Sansar News- Nepal's Fast Khabar Online News Portal

हेगको फैसला र चीनीया प्रतिक्रिया

संसार न्यूज़
४ वर्ष पहिले
हेगको फैसला र चीनीया प्रतिक्रिया

ujjwal

चीनको दक्षिण भेग, फिलिपिन्सको पश्चिम, भियतनाम र कम्बोडियाको पूर्वमा अवस्थित समुद्र हो, साउथ चाइना सी । करिब ३५ लाख वर्ग कि.मी मा फैलिएको उक्त क्षेत्रमा थुप्रै स–साना टापुहरू छन् । साउथ चाइना सी नजिकका देशहरू चीन, फिलिपिन्स, ताइवान, मलेसिया, भियतनाम, इण्डोनेसिया र बु्रनाईले त्यहाँ भएको टापुका केही भागहरू भौगोलिक रूपमा आफ्नो हो भन्दै दाबी गर्दै आइरहेका छन् । यी दाबीहरू शताब्दिऔँ अघि देखि नै हुँदै आएता पनि केहिवर्ष यता भएका विवादहरूले यी देशहरू बीचको सम्बन्ध चिसिँदै गइरहेको छ ।
पारासेल र स्प्राटलि नामक टापु नै विवादका मुख्य विषयहरू हुन् । यी टापुका भूभागहरूमा थुप्रै देशहरूले दाबी गर्दै आइरहेका छन् ।


विवाद के हो ?
मानिसको बसोबास नभएतापनि यी क्षेत्रहरूमा थुप्रै प्राकृतिक स्रोतहरू छन् । स्रोतहरू मध्ये यो क्षेत्रमा मिनिरल्सहरू अत्याधिक रूपमा पाइन्छ । यहि मिनिरल्सहरू नजिकका देशहरूले बेलाबेलामा प्रयोग गरेको पाइन्छ ।
चीनको हाइनान प्रान्तको पूर्वी दक्षिण भेगमा रहेका ती टापुहरू मध्ये चीनको दाबी सयौँ किमीसम्म छ । सन् १९४७ मा जारी भौगोलिक नक्साले पारासेल र स्प्राटली चीनको अधिनमा रहेको भनेर जनाउँछ भन्ने दाबी बेइजिङ्को छ । २ हजार वर्ष देखि चिनिया जनताहरूले उक्त टापुमा क्रियाकलापहरू गर्दै आएको पनि उसको दाबी छ । तथापि चीनको दाबी ती टापुहरू मात्र हो की ती क्षेत्रमा रहेको पानीको पनि हो भनेर स्पष्ट नभएको पनि भन्ने गरिन्थ्यो । भियतनामको यी क्षेत्रहरूमा दाबी छ । भियतनामले १७ आँै शताब्दिदेखि नै ती क्षेत्रमा राज गर्दै आएको प्रमाण रहेको दाबी गर्छ । भियतनाम र चीनबीच चल्दै आएको यो भनाभन पछि विगतका केही देशहहरूमा चीन र फिलिपिन्स तर्फ मोडिएको छ । चीन र फिलिपिन्स बीचको यो समस्यालाई सन् २०१२ मा भएको सामुद्रीक विवादले प्रत्यक्ष रूपमा देखाउँछ । सन् २०१३ मा मनिलाले चीनको उक्त दाबी विरुद्ध संयुक्त राष्ट्रसंघको अदालतमा मुद्धा दर्ता गरेको थियो । त्यसपछि पनि उक्त क्षेत्रमा चीन र भियतनामका पानी जहाजहरू बीच टकराब चलिरह्यो ।


फैसलाको तरङ्ग
सो विवाद सुल्झाउन वार्ता गर्ने प्रयास भने नभएको होइन तर चीनको विशाल क्षेत्रफलका कारण चीनलाई वार्ताबाटै फाइदा मिल्छ भन्ने दाबी अरु राष्ट्रहरूको थियो । फिलिपिन्सले दाबी गरेको उक्त मुद्धाको छिनोफानो भने १२ जुलाई, २०१६ मा भयो । संयुक्त राष्ट्र संघको सामुद्रीक काुननका आधारमा नेदरल्याण्डको हेगमा रहेको सीमा विवाद सम्बन्धी अन्तर्राष्ट्रिय अदालतले उक्त क्षेत्रको ‘९ ड्यास लाइन’ चीनको नक्सामा दाबी गरेको क्षेत्र (पानी, भूगोल र खनिज) मा पहिले देखि नै एकाधिकार रहेको कुरा निरर्थक भएको फैसला सुनाएको छ । चीनले इतिहासलाई साक्षी राखेर जुन दाबीहरू गर्दै आएको छ, उक्त दाबी गर्ने अधिकार उसलाई नभएको भनि हेगले फैसला गर्यो ।
उक्त फैसलापश्चात फिलिपिन्स र भियतनाममा खुशीको माहोल छाएको छ भने चीनमा बेग्लै किसिमको तरङ्ग आएको छ । चीनका सामाजिक सञ्जालहरूमा फिलिपिन्सको आप बहिष्कार गरौँ, चाइना टुक्राउन पाइँदैन, उक्त क्षेत्र चीनकै हो भन्ने नाराहरू व्यापक देख्न सकिन्छ । चीनको सरकारी सञ्चार माध्यम सिन्हवाले उक्त फैसला ठिक नभएको र त्यसले केही फरक पर्दैन भनेर प्रतिक्रिया दिएको जनाएको छ । चीनको राष्ट्रपति सि जिन पिङले भने चीनको भौगोलिक सार्वभौमिकता र सामुद्रीक अधिकारहरूमा उक्त फैसलाले केही फरक नपर्ने र चीन सँधै यी समस्याहरू सुल्झाउन सँधै तयार रहेको बताएका छन् ।
यो फैसलालाई फिलिपिन्सका संचारमाध्यमहरूले चीन विरुद्धको सफलता भनि प्रचारप्रसार गरेका छन् भने चीनमा उक्त निर्णय प्रति कडा रोष प्रकट गरिएको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ६ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…