Sansar News- Nepal's Fast Khabar Online News Portal

राहदानी बनाउनेको सङ्ख्यामा कमी

संसार न्यूज़
४ वर्ष पहिले

१ भदौ,पाल्पा । जिल्लामा राहदानी बनाउनेको सङ्ख्या बर्सेनि घट्दै गएको छ ।

युवाले स्वदेशमै पेसा, व्यवसाय गर्नथालेपछि राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो । आव २०७१÷७२ मा सात हजार ७८४ राहदानी तथा आव २०७२÷७३ मा छ हजार २६६ राहदानी वितरण गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिनुभयो ।

आव २०७१÷७२ मा साधारण सिफारिसतर्फ छ हजार ८९, दू्रत सिफारिसतर्फ दुई हजार ३१ राहदानी वितरण गरिएकोमा आव २०७२÷७३ मा साधारण सिफारिसतर्फ सातहजार ३०३ र दू्रत सिफारिसतर्फ चारहजार ३८० राहदानी सिफारिस गरेको हो । जिल्लामा पशुपालन, तरकारीखेती, कुखुरापालन, च्याउखेती लगायतमा युवाको आकर्षण बढ्न थालेपछि विदेशप्रतिको मोह घटेको बताइएको छ ।

बंैक तथा वित्तीय कारोबारका लागि खुलेका सहकारीबाट ऋण लिएर विभिन्न उत्पादनमुखी काम गर्न थालेपछि यहाँका युवाले रोजगारीका लागि विदेश ताक्न छाडेका छन् । साउदीबाट फर्केर गाईपालन थालेका गणेश न्यौपानेलाई अब विदेश जाने रहर छैन । उहाँजस्ता सयाँैं युवा स्वदेशमा नै व्यवसाय सञ्चालन गर्न थालेका छन् । रासस

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ७ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…