Sansar News- Online for Global Nepali

सिल्पाका पतिका बारे नयाँ खुलासा, यसरी गरिन्थ्यो अश्लिल फिल्मको सुटिङ

संसार न्यूज़
२ हप्ता पहिले
सिल्पाका पतिका बारे नयाँ खुलासा, यसरी गरिन्थ्यो अश्लिल फिल्मको सुटिङ

६ साउन, दिल्ली । अश्लिल फिल्म बनाएको अभियोगमा सोमबार राति मुम्बई प्रहरीद्धारा पक्राउ परेका वलिवुड अभिनेत्री शिल्पा सेट्टीका पतिका एकपछि अर्को नयाँ खुलासा भइरहेको छ ।

प्रहरीका अनुसार कुन्द्राले दैनिक २० हजार तिरेर घर भाडामा लिएर अश्लिल फिल्मको सुटिङ गर्ने गरेको र त्यसका लागि गाउँदेखि मुम्वईमा आएर संघर्ष गरिरहेका २० देखि २५ वर्षका युवतीहरुलाई प्रयोग गर्ने गरेको खुलेको छ ।

दिनको २० हजार भाडा
प्रहरीले अनुसन्धानका क्रममा कुन्द्राले दैनिक २० हजार तिरेर भाडामा लिएको घरमा अश्लिल फिल्म सुटिङ गर्ने गरेको पत्ता लागको छ । उक्त घरमा छापा मार्ने क्रममा कुन्द्राद्धारा भोजपुरी, मराठीलगायतका फिल्मको सुटिङ गर्ने भनेर भाडामा लिइएको उक्त घरमा सुटिङका क्रममा मालिक र कर्मचारीलाई त्यहाँ बस्न नदिने गरेको र सुटिङका बेलामा घरको चारैतिर निलो रंगको पर्दा लगाउने गरेको बताइएको छ ।

युवतीहरुमाथि ब्लाकमेल
सुटिङका क्रममा कुन्द्राको टिमको नियम नमान्ने युवतीहरुलाई डराउने, धम्काउने र जेल पठाउने समेतका धम्कीहरु दिइएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । समाचार ऐजेन्सीका अुनसार सुटिङ बिचमै छोड्नेहरुलाई सुटिङका क्रममा भएको सबै नोक्सानीहरु भनुपर्ने र सुटिङ छोड्दा १० लाख तिनुपर्ने प्रावधान राखिएको प्रहरीको अनुसन्धानका क्रममा कुन्द्रासँगै काम गरेकी एक मोडलले बयान दिएकी छन् । उनले कुन्द्राको टिमले डराउने, धम्काउने र नशीलो पेय पदार्थ खुवाएर फिल्म सुटिङ गराउने गरेको बताउँदै आफु्माथि पनि त्यस्तो फिल्म बनाइएको १ महिनापछि थाहा पाएको बयान दिएकी छन् ।

युवतीहरुलाई लुगा फुकाल्न लगाइन्थ्यो
गाउँबाट मुम्बई आएर संघर्ष गरिरहेका युवतीहरुलाई ३० देखि ५० हजार पारिश्रमिक दिएर बनाउने गरिएको उक्त फिल्मको सुटिङका क्रममा युवतीहरुलाई छनौट गर्नुपूर्व उनीहरुको प्रोफाइल शुट गरिन्थ्यो । उक्त प्रोफाइलका लागि उनीहरुलाई क्यामेराको अगाडि सबै कपडा फुकाल्न लगाइन्थ्यो । तर उक्त समय क्यामरा चलाउने र कार्यक्रम बनाउने प्रोड्युसर महिला नै हुने गरेको बताइएको छ । शुरुका दिनमा सामान्य सुटिङ गर्ने गरिएको र केही समयपछि उनीहरुलाई बोल्ड सीन दिन बाध्य बनाउने गरिएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

यसमा शिल्पाको भूमिका के छ भन्ने अनुसन्धान
श्रीमानको हरेक व्यवसायमा पार्टनर बनेको बताइएकी अभिनेत्री शिल्पाको यसमा भूमिका के छ त भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्मको अनुसन्धानमा शिल्पाको यस काममा कुनैपनि सक्रिय भूमिका नपाइएको प्रहरीले जनाएको छ । प्रहरीले कुन्द्राको अफिसबाट एकाउन्ट शीट, ह्वाट्सएप च्याट र पोर्नोग्राफि क्लिप समेत भेटाएको छ ।

अश्लिल फिल्म कम्पनीका लागि १० करोड लगानी
कुन्द्राले उक्त कम्पनीमा १० करोड लगानी गरेको प्रहरीले पत्ता लगाएको छ । कुन्द्रा र उनका बेलायतमा रहेका भाइ मिलेर बेलायतमै केनरिन नामक कम्पनी दर्ता गरेको खुलेको छ । समाचारमा जनाइए अनुसार उनले भारतको साइवर कानुनबाट बच्नका लागि बेलायतमै कम्पनी दर्ता गरेका हुन् । उनले भारतमा यस्तो फिल्मको सुटिङ गर्ने र वी ट्रान्सफर नामक एपमार्फत् त्यसको भिडियो बेलायत पठाएपछि त्यहाँबाट यस्ता भिडियो साइटमा अपलोड गरिएको बताइएको छ । उनले यस्तो कामबाट मनग्य कमाएको, मोडलहरुलाई तलब दिएको नदिएको लगायतका कुराहरु ग्रुप च्याटमा कम्पनीका मानिसहरुसँग गर्ने गरेको पनि प्रहरीले फेला पारेको छ ।

यसरी भएको थियो खुलासा
मुम्बई प्रहरीले गत फेब्रअरीमा अश्लिल फिल्मका लागि न्यूड सीन शुट गराउन बाध्य पारेको अभियोगमा कलाकार गहना वशिष्ठ सहित ६ जनालाई पक्राउ गरेपछि कुन्द्राको हर्कतबारे खुलासा भएको बताइएको छ । त्यतिबेला नै यसरी शुट गरिएका फिल्महरुलाई पेड एप एप्लिकेशनमा हालेर रिलिज गरिएको थियो । सोहि केशमा प्रहरीले हालै उमेश कामत नामका व्यक्तिलाई गिरफ्तार गरेपछि राज कुन्द्राले यस्तो कामको मुख्य नेतृत्व गरेको खुलेको हो ।

अश्लिल फिल्म बनाएको अभियोगमा वलिवुड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान पक्राउ

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…