Sansar News- Nepal's Fast Khabar Online News Portal

स्याउमा आत्मनिर्भर बनाउन आयोजना

संसार न्यूज़
४ वर्ष पहिले

३२ साउन,काठमाडौँ । फलफूल विकास निर्देशनालय, कीर्तिपुरले मुलुकलाई स्याउमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्ने उद्देश्यले कर्णाली अञ्चलका जिल्लाका साथै अन्य हिमाली तीन जिल्लामा विभिन्न आयोजना सञ्चालन गरेको जनाएको छ ।

निर्देशनालयले कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटका साथै मनाङ, मुस्ताङ र रुकुमका कृषकलाई निःशुल्क बिरुवा तथा कराँैती, सिगेचर, चुना, निलोतुथोलगायत अन्य आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ ।

निर्देशनालयका अनुसार समुद्री सतहदेखि करिब एक हजार ८०० मिटरदेखि तीन हजार मिटरसम्मको उचाइको हावापानीमा स्याउको गुणस्तर राम्रो पाइने तथा उत्पादन पनि राम्रो हुने गरेको छ ।

फलफूल विकास अधिकृत राजन चौलागाईंले आठवटा जिल्लामा स्याउको उत्पादन विस्तारका लागि गत आवमा रु ६ करोड ६६ लाख खर्च गरिएको जानकारी दिनुभयो । २०६८ सालमा सुरु भएको उक्त आयोजनाले स्याउमा पोषणको मात्रा पाइने हुँदा दुर्गम क्षेत्रको जनतामा सहज रुपमा पु¥याउने र उनीहरुको पोषणमा सुधार गर्ने लक्ष्यसमेत राखेको छ ।

गत आवमा करिब रु ८७ करोड बराबरको स्याउ विदेशबाट आयात गरिएको बताउँदै ती आयोजनाअनुसार स्याउको उत्पादन वृद्धि हुनसकेमा आयात प्रतिस्थापन गर्न सकिने अधिकृत चौलागाईंले जानकारी दिनुभयो । रासस

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ७ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…