Sansar News- Online for Global Nepali

हार्दिक श्रद्धाञ्जली एक सच्चा नेतालाई

नारायण शर्मा
२ हप्ता पहिले
हार्दिक श्रद्धाञ्जली एक सच्चा नेतालाई

आज जुलाई २१ अर्थात् साउन ६ गते एक महान् नेपाली नेता वीपी कोइरालाको स्मृती दिवस । हार्दिक सम्झना, श्रद्धा र सलाम छ यहाँलाई ।
कोइराला नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा नेपालमा प्रजातान्त्रिक आन्दोलनका प्रवर्तक एवं जननिर्वाचित प्रथम र नयाँ नेपालका २२ औं प्रधानमन्त्री हुनुहुन्छ । उहाँ एक मूर्धन्य साहित्यकार तथा आदरणीय राजनीतीज्ञ पनि हो । त्यसैले वीपी कोइरालालाई यहाँको ३९ औं स्मृति दिवसका सन्दर्भमा नेपाली साहित्य र राजनीतिका विद्यार्थीहरुले सम्मान गर्नैपर्छ ।

अहिलेलाई यो एउटा सत्य नै हो कि वीपी महान् छन् । किनकी यिनको प्रतिक्रान्तिकारी र आत्मसमर्पण वादी भनिएको उनको अन्तिमतिरको एउटा मुख्य नीति र कार्य राष्ट्रिय मेलमिलापबाट उनी सच्चा नेपाली देसभक्त नेता भएको पुष्टि भयो । त्यसैले यिन्लाई दिलैदेखी सम्मान र सलाम छ ।

आफू कम्युनिस्ट हुनुका नाताले पहिले/पहिले वीपीलाई दलाल तथा नोकरशाही पुँजीवादी पार्टी नेपाली काङ्ग्रेसजस्तो दलाल तथा नोकरशाही पार्टीका संस्थापक एक चरम दलाल नेता भनेर खुबै गाली गरियो । चिनियाँमान काजीका हत्यारा भनेर अनि ‘नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्नु जरुरी छैन, भारत भए पुग्छ’ आदि भन्ने भारतीय दलाल नेता भनेरस आफ्ना दाजु मातृका प्रसाद कोइराला र यी दुवै प्रधानमन्त्री भएको बेलामा भारतीय दलाली स्वरुप नै गण्डकी र कोशी सम्झौताजस्ता राष्ट्रहित विपरीतका सन्धी/सम्झौता गरेर राष्ट्रिय गद्दारी गरेको भनेर। राष्ट्रिय मेलमिलापको नाममा राजासङ्ग घाँटी जोड्ने गरेका प्रतिक्रान्तिकारी गद्दार नेता भनेर तथा फ्रायडवादी योनवादी साहित्यकार आदि/इत्यादि भनेर अन्धाधुन्ध विरोध गरियो र कम्युनिस्टका कैयौं नेताहरुलाई महान् राष्ट्रवादी, जुझारु क्रान्तिकारी, स्वच्छ/सदाचारी, ठुला त्यागी/तपस्वी र महा आदर्श नेता मानेर धुमधामसङ्ग एकोहोरो महिमा मण्डित गरियो ।

त्यति बेला वीपीलाई कसैले एसियाका महान नेता भन्दैगर्दा सके मुखले नसके मनले भएपनि ‘इस्स’ भनियो । तर अहिले आएर बिनापूर्वाग्रह यहाँको योगदानको समग्र मूल्यांकन गर्दा वीपी त नेपालका साँच्चिकै एक जेनुइन नेता भएको निष्कर्षमा पुगेपछी यहाँप्रतिको श्रद्धा चुलिएको छ  भने कतिपय हाम्रा महान् भनिएका कम्युनिस्ट नेताहरुका पछिल्ला भ्रष्ट, धोकेवाज, व्यक्तिवादी, परिवारवादी, गद्दारीपूर्ण, कायर, अहङ्कारी, आत्मसमर्पणवादी र भोगविलासवादी देखेपछि खिस्स परेर उनीहरुलाई घृणा गर्नतिर मन गएको छ । यो कुरा बेग्लै हो कि अन्तर्राष्ट्रिय नेताहरुमा सिद्धान्तमा मार्क्स, एङ्गेल्स, लेनिन र माओ तथा व्यवहारमा होचिमिन्ह र चे गुएभाराजस्ता अनि राष्ट्रिय रुपमा सिद्धान्त र व्यवहार दुवैमा पुस्पलालजस्ता नेताहरुप्रती भएको असीम श्रद्धामा कुनै कमी आएको छैन र आउने छैन पनि । तथापी समग्रमा वीपीलाई दलाल र गद्दार नेता भन्नुमा र विगतका रायमाझी र वर्तमानका कतिपय मै हुँ भन्ने ठुला दलका ठुला भनिएका नेतालाई महान नेता भन्नू र मान्नुजस्ता यी दुवै कुरामा पश्चात्ताप र पीडाबोध भएको छ । जेहोस्, मान्छेको मृत्युपछि र आफ्नो बूढेसकालमा मात्र अन्तत: कसैको सही मूल्यांकन गर्न सकिन्छ र हुन सक्छ भन्ने कुरा सत्य रहेछ ।

अहिलेलाई यो एउटा सत्य नै हो कि वीपी महान् छन् । किनकी यिनको प्रतिक्रान्तिकारी र आत्मसमर्पण वादी भनिएको उनको अन्तिमतिरको एउटा मुख्य नीति र कार्य राष्ट्रिय मेलमिलापबाट उनी सच्चा नेपाली देसभक्त नेता भएको पुष्टि भयो । त्यसैले यिन्लाई दिलैदेखी सम्मान र सलाम छ ।

पुन :हार्दिक श्रद्धाञ्जली एक सच्चा नेतालाई !

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…