Sansar News- Nepal's Fast Khabar Online News Portal

छत्रबहादुर थापा स्मृति ट्रष्टको स्थापना

संसार न्यूज़
४ वर्ष पहिले

८ भदौ ,काठमाडौँ । समाजसेवी स्व छत्रबहादुर थापा स्मृति ट्रष्टको स्थापना भएको छ ।

नेपाली सेनामा लामो समय क्रियाशील भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त थापाले समाजसेवाका क्षेत्रबाट समेत राष्ट्र निर्माणमा भूमिका निर्वाह गर्नुभएको थियो ।

यहाँ मङ्गलबार आयोजित कार्यक्रममा प्रधान सेनापति रवीन्द्र क्षेत्रीले रथी थापाले दोस्रो विश्व युद्धमा समेत सहभागिता जनाउनुभएको र मुलुकमा पहिलो पटक सेनामा व्यारेकको अवधारणा ल्याउनुभएको जानकारी दिनुभयो ।

प्रधान सेनापति क्षेत्रीले नेपाली सेनाको विकास तथा अनुशासन कायम गराउने सन्दर्भमा ठूलो योगदान पु¥याउनुभएको विचार व्यक्त गर्दै उहाँको नामबाट स्थापना भएको संस्थालाई सबैको सहकार्यबाट अगाडि बढाउनुपर्ने बताउनुभयो ।

राष्ट्रपतिका सुरक्षाविज्ञ एवम् ट्रष्टका अध्यक्ष नेत्रबहादुर थापाले समाजको विकासमा सहयोग पु¥याउने विभिन्न सङ्घ संस्था तथा असाधारण प्रतिभाशाली व्यक्तिलाई सम्मान गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

परराष्ट्रविद् भेषबहादुर थापा र साहित्यकार भीमबहादुर अधिकारीले रथी थापाले विभिन्न समयमा गरेका गतिविधिको स्मरण गराउनुभयो ।

पूर्व उपप्रधानमन्त्री कमल थापाले ट्रष्टले मुलुकको सनातन धर्म, संस्कृतिको समेत संरक्षणका क्षेत्रमा कार्य गर्दै जाने बताउँदै देशका विभिन्न स्थानमा सामाजिक सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रथी थापा पूर्व उपप्रधानमन्त्री थापाका पिता हुनुहुन्थ्यो ।

सोही ट्रष्टद्वारा खेलकुदको क्षेत्रबाट समाजको विकासमा योगदान पु¥याएबापत नवयुग श्रेष्ठलाई रु ५० हजार तथा गाउँ सेवा समाज तनहुँ, श्रीपाली सुयल थापा प्रतिष्ठान काठमाडौँ प्रत्येकलाई रु ५० हजार प्रदान गरिएको छ । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…