Sansar News- Online for Global Nepali

नेपालटारस्थित एक घरमा आगलागी हुँदा ४४ लाख बढीको क्षति

रासस
२ हप्ता पहिले
नेपालटारस्थित एक घरमा आगलागी हुँदा ४४ लाख बढीको क्षति

६ साउन, मङ्गलबारे । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ ।

नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो  । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा रु ४४ लाख ७४ हजार ४०० बराबरको क्षति भएको हो ।

आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि नसकिएपछि घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयवासीको भनाइ छ । देउमाई र इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी आगो निभाउन खटेको जनाइएको छ ।

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…