Sansar News- Nepal's Fast Khabar Online News Portal

‘मलाइ जीवनभरीको सहारा दिन सक्छौं ?’

संसार न्यूज़
४ वर्ष पहिले
‘मलाइ जीवनभरीको सहारा दिन सक्छौं ?’

chandat
“किन बिहे गरेहुँला” भन्दै कमला घरको छतमा गएर गालामा हात राखे बस्छे । उसको आखाँभरी आँसु टलपलिन्छन् । ज्वरोले ग्रस्त उसलाई टाइफाइट भएको छ । अस्पातालबाट औषधि ल्याएर खान्छे, तर पनि निको हुँदैन् । उसका श्रीमान रातदिन तास खेलेर बस्छन्, तर कमलाका निम्ति एक गिलास पानी समेत तताएर दिन सक्तैनन् ।
जीवनभर साथ दिन्छु भनेर कसम खाने जीवनसाथीले यसरी बिरामी हुँदा पनि पानी समेत पिउन दिदैँनन् भन्ने कमलाले कल्पना समेत गरेकी थिइन् । उ आत्तिन्छे, रुन्छे, अनि आफ्नै भाग्यलाइ दोष दिन्छे । घरपारी डाँडामा हेर्छे, उसलाई हरियो डाँडा उजाड अनि उराठ लाग्छ । बाँच्नुको अर्थनै के रहेछ र भनेर टोलाउछे कमला । “साच्चै मन नै दुःखी भएपछि जगत खुसी कसलाइ पो लाग्दो हो, के यहि नै हो त मेरो जिन्दगी !”
कमला टोलाइरहेकी हुन्छे । पछाडिबाट एक्कासी आएको आवाजले तर्सिन्छे ।
“ के गरेर बसेकी हिड तला जाउँ तलाइ रोटी बनाइदिएको छु ।” कमला झसंग हुन्छे । खोइ कुन संसारमा हराएकी थिई उ ! उसका श्रीमान भुनभुनाउँदै तल झर्छन् । भुँइमा थचक्क बसेकी कमला उठेर हिड्न खोज्छे । आँखाभरी कालो बादल छाउँछ । घामको उज्यालो बातवरणमा पनि उसलाई चारैतिर अध्यारो लाग्छ । विस्तारे उठ्छे, तर ज्वरोको कारण उ आतिन्छे ।
कमला बल्ल तल्ल विस्तारै भ¥याङका खुटिकला ओर्लन्छे । सोच्छे “कताबाट उनको मनमा दया पलाएछ आज । भान्सामा पुग्छे । यताउता नजर डुलाउछे । तर, रोटि कतै देख्दिन् । अनि सोध्छे “खोइ त रोटी ?” यत्तिकैमा उनका श्रीमान झर्किन्छन् । “तलाइ के को रोटी , किन खानुप¥यो रोटी ? छतमा केटा हेरेर बसेकी होइनस्, त्यसैले तल बोलाएको । ”
कमला बेस्सरी रुन्छे । कति दिनदेखी भोकै थिइ उ । ज्वरोले गालेर नखाएको धेरै दिन भएको थियो । कोठामा गएर घोप्टो परेर रुन्छे । “ हे भगवान मैले के पाप गरेकी थिए र यसरी सजाए दिन्छौं ? कुन जुनीमा के पाप भएको थियो म बाट यस्तो जीवनसाथीसँग लगन गाठो बाधिदियौ । जसले जीवन संगीनी भनेर बिस्वास गर्ने कुरा त परै जावोस मलाई मान्छे नै होइन् भन्छ अनि मलाइ कतै दुख्दैन भन्छ ?”
कमला सारी लगाएर बाहिर निस्कन्छे ।
म माइत जान्छु
किन जानु प¥यो माइत ?
बा–आमालाई भेट्न ।
“कि अरुलाई नै भेट्न जाने सुर् छ ? जानु पर्दैन !”
श्रीमानसँग झगडा गर्दागर्दै कमला टेम्पो चढेर बसस्टपतिर लाग्छे । बस चढेर माइत हिड्छे । बस अगाडि बढ्छ । कमला मनभरी अनेकौ कुरा सोच्छे । फेरि साँझ त त्यहि घरमा फर्कनुछ । किन झगडा गरे हुँला ? फेरि साझँमा पिट्ने हुन की ? अ,हो ! कसरी जीवन बिताउने होला, यसरी रातदिन झगडा गरेर ! उनको मनमा हरेक पल म प्रति शंका उपशंकाले मात्र जन्म लिन्छन् । आखिर मलाइ किन विस्वास गर्दैनन् होला ? बसको सिटमा यस्तै तन्द्रामा डुबिरँदा कसैले बोलाएको सुनेर झसंग हुन्छे कमला ।
कहाँ पुग्नुहुन्छ तपाइ ?
म जोरपाटी ।
तपाइ नी ?
म, बौद्धसम्म ।
जोरपाटी किन जान लाग्नु भयो ?
माइत जाँदैछु ।
तपाइको शुभ नाम भन्न मिल्ला ?
हजुर, कमला !
मेरो, रविन्द्र !
माइत जाँदैछु भन्ने जवाफले युवक अचम्म पर्छ । “ के तपाइको विवाह भइसक्यो र ?” तपाइ सानै पो देखिनुहुन्छ । किन सानै उमेरमा बिहे गर्नुभो ?” कमलालाई बोल्न मन थिएन । उ आफ्नै पीडामा घोत्लिइरहेकी थिइ । मनमनै सोचि “सायद यो गरिवीले पनि तिमी सानै छ्यौ भनिदिएको भए त्यतिबेला आज जिउदो लास सरह बाँच्नु पर्ने थिएन ।”

कमलालाई मौन देखेर युवक अप्ठ्रो मान्दै सोध्छ “गा¥हो त मान्नु भएको छैन नी ?”
युवक फेरि सोध्छ–माइतबाट कहिले फर्कनु हुन्छ नी ?
कमला–आजै फर्कन्छु ।
युवक–ए, म पनि आजै फर्कने हो । सँगै फर्कौ न हुँदैन ?
कमला–के कति कामले आउनु भएको थियो र आजै फर्कन लाग्नु भयो ?
युवक–म, एक बिस्कुट कम्पनीमा मार्केटिङ म्यानेजर छु । कम्पनीको कामले आएको थिए आजै फर्कन्छु ।
बसको स्टाफ चिच्याउँछ – ल, ल को को हुनुहुन्छ बौद्धमा झर्ने ? छिटो झर्नुस ।”
ल, त कमला जी जानोस है !
हुन्छ रविन्द्र जी, धन्यवाद !
कमला जी साँझ सँगै फर्कौन हैं ?
किन नहुने बरु तपाइलाई कहाँ भेट्न सकिएला ?
यहि गुम्बामा आउनुहोस न हुँदैन ?
हुन्छ ल त्यहि भेटौला !
बस अघि बढ्छ । जोरपाटी पुग्न धेरै बाँकी थिएन । तर कमला युवकका कुराहरु सम्झिएर टोलाइरहन्छे । कतिबेला जोरपाटी आइपुग्यो उसलाई पत्तै भएन । बसको स्टाफले “ल ल जोरपाटी आयो झर्नुस” भन्दा उ झसंग भई ।
बसबाट ओलिएर उ मेनरोड छोडेर माइती घर तिर लागि । एकैछिनमा माइतीको आँगनमा पुगेर बा आमालाई नमस्कार गर्छे । छोरीको अवस्था देखेर कमलाकी आमा अचम्म पर्छिन् । “के भयो छोरी तिमीलाई, किन यसरी दुब्लाएको ? आमाको आँखाभरी आँसु छचल्किन्छ । कमला आमालाई सम्झाउँछे “आमा नरुनोस् ज्वरो बिग्रीएर टाइफाइड भएको हो, तीन सय रुपैयाँको औषधि खाइसके , अब सन्चो हुन्छ ।”
आमा छोरीको भला कुसारी हुँदै थियो । कमलाका बाले सोधेँ – ज्वाइँले अझै पनि त्यस्तै गर्नुहुन्छ ?
अझै पनि त्यस्तै हो बा ! के गर्ने मैले त सकिन्, हारिसके उनी सँग अनि आफ्नै जिन्दगीसँग ।
अब त्यहाँ नजाउ छोरी, तिमीले सधै रुनुपर्छ भने किन जाने ?
होइन बा, म जान्छु । फेरि दुनियाको हाँसो, भर्खर बिहे भएको छ । कोशिष गर्छु जीवनमा अगाडि बढ्ने ।
कमलाको कुरा पनि ठिकै थियो । रातदिनको झगडाले उसलाई घर जाने मन त थिएन तर, पनि उ विवेकी देखिइ । बा–आमालाई पीडा दिन चाहिन् । समाजको चलन छोरीको जुनी लिएर जन्मेपछि पराइघर जानै पर्ने । पराइघर गैसकेकी चेली माइतीमा बस्दा समाजमा हाँसोको पात्र भइन्छ, बरु दुःख सुख गरेर घरमै दिन काट्छु भन्ने थियो कमलालाई ।
धेरैदिन पछि माइतीको घरमा आमाले पकाएको खाना, बा–आमाको साथमा बसेर दुुध –भात खाइ कमलाले । दूधभातसँगै आँखाबाट बगेका नुनिला आसु मिसिन्छ । उ सोच्छे– सायद बा– आमाले यति कलिलै उमेरमा मेरो बिहे नगरिदिएको भए, मलाइ पढाउनु भएको भए, मैले रातदिन रोएर बाच्नु पर्ने त थिएन !
खाना खाइसकेपछि बा–आमासँग केहि भलाकुसारी गरेर कमला फर्कने तरखरमा लाग्छे ।
आमा म फर्कन्छु
छोरी, भोली जाउली आज यतै बस् ।
हुँदैन आमा जानुपर्छ । उनी तास् खेलेर बस्छन् ।
हुन्छ त राम्रोसँग जाउँ
आमा बा सँग विदा भएर कमला बौद्ध पुगेर उत्रन्छे । नजिकैको होटलमा बसेको रविन्द्रले कमलालाई परैबाट देख्छ ।
रविन्द्र जी नमस्कार
नमस्कार कमला जी, आउनु भो ?
हजुर, म आए ।
चिया पिउनुहोस कमला जी !
हजुरको काम सकियो ? जाउ न त अब !
त्यसो भ जाउँ । फेरि पुग्न ढिलो हुन्छ । दुवैजना बस चढ्छन र एउटै सिटमा बस्छन् । कमला युवकलाई आफ्ना सबै अतित सुनाउछे । युवक अचम्म मान्दै सुन्छ । कुरा गर्दै जाँदा कमला अचानक भन्छे– “के तपाइ मलाइ सहारा दिनु सक्नुुहन्छ त ?”
युवक अकमकिदै भन्छ, “अफकोर्स, किन नदिनु !”
युवक आत्तिन्छ– होइन कमला जी, फेरि भेटेर कुरा गरौंला नी । जीनसाथी रोज्न किन यति हतार गर्नु हुँदैन । तपाइ त फेरि एकपटक यस्तो अवस्थाबाट गुज्रिसक्नु भएको मान्छे । कमला रविन्द्रको कुरा सुनेर खुसी हुन्छे । तर, सोच्न सक्तिन् आवेशमा आएर के बोले भनेर । जव जीवनभर साथ दिन्छु भन्ने जीवनसाथीले त उसलाई साथ दिदैंन् । बसमा क्षणिक भेटमै प्रभावित हुने मान्छेले जीवन भर साथ देला त ?
कमला जिद्दी गर्छे । मलाई आजै तपाइको घरमा लिएर जानुस् न प्लीज ! उ रुन थाल्छे । मलाइ त्यो घरमा फर्कनु छैन् । त्यहाँ फेरि उही झगडा, उहि पिटाइ, उहि अविस्वास, उहि अमानविय व्यवहार । सब सम्झेर उ भक्कानिएर रुन्छे । बास्तवमा उ बिहान पनि लोग्नेसँग झगडा गरेर निस्कीएकी थिई । फेरि त्यहि फर्केर जान उसका खुट्टा कसरी लागुन् ।
जिन्दगी देखि हार खाइसकेकी कमला कयौंपटक नदीमा हाम फालेर आत्महत्याको असफल प्रयास नगरेकी होइन् । किन बाँच्नु ? कसको लागि बाँच्नु ? फेरि कसको मायामा बाँच्नु भन्दै जीवनसँग हार खाएकी कमलाले फेरि कसैको मायामा जिन्दगी विताउन सकिन्छ की भनेर अन्जान मान्छेसँग सहारा मागेकी थिई । तर, युवकको गन्तव्य अर्कैतिर थियो । बसबाट अ‍ोर्लेर युवक “फेरि भेटौला” आफ्नो गन्तव्य तिर लाग्छ ।
कमला सोचमग्न हुन्छे, पछुताउँछे केहीक्षणअघिसम्म युवसँग गरेको कुराले । “आखिर मलाइ यो के हुँदैछ ?, म कुन सोचाइमा छु अहिले ?, सपनामा छु की विपनामा ?” कमला आफैलाई पागल ठान्छे ।
दिनदिनैको घरायसी झगडाले मन ठिक ठाउँमा हुँदैन कमलाको । हरेक रहर र चाहनालाई आँसुसँग पिएर बाँचेकी कमला, बसभित्रै आत्मग्लानि गर्छे यहि भन्दै “आखिर त्यो क्षणिकको युवकसँग मैले जीवनको सहारा कसरी माग्न पुगे, के भयो मलाई ?”

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…