Sansar News- Online for Global Nepali

को हुन् पुष्पलाल, कसरी बुझने उनलाई ?

लोककृष्ण भटराई
२ हप्ता पहिले
को हुन् पुष्पलाल, कसरी बुझने उनलाई ?

नेपाली जनताका महान नेता चर्चित लोकतान्त्रिक विचारक, प्रगतिशीलता र कम्युनिष्ट आन्दोलन र विचारका संस्थापक नेता पुष्पलालको जन्म रामेछाप जिल्लाको भँगेरी गाउँमा वि.संं.१९८१ आषाढ १५ गते भएको थियो । यिनी त्यसबेलाका राणाशासन गौँडा हाकिम भक्तलाल श्रेष्ठका छोरा थिए । यिनको बाल्यकाल रामेछाप, ओखलढुङ्गा र सिन्धुपलाञ्चोकमा यिनका बुवाको जागिरको सिलसिलामा सरूवा हुँदा बितेको थियो । दोस्रो विश्वयुद्धको दौरानमा संसारमा देशीय निरङ्कुशता र विदेशी साम्राज्यवाद विरूद्ध एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका जताततै आन्दोलनको ज्वारभाटा उठ्दै थियो । यस्तो सामन्तवाद, साम्राज्यवाद, विरोधी आन्दोलनको प्रेरणा लेनिनले नेतृत्व गरेको इ.सं. १९१४–१७ को रूसको भीषण अक्टुवर क्रान्ति थियो । सन् १९१७ मा रूसमा अक्टुवर क्रान्तिको सफलता पछि एसियाका विशालतम देश भारत र चीनमा पनि स्वाधिनताको आन्दोलन उठिरहको थियो । चीनमा यस अघिनै त्यहाँका विख्यात लोकतन्त्रवादी नेता सनयातसेनको नेतृत्वमा कोमिन्ताङ पार्टीले त्यहाँको राजतन्त्रलाई ढालेर चीन लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको थियो । त्यसबेला सनयातसेनले नाङकिङबाट चीन गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको घोषणा गरेका थिए । त्यसबेला चिङ वंशका अन्तिम सम्राट पु–यी– बेजिङ–नाङकीङबाट भागेर मञ्चुरियामा गएर बसे । यो प्रथम विश्वयुद्ध ताकाको घटना थियो ।

प्रथम विश्वयुद्धकै बेलामा पुँजीवादी देशहरूको एक अर्काको अन्तरविरोधलाई खेलाएर रूसमा लेनिनले अक्टुवर क्रान्ति सफल गर्न सकेका थिए । यसको जबरजस्त प्रभाव चिन लगायत भारत र विश्वका अन्य देशमा पनि प¥यो । जर्मनमा हिटलरको उदय भएपछि उसले विश्वसम्राट हुने सपना देख्न थाल्यो र युरोपका अन्य देश फ्रान्स, बेलायत आदिमा आक्रमण गर्न थाल्यो । उसले इटलीका तानाशाह मुसोलिनी र जापानका तानाशाह त्वजोसँग अनाक्रमण र सहयोगी सन्धि गरेर दह्रो एकता निर्माण ग¥यो र फ्रान्स र रूस लगायत देशमा आक्रमण गर्न शुरू ग¥यो । यस अघिनै रूसका क्रान्ति नायक भि.आइ.लेनिनको १९२४ मै गोली लागेर थलिई मृत्यु भई सकेको थियो । रूसमा लेनिनका ठाउँमा जे.भि. स्टालीन नेतृत्वमा आए । युरोपमा हिटलर र मुसोलिनीको आक्रमण र एसिया हिन्द चिन र चिनमा जापानको आक्रमणबाट चिनका धेरैजसो भूभाग जापानी कब्जामा थिए । लेनिनको प्रभावबाटै सन् १९२१ मा माओत्सेतुङ, चाउएनलाई, चुतेह, छन–तु–स्यू लगायतको नेतृत्वमा चिनको औद्योगिक शहर सङ्घाईमा चीनिया कम्युनिष्ट पार्टी स्थापना भएर देशव्यापी सङ्गठन विस्तार भईसकेको थियो । त्यसबेला माओले जापानिज साम्राज्यवाद विरूद्ध कोमिन्ताङ पार्टीसँग संयुक्त मोर्चा बनाएर जापानी साम्राज्यवाद विरूद्ध प्रतिरोध सङ्घर्ष गरेका थिए । तर सनयातसेनको मृत्युपछि चिनको कोमिन्ताङ पार्टीको नेतृत्वमा जनरल च्याङकाइसेक आए । यिनी घोर कम्युनिष्ट विरोधी थिए । तर पनि माओले सन १९३४मा चिनिया कम्युनिष्ट पार्टीमा उनको नेतृत्व स्थापित भएपछि बडो चलाखी र कुटनैतिक सुझबुझले कोमिन्ताङलाई पनि साथै लिएर आन्दोलन सञ्चालन गरेका थिए ।

यता भारतमा अङ्ग्रेज साम्राज्यवाद विरूद्ध आचार्य तीलक र मोहनदास कर्मचन्द गान्धी लगायतले भारतीय राष्ट्रिय काँग्रेस नामक पार्टी खोलेर भारत छोडो आन्दोलन चलाएका थिए । यो आन्दोलनमा भगतसिंहलाई अङ्ग्रेजले मारेपछि र जलालावादमा उठेको आन्दोलनमा ब्रिटिस सरकारले नृशंस तबरले मानवहत्या गरेपछि भारतभर यो आन्दोलनको प्रभाव जबरजस्त रूपमा प¥यो । झन उत्तरपूर्वी भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहिया, जवाहरलाल नेहरू, लालबहादुर शास्त्री आदिको अङ्ग्रेज साम्राज्यवाद विरोधी नेतृत्वले त्यतिबेला भारतमा रहेर शिक्षा हासिल गरेका युवाहरू पुष्पलाल, वि.पी.कोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई, केशरजङ्ग रायमाझी, महेन्द्र विक्रम शाह आदिमा पनि प¥यो । यता यसको जबरजस्त प्रभाव नेपालभित्र पनि परि निरङ्कुश पारिवारिक राणा शासन विरूद्ध प्रचण्ड गोरखा र प्रजापरिषद् नामक सङ्गठन खुले र राणा शासन विरोधी आन्दोलन उठ्न थाल्यो ।

सन् १९९७ सालमा राणा शासनको अन्त्यका लागि आह्वान गरेको पर्चा काठमाडौंमा छरियो । यस काण्डमा प्रजापरिषद्का अध्यक्ष र टङ्कप्रसाद आचार्य, प्रचण्ड गोरखाका अध्यक्ष खड्कमान सिंह, लगायत प्रजा परिषद्कै नेताहरू रामहरि शर्मा, चूडाप्रसाद शर्मा, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री गङ्गालाल, गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठ लगायत पक्राउ परे । राणाहरूले यी मध्ये ४ जना दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री र गङ्गालाल श्रेष्ठलाई फाँसीको सजाय दिए र अन्यलाई आजीवन कारावासको सजाय दिए । १९९७ सालको यी ४ जना मध्ये शुक्रराज शास्त्रीलाई टेकुमा र धर्मभक्तलाई सिफलमा झुण्ड्याएर मारियो भने दशरथचन्द र गङ्गालाललाई शोभाभगवती नजिक विष्णुमतीको किनारमा गोली हानी हत्या गरियो । गङ्गालाल पुष्पलालका जेठा दाजु थिए । गङ्गालाललाई शोभाभगवतीमै हत्या गरेकै दिनमा पुष्पलालले नेपालबाट पारिवारिक राणा र शाह शासनको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गरेका थिए ।

प्रख्यात साहित्यकार हृदयचन्द्र सिंह प्रधानले ‘गङ्गालालको चीता’ नामक नाटक लेखे र उक्त नाटकको प्रमुख पात्रमा राणा प्रधानमन्त्री, उनका जल्लाद प्रशासक एकातिर र पुष्पलाल अर्कातर्फ भएका पात्रका आधारमा प्रख्यात नाटक लेखे । जसमा पुष्पलालले पारिवारिक शासनको अन्त्य र सम्पूर्ण आर्थिक, सामाजिक, साँस्कृतिक, भाषिक र लिङ्गीय शोषणको अन्त्य गरी समाजवादी गणतन्त्रवादी समाज स्थापना गर्ने कल्पना गरिएको छ । यसरी नेपाली प्रगतिशील तथा लोकतान्त्रिक आन्दोलनका दार्शनिक नेता पुष्पलालको राजनैतिक तथा सामाजिक सांस्कृतिक जीवनको आमूल रूपान्तरण र कायापलट परिवर्तन गर्ने दैनिक जीवनचर्या होमिएको पाइन्छ । यिनले आफ्ना दाजु लगायतको हत्यापछि आफ्नै पहलमा पुष्पलाल, प्रेमबहादुर कंसाकार, सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ भएको एक प्रजातान्त्रिक सभा नामक राजनैतिक दलको गठन समेत गरे र गुप्त रूपमा उपत्यका र आसपासका जिल्लामा व्यापक सङ्गठन विस्तारमा लागे । यतिबेलै यिनीमाथि राणाहरूले वारेण्ट गरेर यिनी भागेर भारतको कलकत्तामा पढ्न जाने निहुँमा गए । कलकत्तामा यिनले भारतीय स्वतन्त्रा सेनानीहरू नृपेन्द्र चक्रवर्ती र रत्नलाल ब्राह्मणलाई भेटे । सहिदको भाइ भएकाले त्यतिबेला यिनलाई भारतीय नेताहरू सबैले आदर गर्थे । यिनीसँग गान्धी र राममनोहर लोहियाको पनि भेट भयो । यहीँ यिनीसँग सङ्घर्षशील नेपाली नेताहरू वि.पी. कोइराला, गणेशमान सिंह, डा. डिल्लीरमण रेग्मीसँग पनि भेट भयो । र यिनले नेपाली राष्ट्रिय काँग्रेस खोल्ने कुरामा डिल्लीरमण रेग्मी र वि.पी. कोइरालालाई साथ दिए । २००३ सालमै कलकत्तामा राणाशासन पल्टाउने उद्देश्यले जेलमा रहेका टङ्कप्रसाद आचार्यलाई मानार्थ सभापति, डा. रेग्मी सभापति र वि.पी. कार्यवाहक सभापति भएको नेपाली राष्ट्रिय काँग्रेस नामक अर्को दल खुल्यो ।

पुष्पलाल यो दलको स्थायी समितिमा रहे र दिनहुँ दलको कार्यसञ्चालनको काम गर्ने गरी कार्यालय मन्त्री रहे । यिनले नेपाली राष्ट्रिय काँग्रेसको घोषणपत्र ड्राफ्ट गर्ने कार्यमा डा. रेग्मीलाई सहयोग गरेका थिए भनिन्छ । आन्दोलनको दौरानमा वि.पी. विराटनगर आएको बेला राणाहरूले पक्डे र काठमाडौंमा ल्याएर थुनियो । महात्मा गान्धीको दबाबमा एक वर्षपछि वि.पी. छुटे र भारतको बनारसमा रहेको राष्ट्रिय काँग्रेसको केन्द्रिय कार्यालयमा वि.पी. गए । त्यहाँ रेग्मी र वि.पी. बीच शक्ति सङ्घर्ष चल्यो । त्यसलाई निमिट्यान्न पार्न र यी दुवै नेतालाई मिलाउन पुष्पलालले भरमग्दुर प्रयास गरे । अनसन समेत बसे । तर यी मिलेनन् । पुष्पलाल वाक्क भएर माक्र्सवादको अध्ययन गर्न लागे र माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र नेपाली भाषामा उल्था गरे र वि.सं. २००५ मा प्रकाशित गरे । यो कुरा त्यसबेला भारतीय कम्युनिष्ट पार्टीका नेताहरू रतनलाल ब्राह्मण र नृपेन्द्र चक्रवर्तीले थाहा पाए र पुष्पलाललाई बोलाएर माक्र्सवादी कक्षा दिए र कम्युनिष्ट पार्टी स्थापना गर्ने सुझाव दिए । यो सुझावपछि यिनले कम्युनिष्ट पार्टीको पहिलो पर्चा लेखे । २२ अप्रिल, १९४९मा लेनिनको जन्मजयन्ती पारेर आपूm सहित नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ समेतलाई राखेर नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रिय सङ्गठन समिति बनाए ।

यही बीचमा यिनले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र लेखेर १५ सेप्टेम्बर १९४९ मा प्रकाशित गरे । यो बीचमा यस अघिनै भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका मनमोहन अधिकारी र नेपाली काँग्रेसको जनवर्गीय सङ्गठन बैङ्कर्स एसोसियसनका अध्यक्ष तुलसीलाल अमात्य, प्रजातान्त्रिक महासभाका सदस्य शम्भुराम श्रेष्ठ, डि.पी. अधिकारी, शैलेन्द्र कुमार उपाध्याय, हिक्मतसिंह भण्डारी, केशरजङ्ग रायमाझी लगायतले कम्युनिष्ट पार्टी जोइन गरे । २००८ सालमा पुनः कलकत्ताको एक धर्मशालामा कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन भयो । नेपालको आधुनिकीकरणका लागि ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक कार्यक्रम पास भयो । जुन कार्यक्रमले नेपालको आर्थिक राजनैतिक तथा सामाजिक अवस्था अर्धसामन्ती तथा अर्ध औपनिवेशिक भएको ठहर ग¥यो । जुन कार्यक्रमले नेपालमा नयाँखाले पुँजीवादी जनवादी क्रान्ति गर्ने निर्णय ग¥यो । यसलाई नयाँ जनवादी कार्यक्रमको संज्ञा दिइयो । क्रान्तिपछि राज्यको स्वरूप नयाँजनवादी गणतन्त्र हुने घोषणा ग¥यो । उक्त नयाँ जनवादी गणतन्त्रमा सामन्तवाद–साम्राज्यवाद विरोधी सबै दलहरूलाई प्रतिस्पर्धात्मक छुट दिने र राज्यको आर्थिक व्यवस्था समाजवादोन्मुख हुने र नीजि र सरकारी दुवै क्षेत्रको सहकार्यमा समाजवादको निर्माण गर्ने र प्रेस स्वतन्त्रता र बोल्ने लेख्ने, सम्पत्ति आर्जन गर्ने, सबै प्रकारका मौलिक हक हुने कार्यक्रम ल्यायो । न्यायपालिका स्वतन्त्र हुने । न्यायालय क्षेत्रमा प्रधान न्यायाधीश र न्यायाधीशको पनि चुनाव हुने व्यवस्थाको कार्यक्रम बनाइयो । यो कार्यक्रम स्वयं पुष्पलालले लेख्नु भएको थियो । विश्वका कम्युनिष्ट पार्टीको एकदलीय स्वरूपलाई नेपालको सन्दर्भमा राखिएको छैन र नेपालको कम्युनिष्ट आन्दोलन र पार्टीले जसको जोत उसको पोतका आधारमा क्रान्तिकारी भूमिसुधार गर्दै सम्पत्तिको पुनर्वितरण गर्ने ऐलान र शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क, प्रत्येक नागरिकलाई रोजगारको ग्यारेन्टी, गाँस, बास र कपासको अनिवार्य व्यवस्था राज्यद्वारा गर्नुपर्ने कार्यक्रम ल्यायो । आज त्यही सेरोफेरोमा नेपाल घस्रिने कोशिस गर्दैछ ।

जहाँ क्रान्ति र परिवर्तनका निम्ति ज्वारभाटा निस्कन्छन् क्रान्तिकारीका खुट्टा तान्न त्यत्तिकै प्रयास हुन्छ । यथास्थितिवादी शक्तिले क्रान्तिकारी दलमा आफ्ना मानिस घुसाएर क्रान्तिलाई पनि पछाडि पार्ने प्रयास विश्वमा गरिँदै आएको छ र नेपालमा पनि त्यो हुने नै भयो । यसरी रणनीति र कार्यनीति सही भएपछि कम्युनिष्ट पार्टीको प्रभाव उपत्यका, पूर्वी तराई, पश्चिम तराई, गण्डक र कर्णाली क्षेत्रमा पनि पर्न थालेपछि कमरेड पुष्पलाललाई महामन्त्री पदबाट हटाइयो । किसान आन्दोलनले जोर पक्डन थालेपछि कम्युनिष्ट पार्टीमाथि पनि प्रतिबन्ध लाग्यो । कम्युनिष्ट पार्टीले प्रजापरिषद् लगायत दलसँग मिलेर जातीय जनतान्त्रिक मोर्चा नामक संयुक्त मोर्चा निर्माण गरेर आन्दोलनलाई अगाडि बढायो । महामन्त्रीपदबाट हटाए पनि कमरेड पुष्पलालले जबरजस्त रूपमा आन्दोलन निर्माण र सङ्गठन विस्तारमा लाग्नु भयो । तर तत्कालीन नेतृत्वले त्यति साथ दिएन र २०१२ सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएपछि संबैधानिक राजतन्त्र मान्ने शर्तमा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो ।

यसै बीच वि.सं. २०१२ सालमा कम्युनिष्ट पार्टीको दोस्रो सम्मेलन भयो र कमरेड पुष्पलालले तत्कालीन नेतृत्वले संबैधानिक राजतन्त्र मान्ने गरेको शर्त मान्नु भएन । सम्मेलनले पुनः गणतन्त्रका लागि सङ्घर्ष गर्ने निर्णय ग¥यो । यसै बीच तत्कालीन महामन्त्री मनमोहन अधिकारीलाई सङ्क्रामक निको नहुने रोगले छोयो र उपचारका लागि चीन जानु प¥यो । यस अवस्थामा कार्यवाहक महासचिव कमरेड पुष्पलाललाई दिन खोजियो तर उहाँले मान्नु भएन र केशरजङ्ग रायमाझी कार्यवाहक महासचिव चुनिए । वि.सं. २०१४ सालमा कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन काठमाडौंको फोहोरा दरबारमा भयो । रायमाझीले संवैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्थाको कार्यक्रम पेश गरे । कमरेड पुष्पलाल र शम्भुरामले नयाँ जनवादी गणतन्त्र र संविधान सभाको निर्वाचन जस्ता रणनीतिक र कार्यनीतिक कार्यक्रम पेश गर्नुभयो । गणतन्त्र र संविधान सभाद्वारा संविधान बनाउने रणनीतिक र कार्यनीतिक कार्यक्रम पास भए । तर नेतृत्व निर्माणमा त्यसबेलाका कार्यकर्तामा त्यति माक्र्सवादी चेतना देखिएन । जसको राजनैतिक कार्यक्रम पास हुन्छ त्यो पार्टीको मुलनेता त्यही हुनुपर्ने माक्र्सवादी परम्परा अनुसार नभएर त्यो महाधिवेशनका प्रतिनिधिले राजनैतिक कार्यक्रम पुष्पलालको पास गरे तर महासचिव भने केशरजङ्ग रायमाझीलाई छाने । यही विडम्बना भयो । संविधान सभाका लागि जनसङ्घर्ष गर्न सङ्गठन निर्माण गर्नेतर्फ पार्टीको ध्यान मोडिएन ।
यसै बीच राजाले एकपछि अर्को नेतालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै चुनाव टार्दै आएका थिए । तुरून्त चुनाव गराउन नेपाली काँग्रेसले भद्रअवज्ञा आन्दोलन गर्ने निर्णय ग¥यो । कम्युनिष्ट पार्टीले पनि साथ दियो र भन्यो संविधान सभाको चुनाव गराउनु पर्दछ । तर राजा महेन्द्रले षडयन्त्र गर्दै अन्य पार्टीहरू प्रजापरिषद्, संयुक्त प्रजातन्त्र पार्टी, गोरखापरिषद् आदिलाई उचालेर राजाद्वारा निर्देशित संसद भएको संविधान दिने र संसदको चुनाव गर्ने माहोल तयार पार्न थाले । नेपाली काँग्रेसमा समाजवादी विचार परास्त भयो र दक्षिणपन्थी विचार हावी भयो र राजाद्वारा निर्देशित संसदको चुनाव गर्न राजि भयो । यसरी काँग्रेस संसदको चुनाव गर्न राजी भएपछि रायमाझी पन्थीलाई के खोज्छस् काना आँखो झैं भयो । कम्युनिष्ट पार्टीको महाधिवेशनले पास गरेको संविधान सभाको कार्यनीतिक लाईन छोडेर संसदको चुनावतर्फ मोडे रायमाझी लगायतले । यसरी २०१५ सालमा संसदको चुनाव भयो ।

कमरेड पुष्पलाल काठमाडौंबाट चुनाव लडे र नेपाली काँग्रेसका गणेशमान सिंहसँग झिनो मतले पराजित भए । नेपाली काँग्रेसले संसदका १०९ सिटमध्ये ७४ सिट जितेर दुई तिहाई मत प्राप्त ग¥यो । कम्युनिष्ट पार्टीले जम्मा ४७ सिटमा आफ्ना उम्मेदवार र बाँकी प्रजापरिषद् र संयुक्त प्रजातन्त्र पार्टीलाई समर्थन गरेको थियो । यस मध्ये कम्युनिष्ट पार्टीले ४ सिट मात्र विजय हासिल ग¥यो । यसपछि नेपाली काँग्रेस संसदीय दलका नेता वि.पी. कोइरालाको नेतृत्वमा सरकार बन्यो । यो सरकारले राम्रा कार्य गर्न खोजेको मात्र के थियो राजा महेन्द्रले १८ महिनामा नै वि.पी.को सरकार भङ्ग गरेर र राजनैतिक पार्टीमाथि प्रतिबन्ध लगाउँदै सारा नेता कार्यकर्तालाई जेल हाले । यस अघि कमरेड पुष्पलालले वि.पी.कोइरालालाई राजाले कु गर्दैछन् भन्ने कुरा थाहा पाएर शतर्क हुन भन्नु भएको थियो । तर वि.पी.ले शक्तिको उन्मादले पुष्पलालका कुरा सुनेनन् र अन्त्यमा २००७ सालमा केही मात्रामा प्राप्त भएका जनताका हक अधिकार खोसिए । कमरेड पुष्पलाल तुरून्तै भूमिगत भए । देशभर भूमिगत रूपमा पार्टी पङ्क्तिसँग सम्पर्क राखेर पार्टी पङ्क्तिलाई चुस्त दुरूस्त बनाउँदै भारतको दरभङ्गामा कम्युनिष्ट पार्टीको प्लेनम बोलाउन खटे ।
२०१७ सालमा दरभङ्गामा कम्युनिष्ट पार्टीको प्लेनम भयो । कमरेड पुष्पलालले ‘उही संसद फिर्ता गर’ भन्ने कार्यनीतिक नारा निर्माण गर्न अपिल गर्नु भयो । तर त्यसबेलाको यथास्थितिवादी नेतृत्व मानेन र अर्को संसदको चुनावको नारा ल्यायो । त्यसैमा युवाहरूको तर्फबाट मोहनविक्रम सिंहले पुनः संविधान सभाको नारा ल्याए । बहुमतले संविधान सभाको नारा पास भयो । कमरेड पुष्पलालको विचारमा संसद (कम अधिकारको) लाई त नसहने सामन्तवाद र राजाले संविधानसभा दिन तयार हुँदैन, त्यो नारा भौतिक परिस्थिति अनुसार हुँदैन बरू उही संसद स्थापनाको नारा दिँदा, काँग्रेस पनि आन्दोलित हुन्छ र काँग्रेस कम्युनिष्टको संयुक्त आन्दोलनले राजालाई झुक्याउन सकिन्छ भन्ने विचार त्यसबेलाको चेतना र समय सापेक्ष थियो । तर त्यसबेलाका नेता रायमाझीले राजाको कदमको समर्थन गरे । कमरेड पुष्पलालकै अगुवाइमा ‘अन्तरजोनल सामन्जस्य समिति’ बनाएर तेस्रो महाधिवेशन बोलाइयो र केशरजङ्ग रायमाझीलाई नेतृत्वबाट हटाइयो । यसरी २०१८ सालमा भारतको वारणासीमा तेस्रो महाधिवेशन भयो । दुई वटा कार्यक्रम पेश गरिए । तुलसीलालले ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पेश गरे, कमरेड पुष्पलालले २००६ सालकै नयाँजनवादी कार्यक्रमलाई अझ परिस्कृत गर्दै नयाँ जनवादी गणतन्त्रका लागि नै सङ्घर्ष गर्ने कार्यक्रम पेश गर्नु भयो । महाधिवेशन प्रतिनिधिले क.तुलसीलालको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई बढी मत दिए र तुलसीलाल महामन्त्री छानिए । तर यिनले कम्युनिष्ट पार्टीको क्रान्तिकारी स्पिरिटलाई कार्यरूपमा परिणत गर्न सकेनन् । पार्टी पुनः लथालिङ्ग भयो । केन्द्रिय समितिको बैठक हुनै छोड्यो ।
तुलसीलाल दिल्लीमा गएर ट्यूसन पढाएर निस्कृय भएर बस्न थाले । यसपछि देशभरका क्रान्तिकारीहरूको दबाबमा तेस्रो महाधिवेशनले चुनेका कमरेड पुष्पलाल लगायत एकदेव आले, हिक्मत सिंह भण्डारी, बलराम उपाध्याय, प्रेमप्रकाश र देबेन्द्रलाल श्रेष्ठ समेतको अगुवाईमा कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलन सम्पन्न भयो । यो सम्मेलनले नयाँजनवादी कार्यक्रमलाई व्यवस्थित रूप दिँदै माओ विचारधारालाई पनि मार्गदर्शक सिद्धान्तको रूपमा ग्रहण गर्ने निर्णय ग¥यो । यसपछि राजाको व्यवस्थाका विरूद्ध नेपालका ७५ जिल्ला र भारत प्रवाशमा समेत कम्युनिष्ट पार्टीको सशक्त सङ्गठन निर्माण हुँदै गयो । कमरेड पुष्पलालकै नेतृत्वको कम्युनिष्ट पार्टीले लुम्बिनीका छओटै जिल्लामा राजाको नेतृत्वको व्यवस्था विरूद्ध दशौं हजारको किसान मार्च ग¥यो । सगरमाथा अञ्चलको सशक्त किसान सङ्घर्ष, रापती भेरी र गण्डकी अञ्चलको किसान, युवा विद्यार्थी आन्दोलन, २०२८÷२०२९ को देशव्यापी युवा विद्यार्थी आन्दोलन, २०३२ सालको विशाल देशव्यापी युवा विद्यार्थी आन्दोलन, चुवा सङ्घर्ष, जुगेडी सङ्घर्ष, हर्रेबर्रे र अनेक प्रकारका सशस्त्र तथा निशस्त्र आन्दोलनको निर्माण भयो ।

यस अवस्थामा राजा र उसको व्यवस्थाले धेरै कार्यकर्तालाई जेल सजाय दियो र वारेन्ट समेत ग¥यो । यो पङ्क्तिकारले पनि यही पार्टीको आन्दोलनको सिलसिलामा पटक पटक राजा र उसको व्यवस्थाले नेल, हत्कडी र गोलघर सहित कठोर कारावासको सजाय भोग्नु प¥यो । कमरेड पुष्पलालले राजा र त्यसको व्यवस्था विरूद्ध बहुदलीय व्यवस्था र जनअधिकार बहालीको लागि कम्युनिष्ट पार्टीका सबै समुह, नेपाली काँग्रेस, प्रजापरिषद्, जनवर्गीय सङ्गठनहरू समेतको संयुक्त तथा सशक्त आन्दोलन सृजना गर्ने कार्यनीति २०१८ सालमै ल्याउनु भयो र त्यसलाई कार्यान्वयन गर्न प्रयास गर्दै रहनु भयो । अझ उहाँको नेतृत्वको कम्युनिष्ट पार्टीले २०२९÷२०३० वि.सं.मा कम्युनिष्ट पार्टीको चतुर्थ सम्मेलन बनारसमा ग¥यो । यसले झन राजाद्वारा पेलिएको नेपाली काँग्रेसलाई साथैमा लिएर संयुक्त आन्दोलन निर्माण गर्नुपर्ने कार्यनीतिक दस्तावेज नै बनायो । फलस्वरूप परीक्षणको रूपमा २०३२ मा संयुक्त विद्यार्थी आन्दोलन देशभर भयो र ठाउँ ठाउँमा काँग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ता मिलेर संयुक्त किसान सङ्घर्ष पनि गरे । तर त्यसबेला कमरेड पुष्पलालको विरोधमा उच्च मध्यम वर्गका व्यक्तिहरूले विभिन्न कम्युनिष्ट पार्टी पनि खोले । यी कम्युनिष्ट पार्टीहरूले राजा भन्दा नेपाली काँग्रेसलाई मुख्य दुस्मन माने र जानेर वा नजानेर उग्रवादी कृयाकलापबाट घुमाउरो रूपमा राजाको व्यवस्थालाई सहयोग पु¥याए । तर यिनलाई पनि कमरेड पुष्पलालले सम्झाउँदै सही ट्रयाकमा ल्याएर राजा र उसको व्यवस्था विरूद्ध मुख्य आन्दोलन निर्माण गर्ने प्रयास गर्न थाल्नु भयो ।

यसै बीच भारतमा सिपीआइएम्बाट फुटेर चिनको सांस्कृतिक क्रान्तिको प्रभावमा परि चारुमजुम्दारले भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी गठन गरे र सशस्त्र सङ्घर्षको ऐलान गरे । उनको ऐलानपछि पश्चिम वङ्गालको नक्सलवादी क्षेत्रबाट सशस्त्र किसान सङ्घर्षको सूत्रपात भयो । यसको प्रभाव नेपालको झापा जिल्लामा पनि पुग्यो । मनमोहन नेतृत्वका पूर्व कोशी प्रान्तीय कमिटी मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, सि.पी. मैनाली र खड्गप्रसाद ओली लगायतले वर्गशत्रु सफाया अभियान झापा जिल्ला समिति गठन गरेर शूत्रपात गरे । यसको कमरेड पुष्पलालले समर्थन गर्नु भयो र सङ्घर्षरत झापा जिल्ला समितिलाई केन्द्रिय कम्युनिष्ट पार्टीमा सामेल हुन आह्वान गर्नु भयो । यसैबेला जेलबाट छुटेका कमरेड मनमोहन अधिकारी र मोहन विक्रम सिंहले कमरेड पुष्पलालले यी दुवैलाई केन्द्रिय नेतृत्वमा बस्न आह्वान गर्नु भएको थियो । दुवैले नमानेर केन्द्रिय न्यूकल्स खोले र कमरेड पुष्पलाल विरोधी अर्को कम्युनिष्ट केन्द्र निर्माण गरे । तर पछि त्यो केन्द्रबाट कमरेड मनमोहन हट्नु भयो र कमरेड मोहन विक्रम र निर्मल लामाले नेतृत्व गरेर वाराणसीमा चौथो महाधिवेशन गरी अर्को कम्युनिष्ट पार्टी निर्माण गरे । यो समुह लगायत अन्य छितरिएका वाम पार्टी सङ्गठन र सबै जनवर्गीय सङ्गठन र नेपाली काँग्रेस लगायतलाई राजा र उनले नेतृत्व गरेको व्यवस्था विरूद्ध एकजुट भएर आन्दोलन निर्माण गर्न कमरेड पुष्पलालले अपिल गर्नु भयो ।

नेपाली काँग्रेसले यही अवस्थामा ओखलढुङ्गा, सोलु र खोटाङ कब्जा गरी पञ्चायतको अन्त्य भएको घोषणा गर्ने र इजरायलबाट मान्यता लिने व्यवहार मिलाएर क्या. यज्ञबहादुर थापाको नेतृत्वमा सशस्त्र फौज निर्माण गरी पठायो । तर गन्तव्यमा नपुग्दै सुराकीले सूचना दिएकोले नेपाली काँग्रेसका कार्यकर्ता रामलक्ष्मण सहित सयौं जनसेना मारिए र क्याप्टेन यज्ञबहादुरलाई पकडियो र फाँसी दिइयो । यही मौकामा विराटनगरमा राजाको कार्यक्रममा धनकुटाका भिमनारायण श्रेष्ठको नेतृत्वमा बम हानियो नेपाली काँग्रेसको नेतृत्वमा । यिनलाई पनि फाँसीको सजाय फैसला गरियो । यसको विरोधमा कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीले यी दुई राजवन्दीको फाँसीको सजाय रद्द गर्ने र अन्य राजवन्दीको रिहाई, पार्टीमाथिको प्रतिबन्ध हटाई मौलिक अधिकार पुनर्वहाली र पूर्ण प्रेस तथा वाक स्वतन्त्रताको माग गर्दै देशभर पर्चा वितरण गर्दै जनतालाई आन्दोलित हुन आह्वान ग¥यो । ठाउँ ठाउँमा जनता सङ्घर्षमा उत्रिए । राजाको व्यवस्थाले दमन ग¥यो ।

यसै मेसोमा भारतमा इन्दिरा गान्धीको शासन थियो । यिनले र यिनको सरकारले झण्डै एकदलीय तानाशाही चलाउने काम ग¥यो । विरोधीलाई पकडिएर थुन्न थाल्यो । यहाँ सम्मकी पद्दती राख्न भनेर मानिसको नसछेदन र कपाल मुण्डन जस्ता अमानवीय कार्यको शुरूवात भयो । जयप्रकाश, मोरारजी देशाई, चौधरी चरण सिंह, चन्द्रशेखर, जर्ज फर्नान्डीस, मधु लिमये लगायत नेता पक्राउमा परे । इन्दिरा गान्धीले भारतभर सङ्कटकाल घोषणा गरिन् । वि.पी. र जयप्रकाशको सुमधुर सम्बन्धलाई आधार मानेर इन्दिरा गान्धीले वि.पी.माथि पनि निगरानी गरिन् । पुष्पलालमाथि त पहिले पनि निगरानी छँदै थियो । वि.पी.ले राजासँग गरेको सशस्त्र सङ्घर्ष स्थगित गरेर राजासँग मेलमिलाप गर्ने नीति लिएर स्वदेश फर्कने निर्णय गरे ।

वि.पी. र गणेशमान दुवै पुष्पलाल समेतलाई लिएर देशभित्र फर्कने मनसुवा राखेर पुष्पलाललाई भेट्न वनारस आए । तर पुष्पलाल भारतमा इन्दिरा गान्धीको सङ्कटकाल नटिक्ने र त्यहीँ बसेर राजाका विरूद्ध सङ्घर्ष गर्ने विचारमा दृढ हुनुहुन्थ्यो । बरू पुष्पलालले वि.पी.लाई पनि नफर्कन सल्लाह दिनु भएको थियो । वि.पी.ले मानेनन् र देश फर्के । राजाले वि.पी. र गणेशमानलाई थुने र मुद्दा चलाए । तर त्यसैबेला जयप्रकाशको नेतृत्वको आन्दोलन सफलताको मञ्जिलमा पुग्यो र इन्दिरा गान्धीले जनआन्दोलनका अगाडि घुँडा टेकिन् । मोरारजी देशाईको नेतृत्वमा जनता सरकार बन्यो । यो परिप्रेक्षमा राजाले वि.पी.लाई क्यान्सरको उपचार गर्न अमेरिका जान दिए । वि.पी. अमेरिका गएर उपचार गरी फर्के । उनी दिल्ली आइपुग्दा उनका दुई अनुयायी क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलाई यसअघि नै फाँसी दिने फैसला गरिएको थियो । यसपछि राजा पुनः अनुदारवादी व्यवस्था चलाउन चाहन्छन् भन्ने कुराको प्रमाणित भयो ।

यस अघि सोही साल श्रावण महिनामा पुष्पलाल दरभङ्गामा कार्यकर्ता प्रशिक्षण गर्न आएको बेला उनलाई तेस्रो हृदयघात भयो । यो थाहा पाएर बलराम उपाध्याय, गिरिजाप्रसाद कोइराला बनारसबाट दरभङ्गा आए । त्यसबेला गणेशमानलाई पनि राजाले रिहा गरे । गणेशमान सिंह पनि पुष्पलाललाई हेर्न दरभङ्गा जानुभयो । उनको अवस्था नाजुक देखेर पुष्पलाललाई उपचारार्थ दिल्ली लगियो र दिल्ली स्थित गोविन्द बल्लभ पन्त अस्पतालमा राखियो । त्यसबेला भारतमा जनता पार्टीको सरकार थियो र उक्तपार्टीका अध्यक्ष चन्द्रशेखर थिए । यी र त्यसबेलाको मोरारजी सरकारका रक्षामन्त्री जर्ज फन्नाडिज सहित आएर कमरेड पुष्पलाललाई अमेरिका वा बेलायतको सुविधा सम्पन्न अस्पतालमा भारत सरकारको खर्चमा उपचार गराउने प्रस्ताव राखे । कमरेड पुष्पलाल मान्नु भएन र चन्द्रशेखरलाई भन्नु भयो– ‘मलाई बचाउँछन् भने नेपाली जनताले बचाउँछन् । बचाउँदैनन् भने बचाउँदैनन् । सहयोगको प्रस्तावका लागि धन्यवाद ।’

यता काठमाडौंमा हिक्मत सिंह भण्डारी, निर्मल लामाको पहलमा कमरेड पुष्पलाल बचाउ आर्थिक अभियान गरियो । केही पैसा लिएर कमरेड निर्मल लामा र हिक्मत सिंह भण्डारी दिल्ली पुग्दा कमरेड पुष्पलाल २२ अप्रिल १९७८ अर्थात् २०३५ साल श्रावण ७ गते उहाँको निधन भई सकेको थियो । मर्नुभन्दा अघि कमरेड पुष्पलालले आफ्ना कार्यकर्ताद्वय तिलक पराजुली र केशव खड्कासँग अन्तिम रूपमा निम्न वाक्य बोल्नु भएको थियो भन्ने कुरा यी कमरेडले बताए– ‘कमरेड म त जाने भएँ, तर मेरो सन्देश नेपाली किसानसम्म पु¥याइ दिनू, त्यो सन्देश हो–
जनता चेतनशील हुनैपर्छ ।
कार्यकर्ता सङ्गठित हुनैपर्छ ।
क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ ।
यसलाई कसैले रोकेर रोक्न सक्दैन ।

यसरी नेपालको एक देशभक्त लोकतन्त्रवादी आन्दोलनका रणनीति र कार्यनीति निर्माणकर्ता, चिन्तक, ऐतिहासिक भौतिकवादको नेपालको सन्दर्भका व्याख्याता, सिद्धहस्त प्रगतिशील लेखक, नेपालको प्रगतिशील तथा जनपक्षीय इतिहास लेखनको शुरूवातकर्ता, नेपाली श्रमजीवी वर्ग र गरिबका नेता पुष्पलालको उक्त अस्पतालमा निधन भयो । निधन भई सकेपछि उनको लास नेपाल ल्याउन भारतका तात्कालीन प्रधानमन्त्री मोरारजी देशाई मार्फत वीरेन्द्रलाई अनुरोध गरियो । तर राजाले पुष्पलालको लासैदेखि डराएर ल्याउन दिएनन् । पुष्पलालको लास दिल्लीको यमुना नदीको किनारको निगमबोध घाटमा दाहसंस्कार गरियो । उक्त दाहसंस्कारमा नेपाली नेताहरू गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, बलराम उपाध्याय, साहना प्रधान, हिक्मत सिंह भण्डारी, निर्मल लामा र अन्य असङ्ख्य नेपाली थिए भने भारतीय नेताहरू चन्द्रशेखर, सि. राजेश्वर राव, हरिकिसन सिंह सुरजीत, मधु लिमय, जर्ज फर्नान्डीज, कर्पुरी ठाकुर, गोविन्द मुखोटी, अरविन्द देव आदि थिए । कमरेड पुष्पलालको अस्तु ल्याएर देशभित्र सेलाउन पनि राजा र उसको व्यवस्थाले प्रतिबन्ध लगाएको थियो । तर भूमिगत रूपमा रक्सौल भएर ल्याइयो र सिमराबाट पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकर्ताद्वय रामबहादुर भण्डारी र रामचन्द्र चापागाइँले ल्याए । एयरपोर्टमा मनमोहन अधिकारीको जिम्मा लगाइयो । त्यसबेलाको काठमाडौं उपत्यकाको मास स्वतस्पूmर्त रूपमा एयरपोर्टदेखि शोभाभगवतीसम्म लाइनको रूपमा लाखौँको रूपमा उठ्यो । राजाले दमन गर्न सकेनन् र शोभाभगवतीमा मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र प्रेमबहादुर कंसाकार समेतले बगाए । यहाँ किन बगाइयो भने यहीँ कमरेड पुष्पलालका दाजु गङ्गालाललाई राणा सरकारले गोली हानी हत्या गरेका थिए ।

पुष्पलालको मृत्यु पश्चात हामी पुष्पलालका अनुयायीले दुई ध्रुवमा रहेका परिस्थितिको आँकलन गर्न नसक्ने र मुख्य अन्तरविरोध चिन्न नसक्ने बाटो बिराएका एकथरी कम्युनिष्टहरू एकातिर थिए भने नेपाली काँग्रेस ठूलो पार्टीको घमण्ड र कम्युनिष्ट भन्दा पञ्चलाई नजिक ठान्ने प्रवृत्ति भएका काँग्रेसजनलाई नजिक्याउन ठूलो चुनौती थियो । त्यो चुनौतीलाई हामी उनका अनुयायीले आत्मसात गरेर लोकतन्त्रका लागि एक हुनु पर्दछ भन्ने विश्वास दिलाउँदै अघि बढ्यौँ । पुष्पलालको मृत्युमा अस्तु ल्याउँदा भएको विशाल जुलुस एकदलीय अधिनायकवादी व्यवस्थाको विरूद्ध चोटिलो प्रहार भयो । सोही साल माघ महिनामा क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलाई राजको व्यवस्थाले फाँसी दियो र सोही साल पाकिस्तानका लोकप्रिय नेता तथा त्यसबेलाका प्रधानमन्त्री जुल्फीकर अली भुटोलाई पाकिस्तानको सेनाले अमेरिकी उकासमा कु गरेर जेल हाल्यो । र अन्त्यमा फाँसी दियो । जनरल जियाउलहक त्यसबेला सैनिक शासक थिए । जुल्फिकर अलि भुटो प्रगतिशील व्यक्ति भएका र नेपाली बीच अत्यन्त जनप्रिय थिए । उनको फाँसीको विरोधमा नेपाली विद्यार्थीहरू अखिल र ने.वि.सङ्घले संयुक्त रूपमा पाकिस्तानी राजदूताबासमा विरोधपत्र दिन जाँदा राजाको व्यवस्थाका सुरक्षाकर्मीले व्यापक लाठीचार्ज गरे । कयांै विद्यार्थी घाइते भए सयौं विद्यार्थी पक्डाउ परे ।
यसको विरोधमा आमहडतालको आह्वान भयो । अन्त्यमा विशाल जनप्रतिरोध भयो र राजाले बहुदलीय व्यवस्था र निर्दलीय व्यवस्थाको बीचमा जनमत सङ्ग्रह घोषणा गर्ने निर्णय गरे र २०३६ साल जेष्ठ १० गते जनमत सङ्ग्रहको घोषणा भयो । यसै बीचमा नेपाली काँग्रेसले विनाशर्त जनमतमा भाग लिने निर्णय ग¥यो तर पुष्पलालको पार्टीले ५ पूर्वशर्त राख्यो । नेपाली काँग्रेसले आफ्नो यथास्थितिवादी चरित्र देखायो र वाम प्रजातान्त्रिक एकताका आधारमा राष्ट्रिय संयुक्त सरकार बनाएर जनमतमा जाने बलराम उपाध्याय (प्रवक्ता नेकपा पुष्पलाल)को प्रस्ताव मानेनन् र सूर्यबहादुर थापा (महापञ्च)को नेतृत्वमा सरकार बन्यो र सो सरकारले बनजङ्गलको नास गर्दै तस्करी समेतलाई प्रोत्साहन दिएर अथाह पैसा– प्रशासन लगाएर धाँधली समेत गरी निर्दलीय व्यवस्थालाई जिताइयो । त्यो जनमतबाट आएको व्यवस्था पनि ९ वर्ष पनि टिकेन र पुनः२०४६ सालमा पुष्पलालले प्रतिपादन गरेको संयुक्त जन आन्दोलनको नीति अनुसार गणेशमान सिंहको नेतृत्वमा बाम–काङ एकताका आधारमा विशाल जनआन्दोलन भयो र राजाद्वारा नेतृत्व गरेको व्यवस्था पराजित भयो । राजा संवैधानिक भएर बस्न राजी भए । बहुदलीय व्यवस्थाको आगमन भयो ।

नेपाली काँग्रेसले निर्वाचनमा पुनः बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । तर आर्थिक सुधार केही भएन । अथाह भ्रष्टाचार राजाको व्यवस्थामा भन्दा बढ्न थाल्यो । विपक्षमा रहेका वामहरूले जनता परिचालन गरेर नेपाली काँग्रेसलाई आर्थिक सुधारको बाटोमा ल्याउन सकेनन् । वामपार्टीको एक तप्का सशस्त्र जनयुद्धमा गयो । पुनः राजा वीरेन्द्रको वंशनाश हुने गरी राष्ट्रिय–अन्तर्राष्ट्रिय षडयन्त्रमा हत्या गरियो । उनका भाइ राजा भए । उनले पुनः बावुले जस्तै गर्ने गरी निर्वाचित प्रधानमन्त्रीलाई बरखास्त गरी शक्ति हातमा लिए । कमरेड पुष्पलालको फोटो रत्नपार्कमा टाँसेर उहाँले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको कार्यनीति र काँग्रेस–कम्युनिष्ट एकता पुनः अनिवार्य भयो र सबै दलको एकताद्वारा कमरेड पुष्पलालालकै नीतिलाई आत्मसात गर्दै २०६२÷०६३ को सशक्त–संयुक्त तथा विशाल जन आन्दोलन भयो र राजा पराजित भए । संसद पुनर्वहाली भयो ।

२०१७ सालको कम्युनिष्ट पार्टीको दरभङ्गा प्लेनममा पुष्पलालले राखेको उही संसद पुनर्वहालीको कार्यनीति ४६ वर्षपछि कामयाव भयो । कम्युनिष्ट पार्टी भन्नेका अगुवाहरूले यो नारा उठाउनु पर्ने थियो । ठूला कम्युनिष्ट पार्टीहरू न एमाले न तत्कालीन माओवादी कसैले यो नारा उठाएनन् तर लोकतन्त्रवादी नेता गिरिजाप्रसाद कोइराला दृढ भएर यस नारामा अडिग भए । राजाले संसद पुर्नवाहाली गरे र त्यसको केही दिनपछि राजाका बाँकी अवशिष्ठ अधिकार पनि संसदले खारेज ग¥यो । राष्ट्राध्यक्षको रूपमा रहेका राजाको पद संसदले निलम्बन ग¥यो र स्वयं गिरिजाप्रसाद कोइरालानै राष्ट्राध्यक्ष र प्रधानमन्त्री भए । यसरी पुष्पलालको जनअधिकार जनताको सार्वभौम सत्ता, भ्रष्टाचार नियन्त्रण, क्रान्तिकारी आर्थिक परिवर्तन, जनताको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिमा दूरदृष्टि र समाजवादी अर्थतन्त्र र गोरखा भर्ति केन्द्र लगायत नेपाली शिरमा लागेका साम्राज्यवाद परस्त आर्थिक, सांस्कृतिक नीति परिवर्तन र देशभक्तिपूर्ण आन्दोलनको उचित मूल्याङ्कनमा अगाडि जस्ता दूरदृष्टिपूर्ण नीतिले नेपाली लोकतान्त्रिक आन्दोलन र नेपाली सभ्यताको विकासमा उनको योगदान अब्बल दर्जाको रह्यो ।

पुष्पलालले नेपाल सभ्यताको पहिलो राष्ट्र र यसलाई जोगाउन शिव–जनक–बुद्ध–यलम्बर–अंशुबर्मा–पृथ्वीनारायण शाह–भिमसेन थापा–अमरसिंह थापा–बलभद्र कुँवर–भक्तिथापाले गरेको राजनैतिक यात्राको मूल्याङ्कन समेत गर्नु भएको थियो । आजका कम्युनिष्टहरूले लगाएको जातीय नारालाई लल्कार्नु भएको उहाँले आफ्नो नाम पछाडिको श्रेष्ठ थर हटाउनु भएको थियो । शुरूमा उहाँले पुष्पलाल नेपाली लेख्नु हुन्थ्यो, पछि यसलाई पनि परिवर्तन गरेर पुष्पलाल मात्र लेख्नु भयो । पुष्पलालले एकदर्जन भन्दा बढी किताब पनि लेख्नु भएको छ । नेपाली जनआन्दोलनको समीक्षा, नेपाल भारत सम्बन्ध, नयाँ जनवादी कार्यक्रम, हिस्टोरिकल सर्भे अफ नेपाल र छानिएका रचना भाग १ देखि ४ सम्मको कृतिहरू छन् । साहित्य संस्कृतितर्फ गरिबको साहित्य र संस्कृति सृजना गर्नुपर्ने रणनीति र कार्यनीति समेतको दस्तावेज पनि उहाँका कृतिहरूमा पर्दछन् । यसरी नेपाली सभ्यताको विकासको दशौं हजार वर्षका देशभक्तहरू मध्ये पुष्पलाल पनि महत्वपूर्ण व्यक्तित्व भएकोमा हामी सबै एकमत हुनै पर्दछ ।

(प्रस्तुत लेख भट्टराईको “नेपाली सभ्यता : विगत र वर्तमान-लोकतान्त्रिक आन्दोलन र विकास मोडल” पुस्तकबाट लिइएको हो ।)

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…