्किरहेको थियो, त्यो कुरा तपाईं कसरी बुझ्नु भयो ?’
‘नागरिकता बनाउने मसंग प्रमाण नै छैन !’
उनी परिस्थितिको आक्रोश पोखेर भनिन्–
‘न मेरो कुनै परिचय छ ! न म कुनै नागरिक !’
‘तपाई रतन सर त हो,नि ?’
‘अनि मेरा नानीहरुको बारेमा तपाईं कसरी जान्नु भयो ?’
आश्चर्य र शंका मिश्रित स्वरमा उनी बोलिरहेकी थिईन् ।
यति भनेपछि शान्ति गाडिमा बसिन् । त्यसपछि मेरो मनमा बिस्तारै बिस्तारै पाप पलाउन थाल्यो । म अबिबाहित केटो उनको सुन्दरताले खिच्यो । कोकमा लागुऔषधी मिसाएर खुवाएँ । बच्चा माईतिघरको पिंढीमा लगेर सुताइदिएँ र,म शान्तिलाई लिएर भागें ।
उनलाई सहरमा कोठा लिएर राखेको थिएँ । उनले बारम्बार छोरा सम्झेर रुन्थिन् ।
सुन्नुस् त, आज फागु पुर्णेको बिदा, भोलि शनिबार, पर्सिलाई समय मिलाउनु, नानीहरू सहित दश बजे जिल्ला प्रशासन आउनू । नागरिकता बनाउन पर्छ । एक दुई दिनभित्र बाणिज्यमा खाता खोलेर खाता नं मलाई पठाईदिनू । बाँकी कुरा उतै गरौला । यति भनेर मैले फोन राखिदिएँ ।
प्रशासनको गेटदेखि बायाँपट्टी सानो पार्क थियो । म जाँदाजाँदै तीन आमाछोरी त्यही बसेको देखें । उनीहरुपनि मलाई देखेर आए । म अघि लागें र सरासर सिडियो कक्षमा पुगियो । विशेष कागजात र प्रमाण सहित वडा अध्यक्ष त्यहाँ उपस्थित थिए । काम बाहेक औपचारिकता बोलचाल कोहीसंग केही भएन । बसाइँ सराइको आधारमा आमाछोरीको नागरिकता बन्यो । उनीहरुको आखाँमा खुसी भन्दा कौतुहलता बढी देखिन्थ्यो । रहस्य गर्भमै बोकेर उनीहरु गए । वडाअध्यक्ष र म केही कानुनी परामर्श लिन गयौं ।
वडा अध्यक्षले गणेशलाई लिएर बिहानको दशै बजे आएका थिए । लजको काउन्टरमा गएर खाली कोठाको चाबी लिएँ । अध्यक्षज्यूले कुरा अगाडि बढाउनु भयो । गणेश सबै कुरा स्वीकार गरेर आफ्नो जायजेथाबाट आधा दिन मंजुर भयो । समाजको सामुन्ने गल्ती स्वीकार गरेर आधा जायजेथा तीन आमाछोरीलाई दिने र सत्य नारायण ढकालसंग माफिमाग्ने केही रकम पनि दिने सहमति भयो ।
गाउँका भद्र भलाद्मी, बुद्धिजीवी, समाजसेवी लगायतका मान्छेहरुको ठूलो उपस्थित थियो । गणेशकै मुखबाट घटनाको विस्तार सुनाउन मैले भने,
ऊ यसरी बोल्यो –
‘पहिले त म सबै सामु माफि चाहान्छु र म पापी पनि हुँ स्वीकार गर्छु !’
ऊसले हात जोडेर उँधो मुन्टो गरेर भनिरहेको थियो–
आजभन्दा तीस वर्ष पहिले म तिजमा आफ्नो बहिनी लिन जाने तयारीमा थिएँ । शान्ति पनि माइत जान घरबाट निस्केकी थिईन् । म उनलाई पच्छ्याउँदै गएँ । उनी बस कुरिरहेकी थिईन् ।
उनी नजिकै आफ्नो गाडि रोकेर मैले भनें–
‘भाउजू कता ?’
‘माइत जानलागेको भए बस्नुस्, म पनि उतै जाने हो लगिदिन्छु ।’
‘मपनि बहिनी संगितालाई लिन हिडेको !’
‘तपाईंको माइती नीर उसको घर हो, म उँही जाने !’
यति भनेपछि शान्ति गाडिमा बसिन् । त्यसपछि मेरो मनमा बिस्तारै बिस्तारै पाप पलाउन थाल्यो । म अबिबाहित केटो उनको सुन्दरताले खिच्यो । कोकमा लागुऔषधी मिसाएर खुवाएँ । बच्चा माईतिघरको पिंढीमा लगेर सुताइदिएँ र,म शान्तिलाई लिएर भागें ।
उनलाई सहरमा कोठा लिएर राखेको थिएँ । उनले बारम्बार छोरा सम्झेर रुन्थिन् ।
गणेशले हड्बडाउँदै र बेला बेलामा रोकिदै बोलिरहेको थियो । मान्छेहरुको खचाखच भिड सुनसान थियो । उसका कुरा सुन्दै गरेका कतिपय मान्छेहरुका आँखा रसाईरहेका थिए ।
यस्तो भन्दै उनी मसंग झुन्डिएर रोइरहिन्,मबाट उनलाई छुटाउनै सकिनं । म स्तब्ध भएँ । लाचार भएर उँभिईरहें ।
उनी निकैबेर रोएपछि मेरो छातिमा टाँसिएकी उनलाई पर फ्याकेर मपनि चिच्चाएँ–
‘मावलीको पिँढीमा मस्त निदाएर ब्युँझिएको म त्यहीँ बालक हुँ !
‘अब तिमी भन ! म को हुँ !
गणेश उँधो मुन्टो लगाएर रोकिदै रोकिदै बोल्यो –
मसंग बिबाह गरेपछि बच्चा ल्याइदिन्छु भनें । बल्लतल्ल एक हप्तामा उनी बिबाह गर्न मंञ्जुर भईन् । हामीले बिबाह गर्यौ ।
उनले छोरा मागिरहिन् । दुई वर्षपछि छोरा ल्याइदिन भनी म घर आएँ ।
धेरै पछि घरमा आएकोले महिनौ घरमा भुलें । बाआमाले मेरो बिबाहको कुरा चलाउनु भयो । केटी नहेरी म फुत्कन पाईनं । घरमा बा, आमाको चित्त बुझाएर हिड्न मलाई निकै दिनलाग्यो । म कोठामा पुग्दा उनले छोरी जन्माइसकेकी थिईन् । उनको छोरा छ महिना अगाडि बितिसकेको भनेर मैले उनलाई ढाँटे ।
यसो भनिरहँदा ऊ थरथर काँपेको थियो । उपस्थित भिडको पनि साँक्कसुक्क बढिरहेको थियो ।
ऊ निरन्तर भन्दै गयो–
एकादुई महिनापछि म घर आएँ । यसपटक टिकाटालो नगरि बाआमा मान्नु भएन । केटीले पढ्दै गरेकोले चार महिना पछि बिहे गर्ने भनेर म फर्किएँ । चार महिनामा म बिबाह गर्न घरमा गएँ । फर्किहाल्ने बाताबरण मिलेन घरमै तीन महिना जती बसे । यसैगरी आउने जाने क्रम चलेकै थियो । फेरि शान्तिले अर्को छोरी जन्माईन् ।
पछि फेरि ठेक्का पट्टाको कामले मेरो सहरतिरको बसाईँ धेरै गाउँको थोरै हुन थाल्यो । म कामले पनि सहरमा निकै ब्यस्त थिएँ । एकदिन मोबाइल बिर्सिएँछु । घरबाट फोन आएछ । –गणेश तेरो छोरा भयो । धन्न नातिको मुख देखाईस् !’ आमाले भन्नुभएछ ।
शान्तिले खबर थाहा पाएपछि हाम्रो सम्बन्ध राम्रो भएन । रातोदिन अशान्ति भइरह्यो ।
त्यसपछि म उनलाई भेटेको छैन, जुनबेला दुई छोरी चार र पाँच वर्षका थिए । मैले जे सजाए पनि भोग्न तयार छु । समाजले जे भन्छ म त्यहीँ गर्न तयार छु ।
यसरी आफ्नो कर्तुत आफैले ओकल्दै गर्दा गणेश असिन पसिन भएको थियो ।
समाजको निर्णय अनुसार गणेशको जायजेथा मध्येबाट आधा सम्पत्ति तीन आमाछोरीलाई दिने, गणेशको भागबाट पाँच लाख सत्य नारायण ढकाललाई दिएर गोडामा ढोगगरि माफीमाग्ने निर्णयमा गणेश राजी भयो ।
ऊ नामी गुन्डा थियो । उसको सम्पत्ति नै अथाह थियो । देखेको र जानेको मात्र सम्पत्ति मूल्यांकन गर्दापनि पाँच करोड आमाछोरीको भागमा पर्यो । वडाअध्यक्षको पहलमा दुई करोडको सुविधा सम्पन्न बङ्गला शान्ति देवीको नाममा पास भयो । पचास लाख खर्च गरेर घरभरि समान किनियो । दुई करोड पचासलाख शान्तिको नाममा राखिदिएर घरको चाबी,चेक र भौचर दिनको लागि मैले शान्ति म्याडमलाई फोन गरे –
उताबाट आवाज आयो –
‘के हो त्यस्तो जरुरी भेट्न पर्ने ,ठूलो नानीलाई सन्चो छैन, म आउँदिनं । आउनै परे एकदुई दिनपछि आउँला !’
मैले भने –
‘भोलि बिहान सातबजे तयार हुनु तीनैजना, आधा घण्टा मात्र समयदिनु ,म लिन आउँछु ।’
यति भनेर मैले फोन राखिदिएँ ।
उनीहरुको कोठा मलाई थाह थिएन । राम मन्दिर नजिकै आउनु, मैले फोनमा भनें ।
उनीहरु मन्दिर नजिकैको बाटोमा थिए ।
विना संवाद तीनैजना गाडिमा बसे ।
म यसरी चिच्चाएर बोल्दा उनी डरले थरथर काँपेकी थिईन् । म यतिखेर कोठा नं ५ मा बिताएको समयका पीडाले भकभक पाकेको थिएँ । उसको मन पनि कोठा नं ५ को स्मरणले कोपेको अनुहारबाट स्पष्ट देखिन्थ्यो ।
अठार बीस मिनेटमै नयाँ बङ्गलामा पुगियो । मैले गाडी रोकें । सबै गाडिबाट ओर्लियौ । ब्यागबाट निकालेर चेक भौचर र घरको चाबी उनलाई दिएर मैले भने–
यो घर तपाईँको हो । घरमा आवश्यक सबै समान छ । अब उता फर्केर नजानू । चाबी लौ नु !
म यति भनेर गाडि स्टार्ट गर्न थाले ।
मैले दिएको समान हातमा थामेर उनले भन्दै थिईन् –
‘मेरो थोरै कुरा त सुन्नुस् ! तपाई को हो ?’उनी हातको ईसाराले गाडि अगाडि पुगेर बोलिरहेकी थिईन् –
‘पख्नुस् ! एकैछिन पख्नुस ! तपाईं को हो ?’
गाडि मोडेर म घुईय्य अगाडि बढे । दिमागभरि उनीसंग कोठा नं ५ मा बिताएको समय फिल्मका सिनझैं दोहोरीएका थिए । एकतर्फ पश्चातापले पोलेको थियो भने अर्को तर्फ कर्तब्य बोधले छाति चौडा भएझैं भएको थियोे ।
गाडिमा गीत बजेको थियोे –
यस्तो पनि हुँदो रै,छ !
जीन्दगीमा कैले कैले !
कसैलाई माया गर्नु एउटा भूल गरें मैंले !
यस्तो पनि हुँदो रै,छ …!
गाडि आफ्नै रफ्तारमा अघि बढिरहेको थियो ।
पछाडिबाट हर्नदिँदै दुइटा बाइकले मलाई पछ्याउँदै थिए । राममन्दिर निरको घुम्तीमा अघि आएर मलाई छेके । म मन्दिर अगाडि गाडी रोकेर ओर्लिएँ । वाइकबाट शान्ति म्याडमका आमाछोरी ओर्लिएर म नजिकै आएपछि शान्ति म्याडमले भनिन् –
‘रतन सर ! कसैको दया र कृपाले मैलें सुखभोग्न चाहादिनं । यति विध्नं तपाईंको निघा मलाई स्वीकार छैन, साईनो विनाको, स्रोत नखुलेको सम्पत्ति मलाई चाहिदैनं !’
‘लौनुस् ! तपाईंको चाबी र कागजात !’
मेरो छातिमै लाग्ने गरि उनले फालिन् ।
त्यहा उनी भयावह अवस्थामा छट्पटीएर बर्बरी आँसु खसालेर चिच्चाईन्–
‘मसंग टाढिएर मेरालागि यति धेरै सोच्ने तपाईं को हो ?’
मेरो छातिको रौं तन्किनेगरि टिसर्ट समातेर चिच्चाइन् र भनिन्–
‘भन्नुस् तपाईं को हो ?’
यस्तो भन्दै उनी मसंग झुन्डिएर रोइरहिन्,मबाट उनलाई छुटाउनै सकिनं । म स्तब्ध भएँ । लाचार भएर उँभिईरहें ।
उनी निकैबेर रोएपछि मेरो छातिमा टाँसिएकी उनलाई पर फ्याकेर मपनि चिच्चाएँ–
‘मावलीको पिँढीमा मस्त निदाएर ब्युँझिएको म त्यहीँ बालक हुँ !
‘अब तिमी भन ! म को हुँ !
म चिच्याइरहँदा एक झोक्का हावा भूमरी खेलेर आयो । मन्दिरमा झुन्डिएका घण्टी आपसमा ठोकिएर बजीरहे । उनले आँखा चिम्लेर नजिकैको रुखमा अडेँसिईन् ।
म फेरि चिच्चाएँ –
‘मर्यो भन्ने खबरले तिमीले बिर्सिसकेको छोरा हुँ म !’
‘हो ! म तिम्रो त्यही छोरा हुँ !’
‘जसलाई नामले पनि चिनिनौ आमा !’
‘म रतन ढकाल हुँ !’
‘गणेशसंगबाट लिएको यो सम्पत्ति तीन आमाछोरीको भागमा परेको अंश हो ।’
‘कसैले दया कृपाले दिएको होइन ! यो सम्पत्ति तिम्रो अधिकारले पाएको हो आमा !’
‘त्यो घर तिम्रो हो !’
म दाह्रा किटेर बेस्सरी चिच्याएँ–
‘सम्पत्तिको स्रोत थाह भयो ?’
‘कि म फेरि भनुँ ?’
म यसरी चिच्चाएर बोल्दा उनी डरले थरथर काँपेकी थिईन् । म यतिखेर कोठा नं ५ मा बिताएको समयका पीडाले भकभक पाकेको थिएँ । उसको मन पनि कोठा नं ५ को स्मरणले कोपेको अनुहारबाट स्पष्ट देखिन्थ्यो ।
शान्तिलाई थामिनसक्नु भएर आफ्नो छातिमा मुड्की बजार्दै आकाशतिर फर्केर चित्कारसहित भनिन्–
‘हे भगवान !’
उनी यसरी चिच्याईन् कि !
आकाशले प्रतिध्वनि फाल्यो ।
एक हुल परेवा भुर्रर उडे ।
‘हे भगवान !’ फेरि आवाज दोहोर्याउदै गर्दा उनी थचक्क भूइँमा बसिन् ।
लाग्थ्यो, पृथ्वीले पनि एकैछिन आफ्नो गति रोकेर स्तब्ध भएको छ ।
वि.सं.२०७८ असार १९ शनिवार ०६:५३ मा प्रकाशित