४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा जाने नेपालीका लागि जोनसन एण्ड जोनसन खोप लगाइने बताएको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै जोनसन एण्ड जोनसन खोप अनिवार्य रहेका देशमा जाने नेपालीलाई सोहि खोप लगाइने भन्दै खोप लगाउन खोपकेन्द्रमा जाँदा आवस्यक कागजात (पासर्पोट र भिसा) पनि सँगै लिएर जान अनुरोध गरेको छ ।
यसअघि विदेश जाने नेपाली कामदारका लागि भेरोसेल खोप लगाइने निर्णय गरिएको भएपनि खाडीमुलुक लगायतका विभिन्न देशमा रोजगारीमा जाने नेपालीका लागि जोनसन एण्ड जोनसन खोप नै लगाउन माग गरिएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत विहीवार कोभिड -१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै साउदी अरब लगायतका खाडी र अन्य श्रम गन्तव्य मुलुकमा जाने कामदारका लागि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न माग गरेको थियो ।
यो पनि…..
आजदेखि कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने, यी हुन् खोप केन्द्रहरु
श्रम मन्त्रालयद्धारा विदेश जाने श्रमिकका लागि जोन्सन एण्ड जोन्सन खोप लगाउन माग
‘खाडीका देशमा जाने नेपाली कामदारलाई जोनसन एण्ड जोनसन खोप नै लगाइयोस्’
वि.सं.२०७८ साउन ४ सोमवार १६:०२ मा प्रकाशित