Sansar News- Online for Global Nepali

दोस्रो एकदिवसीयमा भारतको शानदार जित, दिपक चाहरको उत्कृष्ट ब्याटिङ्ग

संसार न्यूज़
२ हप्ता पहिले
दोस्रो एकदिवसीयमा भारतको शानदार जित, दिपक चाहरको उत्कृष्ट ब्याटिङ्ग

६ साउन, काठमाडौँ । भारत र श्रीलंका बिचको दोस्रो एकदिवसीयमा भारतले ३ विकेटले शानदार जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा चरिथ असलान्काले सर्वाधिक ६५ रनको पारी खेलेका थिए भने अविष्का फर्नान्डो ५० र चमिका करुणारत्ने ४४ रन बनाएर आउट भएका थिए । भारतका लागि बलिङ्गमा भुवनेश्वर कुमार र युजवेन्द्र चाहलले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ४९.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि ब्याटिङ्गमा दिपक चाहरले ८२ बलमा ६९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनको यो एकदिवसीय करियरको पहिलो अर्धसतक थियो । त्यसैगरी सूर्याकुमार यादवले पनि ४४ बलमा ५३ रनको महत्त्वपूर्ण पारी खेलेका थिए । श्रीलंका लागि बलिङ्गमा वानिन्दु हसरंगाले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै भारतले ३ खेलको एकदिवसीय श्रृखला १ खेल बाँकी रहदैँ आफ्नो नाममा गरेको छ ।

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…