back

बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन १३ बुधवार

189 

shares
NTC AD
Global IME AD

१३ साउन, काठमाडौं । बागमती प्रदेशमा मंगलबार थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंका ७९ र ३६ वर्षीया २ महिला र ७२ वर्षीय पुरुष गरी ३ जना, ललितपुरका ३४ र ८० वर्षीय २ पुरुष, भक्तपुरका ६६ वर्षीय पुरुष, धादिङका ६५ वर्षीय पुरुष, दोलखाकी ८२ वर्षीया महिला र मकवानपुरका ७६ वर्षीय पुरुष गरेर ९ जनाको मृत्यु भएको हो ।

मंगलबार थपिएका ९ जनासँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ४ हजार २२ पुगेको छ ।

त्यसैगरी प्रदेशमा मंगलबार ८,४१९ नमुना परीक्षण गरिएकोमा १५२१ जना संक्रमित थपिएका छन् । मंगलबार थपिएका १५२१ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६९ हजार ६२४ पुगेको छ । साथै मंगलवार निको भएका ११४७ जनासँगै हालसम्म प्रदेशमा ३ लाख ५५ हजार ६१३ जना निको भएका छन् ।

वि.सं.२०७८ साउन १३ बुधवार ०९:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...