back

महालक्ष्मी विकास बैंकको खुद नाफामा ७१ प्रतिशतले बृद्धि

वि.सं.२०७८ साउन ७ बिहीवार

264 

shares
NTC AD
Global IME AD

७ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकले खुद नाफा ७१.०२ प्रतिशतले बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ बढीले थप गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ रहेको उल्लेख छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले १६.९६ प्रतिशत लाभांश वितरण क्षमता राख्छ । यसैगरी, बैंकले गत आवको असार मसान्तसम्म ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.५० प्रतिशत बढी हो ।

अघिल्लो आवमा बैंकले १ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंक ६७.७९ प्रतिशतले सञ्चालन नाफामा वृद्धि गरी १ अर्ब २ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५२ प्रतिशतले बढेर ३.३२ प्रतिशत पुगेको छ । गत आवको असार मसान्तसम्म बैंकको आधारदर ७.२८ प्रतिशत र स्प्रेड दर ४.५३ प्रतिशत कायम छ । गत आवको असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा, मूल्य आम्दानी रेसीयो २०.२९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ७५ पैसा रहेको छ ।

 

वि.सं.२०७८ साउन ७ बिहीवार ०७:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

  काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप-महानगरपालिका वडा...

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको मुनाफा बढेको छ । बैंकले...

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

काठमाडौँ । तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजानिक गरे अनुसार कुषि...

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

काठमाडौं । नेपालमा संचालित २० वाणिज्य बैंक मध्ये सबै भन्दा...