Sansar News- Nepal's Fast Khabar Online News Portal

बैतडी बस दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त

संसार न्यूज़
४ वर्ष पहिले

३२ साउन,बैतडी। बैतडीमा सोमबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका आठजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएकाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न पद्मा अस्पताल अत्तरियाका डाक्टर धिरेन्द्र मौनीले राससलाई जानकारी दिनुभयो ।

घाइते हुनेमा बैतडी कुवाकोट–५ का ४५ वर्षीय धनीदत्त पन्त, कञ्चनपुर रैकवार विचवाका ५२ वर्षीय राधाकृष्ण पन्त, बझाङकी २५ वर्षीया लक्ष्मी जोशी, बझाङकी ४४ वर्षीया सुनादेवी रोकाया, बझाङकी १८ वर्षीया गीता धामी, बझाङकी ५० वर्षीया देवी रावल, बझाङकी २८ वर्षीया गोमती धामी, बझाङकै ७० वर्षीय अफिलाल कामीलाई सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसक्दा पद्मा अस्पताल अत्तरिया रिफर गरिएको थियो ।

घाइतेमध्ये धनीदत्त पन्त, राधाकृष्ण पन्त र सुनादेवी रोकायालाई उहाँकै आफन्तले उपचारका लागि पद्मा अस्पतालबाट अन्यत्र लगेको अस्पतालले जनाएको छ । अन्य घाइते ३० मध्ये १२ जना सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालले उपचारपछि डिस्चार्ज गरेको र बाँकी १८ जना घाइतेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

धनगढीबाट बझाङ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना ५ ख २८३२ नंको बस सोमबार दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक ज्यापू भिरमा दुघर्टना हँुदा बझाङ कोटभैरव–१ की ३५ वर्षीया पुनदेवी कडायत र बझाङ देउलेक–९ की २७ वर्षीया नानु खड्का र बझाङ चैनपुर–९ का ५९ वर्षीय हर्कनारायण उपाध्यायको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि खोड्पे प्रहरीचौकीबाट घटनास्थलमा उद्घारमा खटिएका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले घटनास्थलमा नै पाँचजनाको मृत्यु भइसकेको जानकारी दिएको भए पनि जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले तीनजनाको मात्रै मृत्यु भएको पुष्टि गरेको हो ।

बसको अगाडिको टायर पड्किएर अनियन्त्रित भई बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ । बसका चालक बझाङका प्रेम बोहरा दुर्घटनापछि फरार रहेका प्रहरीले बताएको छ । रासस

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…