Sansar News- Nepal's Fast Khabar Online News Portal

लालपुर्जा नहुँदा अनुदान रकम पाउनबाट वञ्चित

संसार न्यूज़
४ वर्ष पहिले

८ भदौ,बनेपा । काभ्रेपलाञ्चोकमा आवश्यक कागजात नभएका कारण झन्डै तीन प्रतिशत भूकम्पपीडितले सरकारले प्रदान गरेको अनुदान रकम पाउन सकेका छैनन् ।

जिल्लाको दुर्गम गाविस मानिने महाभारत शृङ्खला, डाँडापारीको गाविस, फलामेटारसहितको दुई गाविस र अन्य गाविसमा समेत लालपुर्जा नभएको र ऐलानी जग्गामा बसोवास गरेका भूकम्पपीडितले सो रकम पाउन नसकेको राष्ट्रिय पुनःनिर्माण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ ।

घर बनाउन भूकम्पपीडितका लागि सरकारले प्रदान गरेको अनुदान रकम पाउन लालपुर्जा अनिवार्य हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

नाम निस्केर पनि लालपुर्जालगायतका कागजात नभएका कारण भूकम्पपीडितले सरकारले प्रदान गरेको अनुदान रकम पाउन नसकेको रविओपी गाविसका सचिव छविलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले आफ्नो गाविसमा करिब १० जना लाभग्राही रकम पाउनबाट वञ्चित भएको जानकारी दिँदै २०० जनाको हाराहारीमा गुनासो रहेको बताउनुभयो । सरकारले प्रदान गरेको अनुदान पाउने ९७० जनामध्ये अहिलेसम्म सो गाविसमा ७८३ जनाले अनुदान लिइसकेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका सिनियर डिभिजन इन्जिनियर होमनाथ पौडेलले सुकुम्बासी समस्या समाधान गर्न छिट्टै नै कार्यविधि तयार हुन लागेको जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म जिल्लभरमा १४ हजारको गुनासो आएको र त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइने उल्लेख गर्दै कतिपय गाविसमा अनुदान सम्झौताको काम सकिएको बताउनुभयो ।

सो कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म ४४ हजार घरधुरीसँग सम्झौता भएको छ भने ३३ हजार १२० जनाको खातामा रु. ५० हजारका दरले रकम वितरण भइसकेको छ । जिल्लाको ६ गाविसमा अझै पनि अनुदान सम्झौता हुन सकेको छैन । जिल्लामा ६७ हजार ५०० को हाराहारीमा लाभग्राही छन् । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…