Sansar News- Nepal's Fast Khabar Online News Portal

नेविसंघको महाधिवेशन तुहिएला कि ब्याउला ?

संसार न्यूज़
३ वर्ष पहिले

puspal panday.jpg 1

करिब एकदशक लामो रस्सा कस्की पछि नेपाल विद्यार्थी संघको महाधिवेशन उद्घाटन भएको छ । सातपटक मिति तोकेर पनि महाधिवेशन गर्न नसकेको संघ यसपटक उदघाटन सम्म पुगेको हो । पार्टी भित्रका तिन समूहको प्रष्ट प्रभाव संगठनमा समेत देखिँदा महाधिवेशन कसरी समापन हुने हो अँझै स्पष्ट भएको छैन । साउन २३ गते पार्टी सभापति तथा संघका पूर्व अध्यक्ष शेर बहादुर देउवाले उद्धघाटन गरेको ११ औं महाधिवेशन अँझै बन्दसत्र सम्म पुग्न सकेको छैन ।
सतहमा प्रतिनिधि छनोटको विषय देखिएपनि अन्त्यमा पार्टीका लागि कार्यकर्ता उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना मानिने संघमा कसले वर्चश्व कायम गर्ने भन्ने विषय नै महत्वपूर्ण मानिएको छ । सबैभन्दा सक्रीय र ठूलो सञ्जाल भएको मातृ संगठन भएकाले पार्टीका तीनवटै खेमा संघमा आफ्नो वर्चशव कायम गर्ने लिग लिग दौडमा छन् ।
पर्टी सभापति देउवा पार्टीमा रहेको आफ्नो शक्ति भातृसंस्थामा पनि शसक्त रहेको देखाउन जसरी पनि संघमा आफू पक्षीय नेतृत्व विजयी गराउन चाहान्छन् । उनका लागि संघको महाधिवेशन ‘गर या मर’ को परीक्षा जस्तै भएको छ । उता पार्टी सभापतिमा पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीमा आफ्नो साख स्थापित गर्न संघको नेतृत्वमा आफू निकटलाई जिताउन चाहान्छन् । पार्टी महाधिवेशनपछि पहिलो पटक हुन थालेको सर्वाधिक सक्रिय भातृ संस्थाको अधिवेशनमा देउवा समूहलाई पराजित गर्न सके उनको बाटोमा थप हरियो बत्ति बल्न सक्ने उननको अपेक्षा रहेको छ ।
यस्तै तेश्रो धार निर्माण गरिरहेको पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पनि संघमा आफ्नो सम्मान जनक अवस्था निर्माण गर्ने धुनमा छन् । यी तिन गुट बाहेक खुमबहादुर खड्काको पनि संघमा आफ्नो हैसियत सुधार गर्दै हस्तक्षेपकारी भूमिकामा रहन चाहान्छन् ।
यिनै गुट र उपगुटको स्वार्थ टकराव नै यो समाचार तयार पार्दा सम्म सम्पन्न हुन नसक्ने मुल कारण हुन् । हालसम्म ६४ जिल्लाबाट मात्रै वैधानिक प्रतिनिधित्व रहेको र विवादित ११ जिल्लाबाट संस्थापनले टिके प्रतिनिधि ल्याएर महाधिवेशन मार्फत संघ कब्जा गर्न खोजेको पौडेल पक्षको आरोप छ । साउन ३१ गते सोमबार राति अवेर सम्म पनि तिनै ११ जिल्लाका ३ सय २४ महाधिवेशन प्रतिनिधि वरीपरि नै विवाद केन्द्रित रहेको संघको उच्च स्रोतले जनाएको छ । महाधिवेशन उद्दघाटन सम्म ३ हजार ३ सय महाधिवेशन प्रतिनिधि रहने भनिएपनि अब ३ हजार ७ सय ८० पुग्ने भएका छन् ।
पार्टी सुत्रका अनुसार भदौ १ गतेलाई निर्वाचन हुने र साउन ३२ सम्म उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यक्रम तय गरिँदै छ । तर पौडेल पक्ष भने अन्तिम समय सम्म पनि उम्मेदवारी दर्ताको मुडमा नरहेकोले महाधिवेशन के हुने भन्ने अँझै निश्चित छैन । पौडेल पक्ष महाधिवेशन स्थगित गराएर देउवालाई गलाउने मुडमा देखिन्छ । संस्थापन भने टिका लगाएरै भएपनि महाधिवेशन समापन गर्ने सोंचमा देखिन्छ । उता सिटौला जताबाट आफूलाई फाइदा हुन्छ उतै ढल्कुला भनने मुडमा छन् ।
पछिल्लो समयमा निर्वाचन सम्पन्न भयो भने संस्थापनबट ऐन महर, पौडेलका लागि मनोजमणि आचार्य र सिटौलाको पक्षबाट कुन्दन काफ्ले सभापतिका उम्मेदवार हुने निश्चित प्राय भएको बुझिएको छ ।
हुन त पछिल्ला दिनहरुमा नेपालका कुनै पनि विद्यार्थी संगठनहरुले तोकिएकै समयमा महाधिवेशन गर्न सकिरहेका छैनन् । यस मानेमा संघको महाधिवेशन लम्बिनु कुनै अचम्मको विषय होइन । यसअघि नेकपा एमाले निकट अनेरास्वीयुको महाधिवेशन तोकिएको समय भन्दा १ साता लम्बिएको थियो । यसैगरी अर्काे वामपन्थी नेकपा माओवादी केन्द्रको महाधिवेशन नेतृत्व चयन गर्न नसकेरै समापन गर्नु परेको थियो । यस अवस्थामा संघको महाधिवेशन पनि तोकिएको समय भनदा बढी गुर्जनु अस्वभाविक रहेन । तर आफूलाई सबैभन्दा प्रजातानित्रक पार्टी ठान्ने नेपाली कांग्रेसको भातृसंस्थाको बेथितीले भने पार्टीकै छविमा समेत प्रश्न उठाइने निश्चित छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…