Sansar News- Nepal's Fast Khabar Online news portal

तरकारी र फलफूलबाट १५ लाख बढी राजस्व सङ्कलन

संसार न्यूज़
३ वर्ष पहिले

१५ साउन, रामपुर,पाल्पा साउन । सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाले आर्थिक वर्ष २०७२÷०७३ मा विभिन्न बिरुवा तथा ताजा फलफूल र तरकारीका बेर्ना तरकारीको बीउ बिक्रीबाट जम्मा १५ लाख ७१ हजार ३४३ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

आम्दानी अन्तर्गत फलफूलका बिरुवा बिक्रीबाट ६ लाख ४९ हजार ९२० रुपैयाँ ताजा फलफूल बिक्रीबाट दुई लाख ९ हजार ९५२ रुपैयाँ, तरकारीको बीउ बिक्रीबाट दुई लाख ९७ हजार ७१४ र तरकारीका बेर्ना बिक्रीबाट एक लाख ९८ हजार ५२९ रुपैयाँ सङ्कलन गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७१÷०७२ मा १८ लाख ७२ हजार ५२ रुपैयाँ आम्दानी सङ्कलन गरेकोमा यसवर्ष लामो खडेरी परेका कारण फलफूल तरकारीका बीउ र ताजा तरकारीको उत्पादन घट्न गएकाले गतवर्ष भन्दा यो वर्षमा तीन लाख ७ ९० रुपैयाँले आम्दानीमा कमी आएको सुन्तला जात फलफूल विकास केन्द्रका सूचना अधिकारी रावेन्द्रप्रताप यादवले जानकारी दिनुभयो ।

त्यसैगरी सिमी, मुला, काउली, प्याज, रायो सागलगायतका ६९४ किलो तरकारीका बीउ, विभिन्न जातका गरी २२ हजार ७० वटा फलफूलका बिरुवा र तीन लाख ३६ हजारवटा विभिन्न जातका तरकारीका बेर्ना बिक्री गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा पाल्पा, स्याङजा, गुल्मी र अर्घाखाँचीमा गरी चारपटक सञ्चालन गरेको किसान तालिमबाट १३६ जना किसान लाभान्वित भएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…