Sansar News- Online for Global Nepali

लन्च भएको केही हप्तामै होण्डा सिबि ३५० डिएलएक्सको स्टक सकियो

संसार न्यूज़
४ हप्ता पहिले
लन्च भएको केही हप्तामै होण्डा सिबि ३५० डिएलएक्सको स्टक सकियो

२१ असार, काठमाडौँ । होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्राएको सिबि ३५० डिएलएक्सको स्टक सकिएको छ ।

यो बाइक नेपाल भित्रिएको छोटो समयमा नै धेरैको ध्यानाकर्षण गराउन सफल भएको कम्पनीले जनाएको छ । होण्डाद्वारा निर्धारित यो बाइकको मूल्य केहि महंगो भए पनि फिचर्सले बाइक पारखिहरुको मन लोभ्याएको कम्पनीले दावि गरेको छ ।

आइतबार स्टक आउट भएसंगै अब याे बाइकका पारखिहरुले आगामी (अगष्ट) महिनासम्मका लागि कुर्नुपर्ने भएकाे छ ।

आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्स्ले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको छ । ३००० आर पि एम मा ३० एन एम टर्क र ५५०० आर पि एम मा २१.०७ पि एस को अधिकतम पावर उत्पादन गर्न सक्ने यो मोटरसाइकलमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु रहेको कम्पनीले जनाएको छ । यो बाइकमा भएका फिचरहरुमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहितको लिड हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् , डिजिटल मिटरहरु उपलब्ध रहेका छन् ।

 

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…