Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रधानमन्त्री प्रचण्डका अबसर र चुनौतिहरु

संसार न्यूज़
३ वर्ष पहिले
प्रधानमन्त्री प्रचण्डका अबसर र चुनौतिहरु

14009896_1501700569855892_925601324_n

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतन्त्र स्थापना पछिको पहिलो प्रधानमन्त्री भएका प्रचण्ड दोश्रोपटक पनि प्रधानमन्त्री बन्ने भाग्यशाली कम्युनिष्ट नेता पनि हुन् ।

अब सँगै बसौला, मन मात्र होइन पार्टी पनि जोडौला भन्दै एमाले अध्यक्ष केपीओलीसंग साह्रै नजिक हुन पुगेका र ओली नेतृत्वको सरकार निर्माणमा मुख्य भुमिका खेलेका प्रचण्डले केपी शर्मा ओलिको सरकारलाई दिएको विश्वास फिर्ता लिदै काँग्रेसको सहकार्य बढाउन पुगे द्धन्द्धकालका मुद्धा ब्यूताउन । माओबादी आन्दोलनलाई घेराबन्दीमा पार्ने र सहमतिलाई कार्यान्वयन नगर्न प्रपन्च शुरु गरेको भन्दै दाहालले ३ महिना अगाडि पनि सरकारको विश्वास फिर्ता लिने कुरा बताएका थिए ।
माओवादी अधयक्ष प्रचण्डको निर्णयबाट बाम आन्दोलनलाई नै घाटा पुग्ने भन्दै मुख्यत बामदेब गौतमको पहलमा केपी ओलि सँगको सत्ता सहकार्य केहि समय लम्बयाउने सहमति भएपछि माओबादीले ओलि नेतृत्वको सरकारमा बजेट समेतमा सहभागिता जनाएको थियो । प्रधानमन्त्री केपी आलिले माओवादीलाई खेलाउने,भड्काउने र जलाउने रणनिति मात्र अख्तियार गरेको महशुस गर्दे माओबादी पक्ष झस्किदै र तर्सिदै आएको पनि यहाँ स्मरणीय छ । प्रचण्डले ओलि गठबन्धन टुटाएर आफनो नेतृत्वमा काँग्रेसलाई उपयोग गर्ने नीति अघि सारेपछि काँग्रेसका रामचन्द्र पक्षलाई उपयोग गर्ने वा नारायणमान विजुक्छे र कहिलेकाँही चित्रबहादुर केसीलाई प्रधानमन्त्रीको तुरुप फयाँकेको थियो एमालेले । र काँग्रेसभित्र ,मधेसबादीहरुभित्र, एमालेभित्र वा पुर्वपञ्च राप्रपाका बिभिन्न समुह भित्र प्रचण्ड नेतृत्वको पक्ष र बिपक्षमा निकै मत देखिदै आयो । बहुदलिय प्रणालीमा दलीय बाध्यताका कारण अनन्त सहमतिय नभएपनि बहुमतिय प्रधानमन्त्रीका रुपमा कामरेड प्रचण्डले ३६३ मत पाउन सफल भए ।
कामरेड प्रचण्डको यो पदबहाली सँगै चुनौति र अवसरका थुप्रा आ–आफना ठाँउमा ठडिएका छन । काँग्रेसभित्रको आन्तरिक झै झगडाका बिच,मधेसबादीका बासी शर्तहरुको उभ्याईका विच र अन्य स–साना पार्टीका नेताहरुको जसरी पनि मंत्री बनने ध्याउन्नका बिच प्रचण्डले प्रधानमन्त्रीको जिम्मेबारी लिएका छन ।
कामरेड प्रचण्ड साहसी, कठोर, दयालु जुन कोणबाट हेरयो त्यस्तै देखिने पात्र हुन । १० बर्षको जनयुद्धमा शष्लेषण गरीएको प्रचण्डपथमा भनिएको थियो रुदाँ रुदै हाँस्न सक्ने र हाँस्दा हास्दै रुन सक्ने ……प्रचण्डपथ हो यो । त्यसो त हदै लचक हुन सक्ने वा तन्कीन तयार हुने अनि हदै साँघुरिन सक्ने वा खुम्चिन सक्ने विशिष्ट कला र कौशल भएका ब्यक्तिका रुपमा कामरेड प्रचण्ड चित्रित हुदै आएका छन् । शायद त्यहि कारणले होला उनी आफनो टाउकाको मोल तोक्नेसँग सहकार्य गर्दै उसैको भरोसामा प्रधानमन्त्री पदमा पुनः निर्वाचित भएका छन ।
कामरेड प्रचण्डका सामुन्ने जे जति अफठयारा छन आँट गर्ने हो भने उनका सामु अवसरहरुको मुहान नै मुहान छ । भोको पेट सहेर पनि राष्ट्रियताको पक्षमा ओलि जिन्दाबाद भनेका नेपाली जनतालाई प्रचण्डले गुन लगाउन सक्ने ठाउँ निकै धेरै छन ।
भूकम्प पिडीतलाई दिने राहात तत्काल वितरण गर्ने , बाढी पहिरो पिडीतलाई गनुपर्ने सहयोग ,जेष्ठ नागरिक तथा सामाजिक सुबिधा भत्ता जनताको घरदैलोमै पुरयाउने काम, स्वयं पूर्वप्रधानमन्त्री केपी ओलीले अघि सारेको राष्ट्रहितका कामहरुको निरन्तरता, नजिकिदै गरेको चाडबाडका अगाडि मंहगी नियन्त्रण तथा राष्ट्रप्रतिको जनताको निष्ठालाई सम्मान गर्दे आत्मनिर्भरताका लागि विशेष कार्यक्रमको घोषणा गर्ने र फजुल सरकारी खर्च घटाएर आफुलाई उदाहरणिय देखाउने काम प्रचण्डका लागी अवसरै अवसर हुन । यि काम उनले गर्नैपर्छ । त्यस्तै हिजो प्रतिपक्षमा बसेको कांग्रेस जस्तै आज एमाले पनि प्रतिपक्षमा बस्नेछ । एमालेलाई पनि सँगै जाउ भन्दै ठूलो छाति लिएर अगाडी बढ्नु पर्ने चुनौती पनि छन् । जनयुद्धमा देखाइएका सपना पुरा नभएका जनतालाई आफु उदाहरण बनेर कमसेकम राहतको अनुभुति त गराउनुपर्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…