Sansar News- Nepal's Fast Khabar Online News Portal

ग्रीन इन्टरनेशनल क्लवको स्थापना

संसार न्यूज़
४ वर्ष पहिले
ग्रीन इन्टरनेशनल क्लवको स्थापना

photo green clob

१ भदौ, काठमाडौं । ग्लोवल वार्मिङले नेपालमा पारेको प्रभाव त्यसले पु¥याउने असर सम्बन्धी काम गर्ने उद्धेश्यले ग्रिन इन्टसनेशनल क्लवको (Green International Club) स्थापना भएको छ ।
ललितपुरको गोर्खा ट्रेनिङ सेन्टरमा साउन २५ का दिन आयोजना गरिएको एक भेलाले खोटाङ रतन्छा घर भई अमेरिकाको न्यूयोर्कमा रहदै आएका केशवराम राईको पहलमा उक्त संस्था गठन गरिएको हो ।
जसको अध्यक्ष रमेश चन्द्र राई, उपाध्यक्ष देवेन्द्र राई, सुमन कुमार राई, रंजिता लिम्बु,  महासचिवमा  खगेन्द्र राई, उपमहासचिवमा  सक्ति राई,  सचिवमा  दिपेन्द्र राई, सहसचिवमा समिक्षा राई, कोषाध्यक्षमा हेनखामा राई, सहकोषाध्यक्षमा अनिता राई,  र सदस्यहरुमा पूर्ण बहादुर राई,  केदार राई, शरण कुमार रोक्का, शसिकला रोक्का, क्यामता राई,  सुवि राई,  अमृत सिउथानी, उमेश राई, हेकान्ता राई, नविन राई, गर्चन राई, अजम्बर राई, छाङबहाङ राई र साया मगर रहेका छन् ।

देशका विभिन्न स्थानमा बोट विरुवाको नर्सरी स्थापना गर्दै सम्बन्धीत क्षेत्रमा लगाउने, ग्लोबल वार्मिङबाट हुने क्षति सम्बन्धी सचेतना जगाउने र रुख नमासौ भन्ने अभियानमा लाग्ने क्लबको मुख्य उद्धेश्य रहेको केशब राम राईले बताएका छन् । राईले विदेशमा पनि क्लबको साखा विस्तार गर्दै जाने बताए ।
त्यस्तै अध्यक्ष रमेश चन्द्र राईले संस्थाले छिट्टै नै आफ्ना गतिबिधिहरु अगाडि बढाउँदै जाने प्रतिबद्धता व्यक्र गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्ण कुमार राईले संस्थाको उद्धेश्य धेरै राम्रो रहेको बताउँदै अहिलेको सन्दर्भमा संस्थाको अत्यन्तै आवश्कता रहेको समेत बताए ।  फेमली अस्पतालका संस्थापक निर्देशक समेत रहेका राईले फेमली अस्पतालमा उपचार गर्न आउने ग्रिन इन्टरनेशनल क्लबका पदाधिकारी तथा सदस्यहरुलाई २५ प्रतिशत छुट दिइने घोषणा समेत गरेका थिए ।

प्रमुख अतिथि राईले संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई खाधा ओढाएर कार्यकालको सफलताको कामना समेत गरेका थिए ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…