Sansar News- Online for Global Nepali

पर्यटन मन्त्रालय भन्छ– निगमलाई निजीकरण गर्न खोजेका छैनौं

संसार न्यूज़
३ हप्ता पहिले
पर्यटन मन्त्रालय भन्छ– निगमलाई निजीकरण गर्न खोजेका छैनौं

२७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निगमका बारेमा अनावश्यक र भ्रमपूर्ण हल्ला फैलाउने काम भएको भन्दै स्पष्ट पारेको हो ।

‘नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरूबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

No description available.

निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न व्यक्तिबाट भइरहेको गलत सूचनाप्रति पनि मन्त्रालयले चासो जनाउँदै सत्यतथ्यको पक्षमा उभिन अपिल गरेको छ ।

गत असार १० गते नेपाल वायुसेवा निगम सञ्चालक समितिको बोर्डले निगममा रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा बोर्डबाट निर्णय गरेर मन्त्रालयमा प्रस्ताव पठाएसँगै सो विषयले निकै चर्चा पाएको छ । यस विषयप्रति निगमका कर्मचारी आन्दोलित छन् भने सर्वसाधारण तथा नागरिक समाजले विरोध जनाईरहेका छन् ।

निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगमभित्रका केही कर्मचारी सङ्गठनले निगमका उच्च पदाधिकारीको कार्यकक्षमा पाँच दिनसम्म तालाबन्दी गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा तालाबन्दी खुलाइएको छ । कर्मचारीको विरोध भने अझै साम्य भएको छैन । उनीहरुले महाप्रबन्धक पौडेललाई काममा अवरोध गर्दै आएका छन् ।

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…