back

गण्डकी प्रदेशमा बढ्न थाल्यो कोरोना संक्रमित र मृत्यु हुनेको संख्या, एकैदिन ८ को मृत्यु ७१० संक्रमित

वि.सं.२०७८ साउन ११ सोमवार

165 

shares
NTC AD
Global IME AD

११ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा सोमवार ८ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमवार कास्कीका ५ तथा बागलुङ, स्याङजा र नवलपरासीपूर्वका १\१ गरी ८ जनाको मृत्यु भएको हो । सोमवार थपिएका ८ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०६२ पुगेको छ । प्रदेशमा केही दिनयता मृत्यु हुनेको संख्या बढ्दै गएको छ आज कास्कीमा ५ जनाको मृत्यु भएको हो ।

त्यस्तै प्रदेशमा आज म्याग्दीमा ६, पर्वतमा ४३, गोरखामा १९, लमजुङमा २७, तनहुँमा ७९, कास्कीमा ३०४, वाग्लुङमा ३५, स्याङजामा ६० र नवलपरासीपूर्वमा १३७ जना गरी ७१० जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३६३ जना महिला र ३४७ जना पुरुष रहेका छन् । प्रदेशमा आइतवारको तुलनामा संक्रमित हुनेको संख्या झण्डै तीनसयले बढी हो ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार आज थपिएका मध्ये सबैभन्दा बढी संक्रमित कास्की र नवलपरासी पूर्वमा छन् । साथै प्रदेशमा आज ३७४ जना संक्रमणबाट मुक्त भएका छन् ।

सोमवार थपिएका ७१० जनासँगै प्रदेशमा हालसम्म ६५ हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६० हजार ६३४ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल ३४०९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३११० जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा २९९ जनाको उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

गण्डकी प्रदेशमा कोरोनाबाट थप ४४७ संक्रमित, ४ को मृत्यु, कुन जिल्लामा कति थपिए त आज ?

वि.सं.२०७८ साउन ११ सोमवार १७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...