Sansar News- Nepal's Fast Khabar Online News Portal

दोहोरो भिडन्त

संसार न्यूज़
४ वर्ष पहिले
दोहोरो भिडन्त

keshav pudasaini

सरकारले देशमा संकटकाल घोषणा गरेको थियो ।
गाउँघरमा शाही सेना र माओवादी सेनाको लुकामारी भइरहेको थियो ।
देशको कुना–कुनाका साधारण मान्छेका मनमा आतंकको बादल मडारिएको थियो । मानिसहरु मेलापात गर्न, घाँस–दाउराको लागि वन–जङ्गलतिर जान डराइरहेका थिए । मन्दिर र स्कुल–क्याम्पस पुगेर सकुशल घर फर्किन पाइएला भन्ने विश्वास तिर्थालु, शिक्षक र विद्यार्थीको मनमा मरिसकेको थियो ।

आतंककारीको नाममा शाही सेनाले र सुराकीको नाममा जनसेनाले पनि मान्छेहरु मार्ने क्रम बढिरहेको थियो ।
यस्तै बेलामा गोठाला गएको माथिल्ला गाउँको श्रीरामको छोरो विनयलाई शाही सेनाले आतंककारी भनेर गोली ठोकेर मारिदिएको थियो । एक महिना पहिले जिल्ला सदरमुकाममा नागरिकता बनाएर घर फर्कदैँ गरेको पल्ला गाउँको कर्णे थापाको छोरो गोविन्दलाई सुराकी भनेर जनसेनाले पनि समातेर मारिदिएको थियो ।
यी सबै घटनाहरू नै सन्तोषलाई घर छोडेर कतै जान मन नलाग्नुको मूख्य कारण थिए । उसले स्कुल जान छोडेको त दुई महिना भइसकेको थियो । ग्रामीण भेगका विद्यार्थीहरुले पढाइलाई भन्दा आफ्नो जीवनलाई र शिक्षकहरुले आफ्नो जागीरलाई भन्दा जिउ–ज्यानलाई बढी महत्व दिइरहेका थिए । विद्यार्थी र शिक्षकहरुमध्ये कोही शाही सेनाको डरले र कोही जनसेनाको डरले स्कुल–क्याम्पस आउन–जान छाडिसकेका थिए । यसरी अन्यत्रजस्तै कुमरी गाउँमा पनि आतंकको त्रास झनै बढेको थियो । १६ वर्षको उमेरमा कुमरी हाइ स्कुलमा नौ कक्षामा पढ्दै गरेको सन्तोषले पनि स्कुल जान–आउन छोडेको महिना दिन बितिसकेको थियो ।
सन्तोषका बाउलाई कुमरी गाउँका मान्छेहरु शिवेकाका भनेर बोलाउथे । तर उनको वास्तविक नाम चाहिँ शिव कुुमार थियो ।
आफ्नै खेतीपातीले खान–लाउन पुग्ने हैसियत भएका शिवेकाका राजनीति प्रति कुनै चासो नराख्ने मान्छे थिए । गाउँमा लेखापढी गर्न जानेका र छरछिमेकमा कहिलेकाही देखा पर्ने होचो–अर्घेलोको बारेमा निष्पक्ष भएर बोल्ने आदतका कारण उनी गाउँमा सबैका प्रिय–पात्र थिए । विशेकाकाका दुईवटी बहिनी थिए । जेठी बहिनीको नाम जमुना र कान्छी बहिनीको नाम यमुना थियो । जेठी बहिनी जमुनालाई शिवेकाकाले सिम्पानी गाउँका प्रेमप्रसादलाई सुम्पिएका थिए । कान्छी बहिनी यमुनालाई कल्लेरी गाउँमा कृष्णकुमारलाई सुम्पिएका थिए ।
श्रावणको महिनाले बिदा लिएर धरतीमा भदौ महिनाले प्रवेश गरिसकेको थियो । घामपानी–घामपानी हुँदै भदौ महिनाको आधी उमेर बित्न लागेको थियो । पातलिँदै गएको आकासको बादलका पत्रहरुसँगै गाउँ–घरमा तीजको रौनक बाक्लिसकेको थियो ।
‘‘बाबु पर्सि त दर खाने दिन भइहाल्यो । भोलि तिमी सिम्पानी गाउँमा जेठी दिदी लिन जानू” —शिवेकाकाले छोरो सन्तोषलाई भने ।
आप्mनो बाबुको दिदी–बहिनीहरुलाई नाताले फुपू दिदी भन्नु पर्ने भए पनि सन्तोषले आप्mना बाबुका बहिनीहरुलाई ‘दिदी’ भनेर सम्बोधन गर्दथ्यो ।
‘‘टाढा छ, समय डरलाग्दो छ … मलाई त जान डरलाग्छ बुबा, …!” —सन्तोषले शिवेकाकाको अनुहारमा हेर्दै भन्यो ।
‘‘सबैका छोरी, चेली घर–माइत आउछन्, … पोहर साल पनि जेठी दिदीलाई लिन जान भ्याइएन … बाउ भएका भए पो लिन पठाउथे, आप्mना बाउ मरिहाले … को आउ छ र तीजमा लिन भनेर चित्त दुखाएकी होली … म कान्छी दिदीलाई लिन जान्छु, तिमी ठूली दिदीलाई लिन जाऊ … ठूली दिदीको घरभन्दा कान्छी दिदीको घर टाढा छ … ” —विशेकाकाले भने ।
‘‘जाऊ न त छोरा जाऊ, के हुन्छ त आप्mनी दिदीको घरमा गएर आउँदा …” —निर्मलाले भनिन् ।
बाबु–आमाको आग्रहलाई सन्तोषले अस्वीकार गर्न सकेन ।
भोलिखेर बिहानको खाना खाएर सन्तोष सिम्पानी गाउँतिर हिँड्यो । शिवेकाका चाहिँ कल्लेरी गाउँतिर हिँडे ।

तीजको दरखाने दिनको अघिल्लो दिन बिहान ।
सिम्पानी गाउँका प्रेमप्रसाद हिजो–अस्ति झैँ सबेरै उठेका थिए । सदाझैँ पाञ्चायन देवताको पूजा सकेर उनी तुलसीको मठमा जल चढाएर तुलसीको बोटमा अबीर–अक्षता चढाउँदै थिए ।
‘‘यही हो हजुर आतंककारीको घर !” —एकाबिहानै प्रेमप्रसादको आँगनमा उभिएर झलक मगरले भन्यो ।
‘‘नान्तोऽस्ति यस्य न च यस्य समुद्भवोऽस्ति
वृद्धिर्न यस्य परिणामविवर्जितस्य ।
नापाक्षयं च समुपैत्यविकारी वस्तु
यस्तं नतोऽस्मि पुरुषौत्तमीशमिडयम ।।”
मन्त्र गुनगुनाइरहेका प्रेमप्रसादले त्रसित आँखाले आँगनको पल्लो छेउतिर हेरे ।
एक हुल शाही सेनाको अघि–अघि झलक मगरलाई देखे । प्रेमप्रसादले अनायास चोटामा सुतिरहेको आफ्नो जेठानको छोरा सन्तोषलाई सम्झे । प्रेमप्रसाद डरले लगलगी भए ।
‘‘लौ भन् ए बूढा, को को पालेको छस् आतंकारीहरु ?”
शाही सेनाको एउटा भुसतिघ्रे जवानले प्रेमप्रसादको कठालो समात्यो । अर्को चाहिँले उनको कन्चटमा एस.एल.आर. सोझ्यायो  । उनले केही बोल्न सकेनन् ।
‘‘जाओ केटा हो, घरभित्र सबैतिर खानतलासी गर । भित्र कोही आतंकारी बसिरहेको होला ।” —कमाण्डरले आदेश ग¥यो ।
एक हुल शाही सेना प्रेमप्रसादको घरभित्र ग्वारग्वारती प्रवेश गरे ।
‘‘मेरो जेठानको छोरो मात्र छ हजुर, तीजको लागि फुपू दिदी लिन आएको । मेरो जहान उसको फुपू दिदी हो” —प्रेमप्रसादले थरथरी काम्दै भने ।
‘‘ल हेर्नुस् सर, आतंककारी पालेर जेठानको छोरो भन्छ । म झुठो बोल्ने मान्छे होइन ।” —झलक मगरले निधार खुम्चयाउँदै भन्यो ।
‘‘हामी पनि त अरुले बोलाएको भए किन आउथ्यौँ र !” —कमाण्डरले झलक मगरको अनुहारमा पुलुक्क हेर्दै भन्यो ।
घरभित्र भएका सबै मान्छेलाई बाहिर लेराओ ।” —कमाण्डरले ठूलो स्वरले आदेश ग¥यो ।
केही समयपछि दुई जना केटा मान्छेलाई घरभित्रदेखि घिसार्दै ल्याएर आँगनमा थुपारे ।
‘‘ल हेर यी आतंककारीहरु !” —झलक मगरले भन्यो ।
‘‘धर्म नछोड भाइ, जे मनलाग्छ त्यही नभन । यो मेरो छोरो हो १२ वर्षको । यो मेरो जेठानको छोरो हो, हिजो साँझ आएको ।” —प्रेमप्रसादले औंलाले देखाँदै भने ।
झलक मगरले कमाण्डरको अनुहारमा पुलुक्क हे¥यो ।
‘‘एई, केटा, तेरो नाम के हो ?” —कमाण्डरले सन्तोषतिर फर्केर सोध्यो ।
‘‘सन्तोष !”
‘‘घर कहाँ हो नि ?”
‘‘कुमरी हो सर ।”
‘‘किन आएको नि यहाँ ?”
‘‘यो मेरो फुपू दिदीको घर हो, तीजलाई दिदी लिन आएको ।” —सन्तोषले बिस्तारै भन्यो ।
‘‘घर कुमरी …हँ… आउछस् दिदी लिन … ” —कमाण्डरले मुख बिगार्दै भन्यो— ‘‘अरु साथी पनि आएका होलान् नि तँसँगै ?”
‘‘कोही छैन हजुर । म एक्लै आएको हुँ ।” —डरले लुगलुगी कांप्दै सन्तोषले भन्यो ।
‘‘आउछस् एक्लै राँडीका छोरा, कुमरीका त ढुङ्गा र माटो पनि आतंककारी हुन्छन् । … तँ पनि पक्कै आतंककारी होस् । नढाँटी भन् तेरो अरु साथीहरु कता बसेका छन् ?” —कमाण्डरले रिसाउँदै भन्यो ।
‘‘न भको कुरा कसरी भन्नु र सर !”
‘‘राँडीका छोरा, ढाँट्दो रहेछ … !” यति भनेर कमाण्डरले सन्तोषको गालामा एक मुक्का बजा¥यो ।
सन्तोषको मुखबाट भलभलती रगत बग्यो ।
‘‘हजुर म आतंककारी हैन, भोलि दरखाने दिन, तीजको लागि दिदी लिन आएको हुँ …!” —सन्तोषले रुँदैरुँदै भन्यो र आप्mनो मुखबाट बगिरहेको रगतलाई हत्केलाले पुछ्यो ।
प्रेमप्रसादको छोरो दिलप्रसाद पनि डरले थर्रथर्र काम्दै रुन थाल्यो ।
‘‘यसरी निर्दोष मान्छेलाई आतंककारी भनेर हातपात गर्न त भए न नि हजुर, सरकारको मान्छे भएर यसरी अत्याचार गर्न मिल्छ तपैंहरुले ?” —प्रेमप्रसादले प्रतिवाद गरे ।
‘‘आतंककारीले साँचो कुरा अहिले भन्दैन् … अलि पछि भन्छन् । आतंककारीलाई पाल्ने पनि आतंककारी नै हो … । ए, केटा हो, यी दुवै जनाको आँखामा पट्टी बाँध र लिएर हिँड !” —कमाण्डरले आदेश ग¥यो ।
शाही सेनाका जवानहरुले सन्तोष र प्रेमप्रसादको आँखामा कालो कपडाको पट्टी बाँधेँ । अनि यी दुवै जनाका हातलाई पनि पछिल्तिर लगेर डोरीले बाँधे ।
‘‘यसरी निर्दोष मान्छेहरुलाई दुःख दिएर, अत्याचार गरेर शासन टिक्दैन, … निर्दोष मान्छेहरुलाई आतंककारी भनेर यातना दिन पाइँदैन …” —प्रेमप्रसादले चर्को आवाजले कराए ।
पँधेरोमा पानी लिन गएकी प्रेमप्रसादकी श्रीमती जमुना डोकामा पानीको गाग्री बोकेर टुप्लुक्क आइपुगिन् ।
‘‘हैन, ए के सारो अत्याचार गरेको हँ तपैंहरुले ? मलाई लिन भनेर हिजो बेलुका आइपुगेको मेरो भाइ र मेरो लोग्नेलाई के गरेको यस्तो । तपैंहरुलाई पाप लाग्दैन ? के तपैंहरुको के बिगार गरेका छन् र यिनले यस्तो गर्दै हुनुहुन्छ ?” —आँगनमा उभिएरै जमुनाले कराइन् ।
‘‘आतंककारी पाल्छेस् अनि आप्mनो भाइ भन्छेस्, बढी नबोल् राँडी !” —कमण्डरले अजिंगरका जस्ता आँखाले जमुनालाई हेर्दै भन्यो ।
‘‘आतंककारी भन्दै मनमा जे लाग्यो त्यही गर्न पाइँदैन, छोड्दिनुस् मेरो लोग्ने र मेरो भाइलाई !” —डोकामा पानीको गाग्री बोकेकोबोक्यै जमुना सन्तोष र प्रेमप्रसादलाई समाउन पुगिन् ।
‘‘बढी नबोल राँडी, बाँच्न मन लागेको भए चुप लागेर बस्” —कमाण्डरले जमुनालाई जोडसँग धकेल्दै भन्यो ।
जमुना बलेसी नजिकै पछारिन पुगिन् । गाग्रीको पानी आँगनमा पोखियो । प्रेमप्रसाद र सन्तोषलाई शाहीसेनाले लिएर हिँडे ।
देशमा माओवादी जनयुद्ध झाङ्गिदै आएपछि सत्तासिन पार्टीका नेताहरु भयभीत भएका थिए । सरकारी सुरक्षा–सम्यन्त्रको प्रयोग–दुरुपयोगले मात्र जनयुद्धलाई दमन गरेर समाप्त पार्न सकिन्छ भन्ने विश्वास यी नेताहरुको मनमै मरिसकेको थियो । त्यसैले माओवादी जनयुद्धलाई दवाउन सरकारी सुरक्षा सम्यन्त्रसँग मिलेर कार्य गर्नको लागि आप्mना स्थानीय पार्टी–संगठन र कार्यकर्ताहरुलाई परिचालन गरेका थिए । यही मेसोमा सिम्पानी गाउँमा पनि ‘माओवादी प्रतिकार समिति’को निर्माण गरे । यस्तो प्रतिकार समितिमा कांग्रेस, एमाले, राप्रपा र अरु संसदवादी पार्टीका स्थानीय नेताकार्यकर्ताहरु आ–आप्mना पार्टीका नेताका निर्देशन अनुसार सहभागी भए । यस अघिको स्थानीय निर्वाचनमा सिम्पानी गाउँको २ नं. वडा अध्यक्षमा धनबहादुर मगरलाई पराजित गर्दै प्रेमस्रसाद वीजयी भएका थिए । तिनै धनबहादुर मगरको छोरो झलक मगर यो प्रतिकार समितिको अध्यक्ष भएको थियो । यसरी ‘प्रतिकार समिति’को अध्यक्ष भएपछि जिल्लाका सुरक्षा सम्यन्त्रका अड्डा र यिनका हाकिमहरुसम्म झलक मगरको पहुच पुगेको थियो । यही पहुचको कारणले झलक मगर जिल्लाका सुरक्षा अड्डाका अधिकारीहरुबाट सिम्पानी गाउँको लागि वैतनिक सुराकी तोकिएको थियो । यसपछि झलक मगरले आप्mनो जिम्मेवारीलाई आउने स्थानीय चुनावमा आप्mनो बाउको जित सुनिश्चित गर्ने अवसरको रुपमा लिएको थियो ।
सिम्पानी गाउँमा प्रेमप्रसादको प्रभाव निकै राम्रो थियो । उच्च ब्राह्मण जातिमा जन्मिएका भए पनि प्रेमप्रसादमा जातीय अहंकार थिएन । मध्यम वर्गीय आर्थीक हैसियत भएका उनको पुख्र्यौली पेशा जजुमानी थियो । वेद र पुराणहरुमा राम्रो दख्खल भएका प्रेमप्रसाद सिम्पानी गाउँभन्दा बाहिर पनि चर्चित र सम्मानित थिए । उनको यही व्यक्तित्वले चुनाव जित्न राम्रो भूमिका खेलेको थियो । देशमा बहुदल आएपछि प्रेमप्रसाद राप्रपामा लागेका थिए । राप्रपामा लागे पनि उनले बहुदल आएपछि दुई–दुई पटकसम्म वडा अध्यक्षको चुनाव जितेका थिए ।
त्यस दिन सिम्पानी गाउँबाट प्रेमप्रसाद र सन्तोषलाई शाही सेनाले पक्रिएर लगेको कुरा सिम्पानी गाउमाँ हावा सरी फैलियो  । वरपरका गाउँमा शाही सेनाका हातमा परेका मान्छेहरु फर्केर घर नआएका कुराले सबैका मनमा चिसो पसिसकेको थियो । दिउसभरि आँखामा पट्टी बाधेकै अवस्थामा सिम्पानी गाउँभरि प्रेमप्रसाद र सन्तोषलाई लिएर शाही सेना आतंक मच्चाउँदै हिँडिरह्यो । झलक मगरले खुशीले बुरुक्बुरुक् उफ्रदै शाही सेनालाई बाटो देखाइरह्यो । दिनभरि आफूलाई छोडिदिन भन्दै प्रेमप्रसाद र सन्तोषले अलापविलाप गरिरहे । तर शाही सेनाले उनीहरुलाई छोडेनन् ।
घाम अस्ताउन लागेपछि प्रेमप्रसाद र सन्तोषलाई साथमै लिएर शाही सेना जिल्ला सदरमुकामतिर हिँड्यो ।
भोलिखेर बिहानदेखिनै सिम्पानी गाउँका मान्छेहरु रेडियो सुन्न बसे । सरकारी रेडियोले ‘‘सिम्पानी गाउँ नजिकै जंगलमा भएको आतंककारी र सरकारी सुरक्षा फौजको दोहोरो भिडन्तमा दुई जना आतंककारीको मृत्यु” भएको समाचार सुनायो ।
समाचार सुनेर सिम्पानी गाउँका जनताहरु अचम्मित भए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ४ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…