Sansar News- Online for Global Nepali

तेह्रथुम पावरको आईपीओ बिक्री खुला, स्थानीयबासीले मात्र भर्न पाउने

संसार न्यूज़
२ हप्ता पहिले

५ साउन, काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आज (साउन ५ गते) देखि प्रतिकित्ता १०० अंकित मूल्यको ४ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले निष्काशन गरेको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर मध्ये ४ लाख कित्ता शेयर पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि वितरण गरिएको हो । कम्पनीले बाँकी रहेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि वितरण गर्ने छ ।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आईपिओमा लगानीकर्ताले छिटोम साउन १९ गते सम्म आवेदन दिन सक्नेछन भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन ।

कम्पनीले निष्काशन गरेको शेयर खरिदका लागि लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ ।

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…